जापानको जनसङ्ख्या तीव्र गतिमा घट्दै, निर्माण र वित्तीय क्षेत्रमा गम्भीर प्रभाव पर्ने
टोकियो/जापान । जापानमा जनसङ्ख्या तीव्र गतिमा घट्दै गएको छ, जसले देशको आर्थिक तथा सामाजिक संरचनामा गहिरो असर पार्ने संकेत गरेको छ। सन् २०२४ को जन्मदर ७ लाखभन्दा कम हुन सक्ने आँकलन गरिएको छ, जुन जापानको भविष्यका लागि ठूलो चिन्ताको विषय बन्न पुगेको छ। विशेषज्ञहरूका अनुसार, जनसङ्ख्या घट्दै जाँदा २०३० सम्ममा डिपार्टमेन्ट स्टोर, बैंकहरू, तथा अन्य महत्वपूर्ण सेवाहरू हराउने सम्भावना छ।...
फेब्रुअरी महिनामा पनि जापानमा चामलको औसत मूल्य लगातार उच्च,छैटौँ महिनासम्म नयाँ कीर्तिमान
टोकियो/जापान। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सन २०२४ मा उत्पादन भएको खैरो चामलको थोक विक्रेताहरूले तिरेको औसत मूल्य गत फेब्रुअरी महिनामा लगातार छैटौँ महिनासम्म नयाँ कीर्तिमान कायम गरेको छ। औसत मूल्य ६० किलोग्रामका लागि २६,४८५ पुगेको छ, जुन एक वर्षअघिको तुलनामा ७३% ले वृद्धि भएको हो। यो मूल्य अघिल्लो महिनाको तुलनामा ५५८ अर्थात् २% ले पनि बढेको छ। यो...
नेवा: अन्तराष्ट्रिय फोरम जापानले गुफा (बारा) को आयोजना गर्दै
जापानमा नेवाःहरूको क्रियाशील संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापान ले गुफा (बारा) को आयोजना गर्ने भएको छ।अप्रिल १२ तारिख, शनिबारका दिन टोकियो ईचिगाया स्टेशन नजिक अवस्थित बिहारमा गुफा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष रूपेश डंगोलले दिनुभएको छ। डंगोलका अनुसार, यही मार्च १ तारिखका दिन सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) सम्पन्न गरिसकेपछि, बालिकाका अभिभावकहरूबाट गुफा (बारा) आयोजना...
तपाई जापानमा आफ्ना साना नानीबाबुलाई साईकलको पछाडी सिटमा राख्नुहुन्छ ? ख्याल गर्नुहोस् है
टोकियो/जापान। टोकियोका दुई अस्पतालमा गरिएको अध्ययन अनुसार, टोकियोमा साइकलको पछाडिको सिटमा बसेका बालबालिकाको हड्डी भाँचिने दुर्घटना बढ्दोक्रममा देखिएको छ । पछिल्लो एक सर्वेक्षण अनुसार,अभिभावकले चलाएको साईकल,अवरोधमा ठोक्किँदा बालबालिकाहरुको तिघ्राको हड्डी भाँचिने घटनाहरु देखिएका छन् । टोकियोको २ वटा अस्पत्तालको रेकर्ड मात्रै हेर्दा पनि यस्ता दुर्घटना पछिल्ला ६ वर्षमा ३५ पटक भएको पाइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता घटनाहरू बढ्दो...
जापानले २०२४ मा १,६६१ जनालाई “अर्ध-शरणार्थी” को रूपमा मान्यता दियो, १७ जनालाई जापान छोड्न आदेश
टोकियो/जापान । जापान इमिग्रेशन सेवा एजेन्सीले दिएको रिपोर्ट अनुसार, जापानले सन २०२४ मा १,६६१ जनालाई “अर्ध-शरणार्थी” (quasi-refugee) को रूपमा मान्यता दिएको छ, जसमा ९०% भन्दा बढी युक्रेनी नागरिक छन्। यो प्रणाली जापानले डिसेम्बर सन २०२३ मा युद्ध प्रभावित तर शरणार्थीको रूपमा मान्यता नपाएका व्यक्तिहरूलाई सुरक्षा दिन सुरु गरेको थियो। कुल १,६१८ युक्रेनी नागरिकहरूले यो मान्यता पाएका छन्, भने अन्यमध्ये सिरियाका...
जापानमा काफुन्स्यो (परागकण एलर्जी) चरम अवस्थामा, लाखौँ मानिसहरु प्रभावित
टोकियो/जापान। टोकियो र अन्य शहरहरूमा काफुन्स्यो (परागकण एलर्जी) उच्च विन्दुमा पुगेको छ, जसले लाखौँ मानिसहरूलाई आँखा चिलाउने, सिगान बग्ने, र निरन्तर हाच्छिउँ आउने जस्ता समस्याले सताइरहेको छ। यस सप्ताहन्तमा जापानभर केही स्थानमा वर्षा र परिवर्तित मौसमले अस्थायी रूपमा परागकणको मात्रा घटाउन सक्छ, तर राहत क्षणिक मात्र हुनेछ। ताकामाचु, ओसाका, नागोया, र कानाजावाजस्ता शहरहरूमा मार्चको मध्यसम्म धुपी सल्लाका परागकण अत्यधिक स्तरमा...
यहि मार्च २४ देखि जापानमा लागू हुने “माइना लाइसेन्स” के हो? कसरी लिने ? फाईदा र वेफाइदाहरु के के छन् ?
टोकियो/जापान। जापानमा यहि मार्च २४ देखि माइना लाइसेन्स (マイナ免許証) को प्रयोग सुरू हुँदैछ, जसले माईन नम्बर कार्ड (マイナンバーカード) र ड्राइभिङ लाइसेन्सलाई एकीकृत गर्छ। माइना लाइसेन्स भनेको के हो? यो एक प्रकारको माईन नम्बर कार्ड हो, जसको IC चिपमा तपाईँको ड्राइभिङ लाइसेन्स सम्बन्धी महत्वपूर्ण जानकारीहरू समावेश गरिन्छ, जस्तै: लाइसेन्स नम्बर,लाइसेन्सको म्याद (Expiry Date),लाइसेन्सको प्रकार,चश्मा वा अन्य विशेष आवश्यकताहरू,प्रयोगकर्ताको फोटो आदि । यहि मार्च...
जापानमा बसोवास गर्ने विदेशीहरूको संख्या ३७ लाख ६९ हजार नाघ्यो, अहिलेसम्मकै धेरै
टोकियो/जापान। जापानमा बसोवास गर्ने विदेशीहरूको संख्या गत वर्षको डिसेम्बर महिनाको अन्त्यसम्म ३७ लाख ६९ हजार नाघेको छ, जुन अहिलेसम्मकै धेरै भएको छ। जापान अध्यागमन एजेन्सीको जानकारी अनुसार , गत वर्ष डिसेम्बर अन्त्यसम्म जापानमा बसोवास गर्ने विदेशीहरूको संख्या करिब ३७ लाख ६९ हजार पुगेको थियो। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ लाख ५८ हजारले वृद्धि भएको हो। बसोवास अनुमतिपत्र (भिसा)...
अब जापानभरबाट नेपालमा जीवन बिमा गर्न सकिने, टोकियो, नागोया र ओसाकामा विशेष सेमिनार हुँदै
टोकियो/ जापान । मासिक वा बार्षिक थोरै रकम बचतबाट दूर्घटना, भैपरि आउने बिपदमा राहत सहित निश्चित समय पछि एकमुष्ट बचत प्राप्त गर्ने सपना कसको हुँदैन र । अझ जापानको स्वास्थ्य बिमा, पेन्सन लगायत अन्य बिमाको मोटो रकम तिरेर आजित भइरहँदा र नेपाल कहिले फर्कनुपर्ने हो कुनै टुंगो नभएको अवस्थामा त्यस्ता नेपालीहरुका लागि लक्षित गरेर रिलायबल नेपाल लाईफ इन्स्युरेन्सले जापानवासी...
पूर्वी जापान महाभूकम्प र सुनामीले विनाश निम्त्याएको १४ वर्ष पुग्यो, दीर्घकालीन पुनर्निर्माण र जीविकोपार्जनको चुनौती
टोकियो/जापान। पूर्वी जापान महाभूकम्प र टोकियो इलेक्ट्रिक पावर कम्पनी (TEPCO) को फुकुशिमा दाइइचि परमाणु उर्जा संयन्त्र दुर्घटना भएको १४ वर्ष पूरा भएको छ। समयको क्रममा पुनर्निर्माणका प्राथमिकताहरूमा परिवर्तन देखिन थालेको छ, जसका बीच दीर्घकालीन रूपमा जीविकोपार्जन र पुनर्स्थापनालाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषय अहिलेको प्रमुख चुनौती बनेको छ। सन् २०११ मार्च ११ को दिउँसो २:४६ बजे, तोहोकु क्षेत्रको समुद्री...

