ओसाकामा मगर दिवस विशेष सांस्कृतीक कार्यक्रम हुदैं

ओसाका, जापान । मगर समुदायको ४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर जापानको ओसाकामा यही मार्च २ तारिक आईतबार नेपाल मगर संघ सांस्कृतीक समुह कान्साई ओसाकाले पहिलो पटक मगर दिवस विशेष सांस्कृतीक कार्यक्रम २०२५ आयोजना गरी मनाउने भएको छ । विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा...

टोकियो महानगर सरकारले नयाँ आर्थिक वर्षमा बिरामी बालबालिकाको हेरचाह सेवा विस्तार गर्ने

टोकियो/जापान। जापानको राजधानी, टोकियो महानगर सरकारले(共働き)दुवै आमाबुवा काम गर्ने परिवारहरू सहित सबैका लागि सन्तान पालनपोषण सहज बनाउन नयाँ आर्थिक वर्षमा बिरामी बालबालिकाको हेरचाह सेवा (病児保育) विस्तार गर्ने योजना बनाएको छ। यसका लागि महानगर सरकारले नयाँ बजेट प्रस्तावमा २० अर्ब येन विनियोजन गरेको छ, जसले आकस्मिक रूपमा बिरामी भएका बालबालिकालाई आवश्यक पर्ने हेरचाह सेवा उपलब्ध गराउन मद्दत गर्नेछ। विशेष रूपमा, बिरामी बालबालिकाको...

जापानको उत्तरी तथा पश्चिमी क्षेत्रको ठूलो भुभागमा फेरि भारी हिमपातको चेतावनी, यातायात र विद्युत् सेवामा असर पर्ने सम्भावना

टोकियो/जापान। केहिदिन अघि मात्रै ऐतिहासिक हिमपातको सामाना गरेको उत्तरी जापानदेखि पश्चिमी जापानसम्मको जापान सागर क्षेत्रमा फेब्रुअरी १९ सम्म भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान जारा गरिएको छ। जापानको मौसम विभागले यातायातमा असर पर्ने चेतावनी दिँदै विद्युत् सेवा अवरुद्ध हुने, रुखहरू ढल्ने तथा हिमपहिरो आउने जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ। मौसम विभागका अनुसार, जापान सागरमा रहेको न्यून चापीय क्षेत्र फेब्रुअरी...

स्याङ्जा समाज नागोयाको पाचौँ अधिवेशन फेब्रुअरी २४ मा हुने

नागोया/जापान। स्याङ्जा समाज जापान नागोयाको पाचौँ अधिवेशन यहि फेब्रुअरी २४ तारिख हुने भएको छ। समाजका अध्यक्ष मित्र सिग्देलका अनुसार,विभिन्न   पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङ्जालीहरुको छाता संगठन स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाको पाचौं अधिवेशन फ्रेब्रुअरी २४ तारिक सोमबार कोकुसाई सेन्टर हलमा दिउँसो  १ बजे बाट हुनेछ । सबै क्षेत्रमा गरि करिव २५० जना आजीवन सदस्य र...

जापानका धनी तथा अति धनी व्यक्तिहरूको सम्पत्ति ४६९ खर्ब पुग्यो, आम जनताको सम्पत्ति विस्तारको दर भने निकै कम

टोकियो/जापान। जापानमा पनि अन्य मूलुकमा जस्तै धनीहरु झन झन धनी र गरिबहरु झन झन गरिब हुँदै जाने ट्रेन्ड कायमै रहेको देखिन्छ । नोमुरा रिसर्च इन्स्टिच्युटका अनुसार, जापानका धनी तथा अति धनी व्यक्तिहरूले राखेको सम्पत्तिको मूल्य हालसम्मकै उच्च स्तर ४६९ खर्ब जापानी येन पुगेको छ। तर, देशका अधिकांश जनताले राखेको सम्पत्तिको वृद्धिदर निकै कम देखिएको छ। सन् २०११ देखि २०२३ सम्म...

सन् २०२४ मा टोकियो दमकल विभागद्वारा आपतकालीन उद्दार ९ लाख ३० हजारभन्दा बढी, लगातार तेस्रो वर्ष नयाँ कीर्तिमान

टोकियो/जापान। टोकियो दमकल विभागद्वारा सन् २०२४ मा गरिएको आपतकालीन उद्दार संख्या ९ लाख ३० हजार नाघेको छ, जसले लगातार तेस्रो वर्ष नयाँ कीर्तिमान कायम गरेको छ। टोकियो दमकल विभागका अनुसार सन् २०२४ मा ९ लाख ३५ हजार १ सय ६२ पटक आपतकालीन उद्दार गरिएको थियो, जुन सन् २०२३ को ९ लाख १८ हजार ३सय ११ उद्दारभन्दा बढी हो। टोकियोको जनसंख्या पछिल्लो...

कास्की पोखरा समाज जापानको छैठौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

टोकियो/जापान । कास्की पोखरा समाज जापानको छैठौं अधिवेशन तथा पहिलो स्मारिका विमोचन भव्य रूपमा सम्पन्न भएको छ। जापानस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष रबिन शेरचन विशेष अतिथिको रूपमा उपस्थित थिए। अधिवेशनले नयाँ नेतृत्वमा कमल बास्तोलालाई अध्यक्षमा चयन गरेको छ भने जीवन पोखरेल महासचिवमा चयन भएका छन्। नयाँ कार्यसमितिमा मनोज तिवारी, बिष्णु प्रसाद...

जापानका प्रधानमन्त्री इसिबाले दिए,ट्रम्पलाई सुनौलो सामुराइ हेल्मेट उपहार

जापान/टोकियो। जापानी प्रधानमन्त्री शिगेरु इसिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो गृह प्रिफेक्चर पश्चिम जापानको एक कम्पनीद्वारा निर्मित सुनौलो सामुराइ हेल्मेट उपहारस्वरूप प्रदान गरेका छन्। वाशिङ्टन भ्रमणका क्रममा शुक्रबार पहिलो शिखर वार्ताको अवसरमा उक्त उपहार दिइएको जापानी सरकार स्रोतले जनाएको छ। यो विचार अमेरिकी टेलिभिजन शृंखला शोगुनको लोकप्रियताबाट आएको हो, जुन जापानी ऐतिहासिक युद्धविद् (वारलर्ड) सम्बन्धी ड्रामा हो। ट्रम्पलाई सुनौलो रंग...

मार्च ८ तारिख जापानमा नारी दिवस विशेष कार्यक्रम हुने

टोकियो/जापान । महिलाहरूको अधिकार, सशक्तिकरण, र नेपाली समाजमा नारीहरूको भूमिकालाई उजागर गर्ने उद्देश्यले आगामी मार्च ८ (शनिवार) का दिन एनआरएनए जापान र साहित्य चौतारी नेपाल, जापान शाखाको संयुक्त आयोजनामा “नारी सशक्तिकरण र साहित्य प्रवर्द्धनको अभियान” नाराका साथ -“महिला सशक्तिकरण,साहित्य र नेपाली समाजमा नारीको भूमिका”नामक  कार्यक्रम आयोजना हुने भएको छ। नारी  दिवसको अवसरमा आयोजना गरिने यस कार्यक्रममार्फत नेपाली समुदायका महिलाहरूलाई साहित्यिक...

टोकियोमा नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा )आयोजना गर्ने

टोकियो/जापान। जापानको टोकियोमा नेवाःहरूकको सक्रिय संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले आगामी मार्च १ तारिख (शनिवार) सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध आयोजना गर्ने भएको छ। नेपालबाट नेवा: गुरूज्युलाई जापान आमन्त्रण गरी यो पवित्र संस्कार सम्पन्न गराउन लागिएको हो। संस्थाले यसअघि तीन पटक सामूहिक बेल विवाह (ईही) तथा एक पटक सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरिसकेको छ। संस्थाका नवनिर्वाचित अध्यक्ष रूपेश डंगोलका...