“कुमा सागर एन्ड द खोपा”जापान टुरको प्रेश-मिट टोकियोमा सम्पन्न
टोकियो/जापान। नेपाली सांगीतिक समुह ‘कुमा सागर एन्ड द खोपा’ को जापान टुरसम्बन्धी जानकारी दिन टोकियोमा आयोजना गरिएको पत्रकार सम्मेलन (प्रेश-मिट) सम्पन्न भएको छ। समुह यहि एप्रिल ३० तारिख बिहान टोकियो आइपुग्नेछ। आयोजकका अनुसार टुरको पहिलो सांगीतिक प्रस्तुति मे १ मा फुकुओकामा हुनेछ। त्यसपछि टोकियोमा मे ४, ओसाकामा मे ९ र नागोयामा मे १२ गते बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। आयोजकले सफल...
जापानका २२ प्रिफेक्चरहरुमा भूमिगत तथा नदीका पानीमा क्यान्सरजनक मानिने रसायनको मात्र मापदण्डभन्दा अधिक
टोकियो/जापान। सन् २०२३ आर्थिक वर्षमा जापानको वातावरण मन्त्रालयले गरेको सर्वेक्षणअनुसार, सम्भावित क्यान्सरजन्य रसायनहरू पिएफएएस( PFAS – पर्फ्लुओरोएल्काइल र पोलीफ्लुओरोएल्काइल पदार्थहरू) जमिनमूनीको पानी तथा नदीको पानीमा मापदण्डभन्दा बढी मात्रामा फेला परेको छ। यो स्थिति जापानका ४७ मध्ये २२ वटा प्रिफेक्चरहरुको २४२ स्थानमा देखिएको बताईएको छ। सर्वेक्षण अनुसार, पिउने पानीका रूपमा यी ग्राउन्डवाटर (जमिनमूनीको पानी) वा नदीको पानी प्रयोग गरिएको थिएन। टोकियो,...
गोल्डेनविक के हो त ? गोल्डेनविक भित्रै पर्छन् यि राष्ट्रिय बिदाहरु ( जानकारी)
जापानमा बसोबास गर्दै आउनुभएका अधिकांस व्यक्तिहरुलाई थाह छ कि हरेक वर्ष अप्रिल अन्त्यबाट मे पहिलो सातासम्म गोल्डेन विक भनेर जापानमा लामो विदा हुनेगर्दछ । गोल्डेन विक यो अंग्रेजी शब्द भएता पनि यसलाई जापानी भाषामा यहि नामबाट स्वीकार गरेको देखिनेछ । यसलाई जापानीहरु चाहीँ काताकानमा ゴールデンウィーク लेख्ने गर्दछन् । खासमा यो विदालाई जापानी भाषामा चाहीँ (黄金週間)ओउगोनस्युखान लेखिने गरिन्थ्यो जस्को अर्थ चाहीँ...
टोकियोमा अप्रिलमा चामलको मूल्य ९० प्रतिशतभन्दा बढी बढ्यो, वार्षिक रूपमा अहिलेसम्मकै उच्च वृद्धि
टोकियो/जापान। सरकारी भण्डारणबाट आपूर्ति बढाइ बजार स्थिर बनाउन प्रयास गरिए पनि टोकियोमा चामलको मूल्य अप्रिल महिनामा अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतभन्दा बढीले वृद्धि भएको शुक्रबार जारी आधिकारिक तथ्यांकले देखाएको छ। जारी तथ्यांकअनुसार टोकियोका २३ वडामा उपभोक्ता मूल्य सूचकांकमा आधारित गरी चामलको मूल्य ९३.८ प्रतिशतले बढेको देखिएको छ, जुन गत मार्च महिनामा भएको ८९.६ प्रतिशत वृद्धिपछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो।...
प्रथम नेपाल फेस्टिवल कान्साई आजबाट सूरु
ओसाका, जापान । जापानको ओसाकामा आज देखी “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा आज र भोली अप्रील २७ तारिक आईतबारसम्म चल्ने छ । गैर आवासीय नेपाली संघ एनआरएनए, कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा भएको उक्त फेष्टिवलमा नेपालको पहिचान झल्कने खाना,...
जापानमा साईकल चालकहरु माथी थप कडाई, सन् २०२६ अप्रिल १ बाट सवारी नियम उल्लङ्घन गर्ने साइकल यात्रीलाई जरिवाना
टोकियो/जापान। जापानले सन् २०२६ अप्रिलदेखि नयाँ संशोधित सडक यातायात ऐन लागू गर्ने भएको छ, जसअनुसार मोबाइल फोन चलाउँदै साइकल चलाउने वा ट्राफिक बत्तीको पालना नगर्ने जस्ता साना उल्लङ्घनका घटनामा पनि जरिवाना गरिनेछ, प्रहरी कार्यालयले बिहीवार जानकारी दिएको छ। अबको व्यवस्था अनुसार, अप्रिल १, २०२६ देखि १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई यस्ता साना उल्लङ्घनका लागि “ब्लू टिकट” दिइनेछ। यो ब्लू...
जापानको माउन्ट फुजी चढ्नेहरुका लागि नयाँ नियम लागु, यामानाशी प्रिफेक्चरतर्फको अग्रिम बुकिङ प्रणाली सुरु
टोकियो/जापान। जापानको अग्लो पर्वत माउन्ट फुजीमा यस वर्षको ग्रीष्मकालीन पर्वतारोहण सिजनदेखि यमानाशी र सिजुओका दुवै प्रिफेक्चरले आरोहणकर्ताहरूको संख्या व्यवस्थापन गर्नका लागि प्रवेश शुल्क संकलन लगायतका विभिन्न नियमहरू लागू गर्दैछन्। यिनैमध्ये यमानाशी प्रिफेक्चरले अग्रिम बुकिङ प्रणाली लागू गरेको छ, जसअन्तर्गत आज (२४ तारिख) दिउँसोदेखि बुकिङको सुरु भएको छ। माउन्ट फुजीमा ग्रीष्मकालीन सिजनमा अत्यधिक भीड र नियम उल्लंघन कम गर्न सन् २०२४...
जापानका स्वास्थ्य बीमा संस्था सञ्चालनमा संकट,वार्षिक घाटा झण्डै ३ खर्ब ८० अर्ब येनको आँकलन
टोकियो/जापान। जापानका ठूला कम्पनीहरूका कर्मचारी र उनीहरूका परिवारहरू आबद्ध हुने स्वास्थ्य बीमा संस्था अहिले गम्भीर आर्थिक संकटमा परेका छन्। सन् २०२३ आर्थिक वर्षमा मात्रै, यस्ता संस्थाहरूले करिब १ खर्ब ३६ अर्ब येन बराबरको घाटा बेहोरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै २ खर्ब ७४ अर्ब येनले बढी हो। घाटाको प्रमुख कारणहरूमा, जापानमा वृद्धहरूको संख्या बढ्दै जानु र उनिहरुको स्वास्थ्य सेवा...
जापानमा चामलको भाउ थप आकासियो : औसत ४२ सय येन, कतै–कतै ५ किलोको ६ हजार येनसम्म
टोकियो/टोकियो। जापानका सुपरमार्केटहरूमा चामलको मूल्य निरन्तर उकालो लागिरहेको छ। पछिल्लो तथ्यांकअनुसार, ५ किलो चामलको औसत मूल्य हाल ४ हजार २ सय १७ येन पुगेको छ, जुन लगातार १५ हप्तादेखि बढ्दो छ। तर औसत मूल्यले मात्र अहिलेको वास्तविक अवस्था समेट्न सक्दैन। कतिपय सुपाहरुमा त्यही ५ किलोको चामल ६ हजार येनसम्म पर्न थालेको छ। त्यसमा पनि गुणस्तरीय चामल पाउन सहज छैन, ग्राहकहरूले...
जापानमा १४ औँ नेपाल फेस्टिवलमा ८० लाख येनभन्दा बढी मुनाफा,रकम नेपाल हाउस बनाउन उपयोग गरिने
टोकियो/जापान। जापानमा निर्माण गर्न लागिएको नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले आयोजित १४ औं नेपाल फेस्टिवल सन २०२४ मा ८० लाख बढि मुनाफा भएको छ। “नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन ।”भन्ने उद्घोषका साथ जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त...

