जापानी कम्पनीहरूमा कोभिड-१९ महामारीपछि सबैभन्दा गम्भीर श्रमिक अभाव

टोकियो/जापान।एक नीजि सर्वेक्षण संस्थाका  अनुसार जापानी कम्पनीहरू हाल कोभिड-१९ महामारीपछिकै सबैभन्दा गम्भीर पूर्णकालीन श्रमिक अभाव महसुस गरिरहेका छन्। निजी क्षेत्रको एक सर्वेक्षणअनुसार, आधाभन्दा बढी कम्पनीहरूमा कर्मचारीको अभाव देखिएको छ। जनवरीमा गरिएको सर्वेक्षणमा सहभागी करिब ११ हजार कम्पनीहरूमध्ये ५३.४ प्रतिशतले पूर्णकालीन श्रमिक आवश्यक परेको बताएका छन्। तेइकोकु डाटाबैंक लिमिटेडका अनुसार, यो अनुपात अप्रिल २०२० यताकै उच्च हो र नोभेम्बर २०१८ को...

कामकाजी महिलाका लागि जापान विकसित राष्ट्रहरुमध्ये तेस्रो खराब स्थानमा

टोकियो/जापान। काम गर्ने महिलाका लागि विकसित राष्ट्रहरूमध्ये जापान तेस्रो खराब स्थानमा परेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शनिबार ब्रिटिश पत्रिका द इकनोमिस्ट द्वारा प्रकाशित सन २०२४ को सूचीअनुसार, जापान लगातार दोस्रो वर्ष पनि तेस्रो न्यून स्थानमै रहेको छ। ३८ सदस्यीय अर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेभलपमेन्ट (OECD) का २९ देशहरूमध्ये जापान २७औं स्थानमा रह्यो, जसको तल दक्षिण कोरिया र...

विश्वकै जेष्ठ फार्मासिस्ट १०२ वर्षिया जापानी हातामोतो ,जो यो उमेरमा पनि साताको ६ दिन काम गरिरहेकी छिन्

टोकियो/जापान। केसा हातामोतो, १०२ वर्षीया जापानी महिला, जसलाई गिनिज वर्ल्ड रेकर्ड्सले संसारकै जेष्ठ फार्मासिस्टको रूपमा मान्यता दिएको छ, उनले आफ्नो करिअर ७० वर्ष अघि आफ्ना बुबाको सिफारिसमा सुरु गरेकी थिइन्। उनका बुबा महिलाहरूको भविष्यको सफलतामा विश्वास राख्ने व्यक्ति थिए। हातामोतो अहिले १०२ वर्षको उमेरमा पनि बिहान १० बजे देखि बेलुका ६ बजेसम्म, हप्तामा छ दिन टोकियोको  एक फार्मेसीमा काम गर्छिन्।“आजीवन...

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) सम्पन्न

टोकियो/जापान। नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित सामुहिक बेल विवाह (ईही) , ब्रतबन्ध (केयता पूजा ) भब्यताका साथ सम्पन्न भएको छ ।मार्च १ तारिख, शनिबारको दिन टोकियो कोतोकु कितासुना स्थित दान्ची हलमा आयोजित यस पवित्र कार्यमा अठार जना बालिकाहरूको बेल विवाह (ईही) र दुई जना बालकहरूको ब्रतबन्ध सम्पन्न गरिएको थियो। जापानलाई आफ्नो कर्मस्थल बनाउँदै आएको नेवाः समुदायले आफ्ना रीतिरिवाज र परम्परालाई...

जापानमा वित्तीय ठगी बढ्दो, नयाँ करसम्बन्धी ठगीबाट सचेत रहनुहोस्

टोकियो/जापान। हाल जापानमा वित्तीय ठगीको समस्या गम्भीर बन्दै गएको छ। नयाँ प्रकारको ठगीमा करसम्बन्धी शब्दावली प्रयोग गरेर मानिसहरूलाई त्रास सिर्जना गरिन्छ र झुक्याएर पैसा ठग्ने प्रयास गरिन्छ। हालै, ठगहरूले कर भुक्तानी वा बाँकी रकम चुक्ता गर्ने निहुँमा फोन, इमेल वा सन्देशमार्फत सम्पर्क गरी तत्काल भुक्तानी गर्न दबाब दिने गरेका छन्। केही अवस्थामा, ठगहरूले सरकारी संस्था वा कर कार्यालयको कर्मचारी भएको...

१०८ वर्षीया जापानी वृद्धा शिचुइ बनिन् संसारकै जेष्ठ नाई

टोकियो/जापान। जीवनमा उमेर कहिल्यै बाधा बन्दैन भन्ने कुरा १०८ वर्षीया शिचुइ हाकोइशीले प्रमाणित गरिरहेकी छिन्। तोचिगी प्रिफेक्चरको नाकागावा नगरकी हाकोइशीलाई गिनीज वर्ल्ड रेकर्ड्सले हालै “विश्वकै ज्येष्ठ नाई” को रूपमा मान्यता दिएको छ। यो उपलब्धिले न केवल उनको अटल मेहनत र समर्पणलाई सम्मानित गरेको छ, बरु हरेक उमेर समूहका मानिसहरूलाई “कहिल्यै हार नमान्ने” सन्देश पनि दिएको छ। हाकोइशीको जीवन संघर्ष र...

टोकियोमा एक वर्षमा हराएर फेला परेको नगद रकम ४४ अर्ब ९० करोड येन पूग्यो, अहिलेसम्मकै धेरै

टोकियो/जापान। टोकियोमा गत वर्ष प्रहरीमा बुझाइएको हराएको नगदको रकम ४४ अर्ब ९० करोड येन पुगेको छ। जुन अघिल्लो वर्षभन्दा १.८ प्रतिशतले वृद्धि भएको छ र यो हालसम्मकै उच्च हो। यो विवरण टोकियो महानगर प्रहरीको हराएको सामान केन्द्रले  यहि। फेब्रुअरी ४ तारिखसम्म सार्वजनिक गरेको हो। सबैभन्दा धेरै फेला परेको एउटै घटनाको नगद रकम १ करोड १६ लाख येन रहेको थियो। प्रहरीका...

ओसाकामा ४३औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

ओसाका/जापान । मगर समुदायको ४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर जापानको ओसाकामा आईतबार नेपाल मगर संघ सांस्कृतीक समुह कान्साई ओसाकाले पहिलो पटक मगर दिवस विशेष सांस्कृतीक कार्यक्रम २०२५ आयोजना गरी मनाएको छ । विविध संस्कृतीक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित मगर दिवस मनाएको हो। सोहि अवसरमा कान्साईमा मगर संघ स्थापना तथा मगर समुदायको उत्थानमा योगदान दिएको भन्दै भिम...

सिन्धुली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न, गणेश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टोकियो/ जापान ।जापानमा रहेका सिन्धुलीबासीहरूको साझा संस्था सिन्धुली समाज जापानको दोस्रो अधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मतिको आधारमा गणेश अधिकारीलाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिमा उपाध्यक्षमा भोजराज श्रेष्ठ र पुष्कर पहाडी, महासचिवमा बिनोद चौहान (सुजन), सचिवमा मणिक अधिकारी, कोषाध्यक्षमा उमा कार्की र सह-कोषाध्यक्षमा तिर्थमान योन्जन चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा अविनास वाइवा,...

जापानमा एकै वर्षमा १ लाख २० हजारभन्दाबढी गर्भपतन,१,४४० केसमा गर्भपतन चक्कीको प्रयोग

टोकियो/जापान। आर्थिक वर्ष सन २०२३ को अप्रिलमा जापानमा पहिलो पटक अनिच्छित गर्भपतका लागि प्रयोग गरिने औषधी (पिल्स) को परिक्षण बिक्री सुरु भए पश्चात,सोहि वर्ष १,४४० घटनाहरूमा गर्भपतन चक्की प्रयोग भएको बताईएको छ। जापानमा त्यस वर्ष १ लाख २० हजार भन्दा बढी गर्भपतन गराईएको र त्यसको एक सानो हिस्सा गर्भपतन चक्किले लिएको एक सरकारी रिपोर्टले देखाएको छ। मार्च ८ मा अन्तर्राष्ट्रिय महिला...