जापानमा एक्लोपनका कारण मृत्यु हुनेहरुको संख्या उच्च,अघिल्लो वर्ष ७६ हजार मानिसहरु घरमै मृत अवस्थामा भेटिए
टोकियो/जापान। जापानमा एक्लै बसोबास गर्ने व्यक्तिहरूको संख्या बढ्दै जाँदा, जापानको प्रहरी एजेन्सीले संकलन गरेको तथ्यांक अनुसार, गत वर्ष प्रहरीद्वारा जाँच गरिएको करिब २ लाख ४ हजार १ सय ८४ मृतकहरूमध्ये करिब ३७ प्रतिशत , अर्थात् करिब ७६ हजार २० जना घरमै मृत अवस्थामा भेटिएका एक्ला व्यक्तिहरु रहेका थिए। यसमध्ये केही मानिसहरू त मरेको एक वर्षभन्दा बढी समयपछि मात्रै फेला परेका...
जापानमा चामालको मूल्य नघटेकाले, मूल्य स्थिर बनाउन जापान सरकारद्वारा तेस्रो पटक सञ्चित चामल बजारमा ल्याउने तयारी
टोकियो/जापान। चामलको मूल्य लगातार बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, जापान सरकारले मूल्यलाई स्थिर राख्न थप कदम चाल्नुपर्ने देखिएको भन्दै तेस्रो पटक सञ्चित चामल बजारमा ल्याउने तयारी गरेको छ। चाँडै नै प्रधानमन्त्री इशिबा र कृषिमन्त्री एतोउ बीच अन्तिम छलफल हुने र त्यसपछि निर्णय गरिने अपेक्षा गरिएको छ। चामलको आपूर्ति सहज बनाउन, सरकारले अहिलेसम्म दुई पटक गरेर २ लाख १० हजार टन सञ्चित...
जापानमा घटेन चामलको मूल्य, लगातार उच्च मूल्यवृद्धिले उपभोक्ता र व्यवसाय दुबैमा असर
टोकियो/जापान। जापानभरका सुपरमार्केटहरूमा यतिखेर चामल अत्यन्तै थोरै परिमाणमा मात्रै छ। त्यहि थोरै परिमाणको चामलको मूल्य पनि अत्यन्तै महंगो छ। गत महिना ३० तारिखसम्मको एक हप्ताको अवधिमा ५ किलो चामलको औसत खुद्रा मूल्य करसहित ४ हजार २०६ येन पुगेको छ। सरकारले गत महिना अन्त्यबाट सार्वजनिक रूपमा बिक्रीका लागि जारी गरेको संचित चामलको प्रभावप्रति ध्यान केन्द्रित भइरहेको बेलामा यो मूल्य लगातार...
जापानभरि राइड-हेलिङ सेवा बिस्तार हुँदै , सार्वजनिक यातायातको अभावमा लोकप्रिय बन्दै
टोकियो/जापान। जापानमा पछिल्ला दिनहरूमा ट्याक्सीको कमी र सार्वजनिक यातायातको अभावसँगै राइड-हेलिङ सेवा तीव्र रूपमा फैलिरहेको छ। यस सेवामा व्यक्तिगत चालकहरूले आफ्नै निजी सवारी साधन प्रयोग गरेर भाडामा यात्रुहरूलाई सेवा दिन्छन्। जापानमा यो सेवा पहिलो पटक गएको वर्षको अप्रिलमा सुरु गरिएको थियो, जुन प्रारम्भमा टोकियो जस्ता प्रमुख सहरहरूमा ट्याक्सी कम्पनीहरूद्वारा व्यवस्थापन हुने सर्तमा सुरू गरिएको हो। अहिले यो सेवा जापानका सबै...
जापानले सन् २०२८ देखि सवारी साधनमा पेडल सुरक्षा उपकरण अनिवार्य गर्ने
टोकियो/जापान । जापान सरकारले सन् २०२८ को सेप्टेम्बरदेखि नयाँ मोडेलका सवारी साधनहरूमा ब्रेकको सट्टा एक्सेलेरेटर थिचेर दुर्घटना गराउने जस्ता घटनालाई रोक्नका लागि पेडल गलत प्रयोग नियन्त्रण गर्ने उपकरण अनिवार्य गर्ने भएको छ। यो निर्णय विशेषगरी वृद्ध चालकहरूबाट हुने दुर्घटनाहरूको संख्या घटाउने उद्देश्यले गरिएको हो, तर जापानमा पछिल्ला केही वर्षयता उत्पादन भएका अधिकांश गाडीहरूमा यस्ता उपकरणहरू पहिले नै जडान भएकाले यसले...
१ हजार वर्षभन्दा पुरानो साकुरा(桜)को बोट, जहाँ हरेक वर्ष हज्जारौँ मानिसहरु पुग्ने गर्दछन्
यो सिजनमा हामीले साकुराबारे थुप्रै सामग्रीहरु प्रकाशन गरिसकेका छौँ । आज भने अर्को एउटा चाख लाग्दो साकुराको जानकारी प्रस्तुत गर्दैछौँ । जो १ हजार वर्षभन्दा बुढो भैसकेको मानिन्छ । र पनि अझै उस्तै आकर्षित छ । अझै फुलिरहेको छ। । १ हजार वर्ष बुढो साकुरा – मिहारु थाकिजाकुरा( 三春滝桜) जापानको फुकुसिमा प्रान्तमा पर्ने मिहारु भन्ने स्थानमा रहेको मिहारु थाकिजाकुरा सबैभन्दा पुरानो...
बिहुँकोट समाज जापानद्वारा कान्तो क्षेत्रीय समिति गठन तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम आयोजना गरिने
टोकियो/जापान । जापानमा सक्रिय बिहुँकोट समाज जापानले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै कान्तो क्षेत्रीय समितिको गठन तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम (Child Talent Show) समेत गर्ने तयारी गरेको छ। यो कार्यक्रम यही अप्रिल १४ तारिख टोकियोको कामतामा आयोजना गरिनेछ। समाजले प्रवासी नेपाली बालबालिकाको सिर्जनात्मकता, कलात्मकता र प्रतिभालाई...
जापानमा स्थापित हानामी(花見) संस्कृति र साकुराको सौन्दर्य !
टोकियो/जापान। जापानमा वसन्त ऋतु आउँदा देशभर चेरी ब्लसम (सकुरा) को मनमोहक फूलहरूले वातावरणलाई रङ्गीन बनाउँछन्। यसै अवसरलाई मनाउने जापानी परम्परालाई “हानामी” (花見) भनिन्छ, यसलाई अझ शिष्ट भाषामा ओहानामी(お花見) पनि भनिन्छ। जसको शाब्दिक अर्थ “फूल हेर्ने”हो। यो परम्परा केवल प्रकृतिको सौन्दर्य मात्रै होइन, बरु जापानी जीवनदर्शन, इतिहास, र सामाजिक एकताको प्रतीक हो। हानामीको उत्पत्ति नारा काल देखि भएको मानिन्छ। यसको सुरुवात...
जापानका आधाभन्दा बढी कलेज विद्यार्थीहरू जिवनयापन खर्चप्रति चिन्तित
टोकियो/जापान। जापानमा आधाभन्दा बढी कलेज विद्यार्थीहरू जीवनयापन खर्चबारे चिन्तित छन् भन्ने तथ्य पछिल्लो एक सर्वेक्षणले देखाएको छ। “महँगीले विद्यार्थी जीवनमा गहिरो असर पारिरहेको छ,” विश्वविद्यालय संघका एक अधिकारीले भने, “विद्यार्थी ऋण तिर्ने चिन्ताले पनि विद्यार्थीहरूलाई गम्भीर असर गरिरहेको छ। हामीलाई यो स्थिति अझै केही समयसम्म जारी रहने हो कि भनेर चिन्ता लागेको छ।” यो सर्वेक्षण गत वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म अनलाइनमार्फत देशभरका...
जापानको नागोयामा वरिष्ठ न्युरोसर्जन डा. चालिसेद्वारा मस्तिष्क रोगसम्बन्धी अन्तरक्रिया
नागोया / जापान । नागोया सेन्ट्रल अस्पतालको आयोजनामा जापानमा वरिष्ठ न्युरोसर्जनका रूपमा कार्यतर नेपाली डक्टर लुशुन चालिसेद्वारा मस्तिस्क रोग सम्बन्धी अन्तरक्रिया हुने भएको छ। मस्तिस्कका रोग समस्या, रोकथाम र उपचारको बारेमा प्रवचन तथा आम नागरिक संग अन्तरक्रिया कार्यक्रम हुन लागेको जापानमा विद्यावारिधि (पीएच् डी) समेत पुरा गरि न्युरोसर्जनका रूपमा नागोया सेन्ट्रल हस्पिटलमा कार्यरत डा लुशुन चालिसेले बताए।चालिसेका अनुसार कार्यक्रममा धेरै...

