सन २०२६ को लागि जापान सरकारको प्रतिष्ठित छात्रवृत्तिमा आवेदन खुला, योग्य नेपाली विद्यार्थीहरूका लागि सुनौलो अवसर
काठमाडौं/नेपाल। जापानमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि एउटा अत्यन्तै महत्वपूर्ण अवसर खुलेको छ। नेपालस्थित जापानी राजदूतावासले सन् २०२६ का लागि जापान सरकारको प्रतिष्ठित “MEXT छात्रवृत्ति” कार्यक्रम अन्तर्गत विभिन्न श्रेणीहरूमा दरखास्त आह्वान गरेको छ। विद्यार्थीहरूको शैक्षिक स्तरअनुसार आवेदन म्याद यसप्रकार छन्:पोस्ट-ग्र्याजुएट / अनुसन्धान विद्यार्थीहरू: २०८१ जेठ १९ (June 1, 2025)• स्नातक विद्यार्थीहरू: २०८१ जेठ ३१ (June 15, 2025)•...
१ हजार येनको लोभले , एक जापानी बस चालकको १ करोड २० लाख येन पेन्शन गुम्यो
क्योटो/जापान । सधैं अनुशासन, इमानदारीका लागि परिचित देश जापानमा भएको एउटा घटनाले फेरि एकपटक विश्वलाई सोच्न बाध्य बनाएको छ। २९ वर्षसम्म दिनरात सार्वजनिक सेवामा समर्पित एक बस चालकले केवल १ हजार येन ( लगभग ९ सय नेपाली रुपैयाँ)को हिसाब नबुझाई गोजीमा हालेपछि आफ्नो सेवा निवृत्ति भत्ता झण्डै १ करोड २० लाख गुमाउनु परेको छ। तपाईलाई अचम्म लाग्न सक्छ कि केवल...
जापानमा रामेछापका निक्सन श्रेष्ठको प्रो बक्सिङ खेलमा शानदार जित
टोकियो/जापान। जापानको टोकियोस्थित कोगानेइ सहरमा बसोवास गर्दै आएका नेपालका १८ वर्षीय प्रो बक्सिङ खेलाडी निक्सन श्रेष्ठले २०२५ को ८२ औं पूर्वी जापान रुकी किंग बक्सिङ प्रतियोगितामा शानदार जित हासिल गरेका छन्। ५५ केजी तौल समूहको सुपर ब्यान्टम वेट वर्गमा प्रतिस्पर्धा गरेका श्रेष्ठले आफ्नो प्रतिद्वन्दीलाई ४ चरणका लागि तय गरिएको खेलको पहिलो चरणमै पराजित गर्दै, केवल २ मिनेटमै नकआउट (Knockout) गराए।...
“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को तयारी तिब्र
ओसाका, जापान । जापानको ओसाकामा आयोजना हुने “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को हाल सम्म भएको कार्यक्रमको प्रगती बारे बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साई तथा नेपाली राजदुतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सहआयोजनामा बृहत रुपमा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुन लागेको हो । नेपालको परम्परा, कला संस्कृति...
जापानमा साकुरा फूलसँगै पर्यटकहरू उर्लिए, ३ महिनामै १ करोड पर्यटकहरु जापान आए
टोकियो/जापान। यस वर्ष जापानले अहिलेसम्मकै तीव्र गतिमा १ करोड पर्यटकको सङ्ख्या पार गरेको छ। जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) द्वारा बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार मार्चमै यो स्तर पुगेको हो। कमजोर येनका कारण हाल जापानमा अहिलेसम्मकै अभूतपूर्व पर्यटन आगमन देखिएको छ। गत महिना मात्रै व्यवसाय र घुमफिरका लागि जापान आएका विदेशीहरूको सङ्ख्या ३५ लाख पुगेको छ। यससँगै पहिलो त्रैमासिकमा जापान...
अर्घाखाँची समाज जापानद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रम सम्पन्न
टोकियो,जापान। अर्घाखाँची समाज जापानले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रम सम्पन्न गरेको छ । आईतबार टोकियोको ओकुबुमा आयोजित कार्यक्रममा अर्घाखाची स्थाई घर भई हाल जापानमा रहेका अर्घाखाचेलीहरु जम्मा भई नंया वर्ष मनाएका हुन् । कार्यक्रममा समाजका संरक्षकहरु बाबुराम पौडेल, दिपक थापा, सल्लाहकार गणेश रायमाझी, इन्दिरा खनाल लगायतले बोल्दै समाजले स्थापना कालदेखि नै सकरात्मक र रचनात्मक कार्यक्रम गर्दै...
जापानी नागरिकको जनसंख्या ऐतिहासिकरुपमा घट्यो,सन १९५० यताकै सबैभन्दा कमी
टोकियो/ जापान । सन् २०२४ को अक्टोबरसम्म जापानी नागरिकको जनसंख्या घटेर १२ करोड ३० लाख पुगेको सरकारी प्रारंभिक तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको तुलनामा यो संख्या ८ लाख ९८ हजार ले घटेको हो, जुन सन् १९५० देखि उपलब्ध तथ्यांकहरूमध्ये सबैभन्दा ठूलो वार्षिक गिरावट हो। जापानमा बसोबास गर्ने विदेशीहरू समेत गनेर हेर्दा कूल जनसंख्या १२ करोड ३८ लाख रहेको छ, जुन...
जापानमा विदेशी बासिन्दाहरुले स्वास्थ्य बिमा शुल्क नतिरेपछि,कडा व्यवस्थाको माग
टोकियो/जापान। जापानको कोकुमिन मिनस्युतोउ नामक दलका नेता तामाकी युईचिरोले विदेशी नागरिकहरूको स्वास्थ्य बीमासम्बन्धी समस्याबारे बोल्दै ‘यो कुनै विभेद होइन, फरक विषय हो’, भुक्तानी नगर्ने, रकम छलेर जाने र महँगो उपचार प्रणालीको दुरुपयोगमा सुधार गर्नुपर्छ।”भन्ने अभिव्यक्ति दिएका छन् । कोकुमिन मिनस्युन्तोउ (国民民主党) का अध्यक्ष तामाकी युईचिरोले अप्रिल १४ तारिखमा आफ्नै X मा एक पोस्ट गर्दै टोकियोको शिनजुकु क्षेत्रमा रहेका विदेशी स्थायी(३...
जापान सरकारद्वारा विदेशी बासिन्दाहरुको स्वास्थ्य बीमाको प्रयोगबारे सर्वेक्षण सुरु
टोकियो,जापान । जापान सरकारले अहिले जापानमा बसोबास गरिरहेका विदेशी नागरिकहरूले सार्वजनिक स्वास्थ्य बीमा प्रणालीको कसरी उपयोग गरिरहेका छन् भन्नेबारे सर्वेक्षण सुरु गरेको छ। केही सांसदहरूले विदेशीहरू महँगो उपचारमा सहायता पाउने उद्देश्यले जापान आउने गरेको आशंका व्यक्त गरेपछि यो कदम चालिएको हो। यो पहिलो पटक हो कि स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापानमा बसोबास गर्ने विदेशीहरूले तिर्ने बीमा प्रिमियम र तिनीहरूले...
जापानको अर्थ मन्त्रालयद्वारा आर्थिक सुरक्षा सुदृढीकरणका लागि कार्ययोजना संशोधन गरिने
टोकियो,जापान। अन्तर्राष्ट्रिय परिस्थितिहरू झन् जटिल बन्दै गइरहेका बेला, जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले छिट्टै आर्थिक सुरक्षा सुदृढीकरणसम्बन्धी कार्ययोजनालाई संशोधन गर्ने तयारी गरेको छ। यस योजनामा अमेरिका र चीनबीचको द्वन्द्वले विश्व अर्थतन्त्रलाई खण्डित बनाउने खतरा रहेको उल्लेख गर्दै, विश्वका लागि अपरिहार्य हुने स्वदेशी प्रविधिको विकास र प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले पहिल्यैदेखि आर्थिक सुरक्षा सुदृढीकरणका...

