युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलानलाई पक्राउ गरेको हो । घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घर (कटेरो)मा राखेर २७ वर्षीया युवतीलाई दुई महिनादेखि बन्धक बनाएको प्रहरीले बताएको छ । काठमाडौं बसेर...

जापानमा हुनुहुन्छ ? एयु पे (au pay) प्रयोगकर्ता हो भने, होस गर्नुहोस् है अनलाईन ठगीका घटनाहरु बढेका छन् ( जानकारी)

टोकियो/जापान । जापानको ठूलो मध्येको एक मेबाईल सेवा प्रदायक एयु मोबाईलद्वारा संचालित एयु पे ( au Pay )प्रयोगमा निरन्तर समस्या आउने गरेको छ । जापानमा हुनुहुन्छ र तपाई पनि एयु पे प्रयोगकर्ता हो भने, आफ्नो पे सिस्टममा केहि समस्या भएमा नजिकको एयु पसलमा या एयु पे को सम्पर्क नम्बरहरु फोन गरि जानकारी गराउनु होला । खासगरी,अनलाईन ठगीमा संलग्न समूहहरुले एयु...

लोहोरो प्रहार गरेर श्रीमानको हत्या, श्रीमती पक्राउ

दाङ । दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्। अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ। सोमबार उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ। श्रीमानले...

फर्पिङको जंगलमा युवा–युवती मृत फेला

काठमाडौं । दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा युवा–युवती मृत अवस्थामा भेटिएका छन्। उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्त सोमबार अपरान्ह १२ बजेतिर दुई युवा–युवतीको शव फेला परेको जानकारी दिए। एसएसपी कुवरका अनुसार जंगलमा फेला परेको दुईवटा शव घोप्टो परेको अवस्थामा भेटिएको हो । शवनजिकै विषादीको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ । तर, मृत्युको कारण भने खुलिसकेको छैन...

रुपन्देहीको रोहिणी नदीमा रात्री बस खस्यो, ९ जनाको मृत्यु

भैरहवा । रुपन्देहीमा रोहिणी नदीमा रात्री बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको रोहिणी गाउँपालिका–४ र...

काठमाडौँको रेस्टुरेन्टमा २० वर्षीया किशोरी बलात्कृत

काठमाडौं । संघीय राजधानी काठमाडौँमा २० वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका(६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई...

तारा एयर दुर्घटनाः एकै परिवारका सात जनाको अन्त्येष्टि

काठमाडौं । मुस्ताङमा तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण...

तारा विमान दुर्घटनाको २२ मध्ये २० शव आफन्तलाई बुझाइयो

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्ये २० जनाको शव उनीहरूका आफन्तलाई बुझाइएको छ । बिहीबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट मृतकका परिवार र आफन्तलाई शव बुझाइएको छ । यसअघि, २२ शवको पोस्टमार्टम गरिएको थियो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार दुई जर्मन नागरिकको शव नेपालस्थित जर्मनीको दूतावासले बुझ्नेछ । गएको आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा...

बर्दियामा ७ वर्षीया बालिका बलात्कृत

काठमाडौं । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका -३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यता पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी...

श्रीमानले मलद्वारमा लौरो घुसाएर सख्त घाइते श्रीमतीको मृत्यु

काठमाडौं । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाएर सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु...