अमृता मृत्यु प्रकरण – पीडित पक्ष शव पोष्टमार्टम गर्न सहमत
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगरमा बस्ने अमृता खत्री तन्डनको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको झन्डै दुई घन्टाको अवधिमा उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् । शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम...
एमाले अध्यक्ष ओलीले आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्ने
लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका – ३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेका अनुसार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ । स्मार्ट भिलेज घलेगाउँका घर...
यसरी पृथक तरिकाले मनाए जापानको कान्साईबासी नेपालीहरुले नयाँ वर्ष(फोटो सहित)
कान्साई/ जापान। कुनै प्रचार, ब्यानर तथा तडक/ भडक बिनानै सम्पन्न भयो नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम जापानको ओसाकामा । कान्साई नेपाली सोसाइटीको आयोजनामा पछिल्लो समय बढदै गएको नेपाली समाज र संघ संस्थाहरुमा मौलाउदो बिकृती लाइ कडा प्रहार गर्दै कान्साईको ओसाकामा नेपाली नयाँ वर्ष बिक्रम सम्वत २०७९ शुभकामना आदान-प्रदान कार्यक्रम, सभ्यर भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा न कुनै...
यौन दुर्व्यहारको आरोपमा प्रिन्सिपल पक्राउ
काठमाडौं । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो । आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घट्ना लगत्तै...
लेटाङ घटनामा महिला प्रहरीलाई गोली हानेको खुलासा
मोरङ । चैत पहिलो साता महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्ट अनुसार महिला प्रहरी उर्मिला श्रेष्ठलाई गोली लागेको उल्लेख छ । यद्यपि प्रहरीले हतियार भने अझै फेला पार्न सकेको छैन । यसअघि महिलालाई भाला, लाठी र धारिलो हतियारले हानेको प्रहरीले सार्वजनिक गरेको थियो । गत चैत ६ गते मोरङको...
मोटरसाइकल दुर्घटनामा बालिकाको मृत्यु, बुबाआमा घाइते
भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् । काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो । दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता...
आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने
काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ। मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ। असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु(याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७...
जापानमा प्रहरीद्वारा विदेशी नागरिकहरुलाई बिनाकारण नै सोधपुछ,विदेशी भएकैले विभेद गरिएको सर्वेक्षण रिपोर्ट
टोकियो/जापान । जापान आफने जो कोहि विदेशीहरुले भन्ने गर्दछन् कि जापान विकसित भएर पनि विदेशी मैत्री मुलुक होईन । जापान पश्चिमा विकसित मुलुकहरुझै उदार छैन । जापानीहरु आफ्नो समुदाय र आफैँभित्र संकुचित छन् भन्ने गुनासाहरु पटक/पटक विभिन्न सामग्रीहरुमा सुन्न/पढ्न तथा हेर्न पाईन्छ । अहिले पछिल्लो पटक टोकियो बार एसोसिएशनले गरेको एक सर्वेक्षणले जापानका प्रहरी प्रशान समेत विदेशी मैत्री नभएको पुष्टि...
छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति
काठमाडौं । जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। पीडितहरूलाई ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय...
जापानले दैनिक १० हजार जनालाई प्रवेश दिएपनि,हामीले भिसा नै नपाएपछि के अर्थ ?
जापान सरकारले दैनिक जापान प्रवेश गराउने यात्रु संख्या बढाउने समाचार १ महिना अघिदेखिनै पढ्दै आएको हो । फेरि अप्रिल महिना लाग्नेबित्तिकै संचार माध्यमहरुले बढो उत्साहका साथ छापेका छन् । तर जापान सरकारले दैनिक प्रवेश संख्या बढाएपनि नेपाली यात्रुहरुलाई खासै कुनै अर्थ देखिनँ । भिसा प्रकृयाका लागि भिएफएस गयो उस्तै समास्या,टिकट काट्न ट्राभल एजेन्सी गयो, मूल्य सुनेर बेहोसै होईला भन्ने डर...

