आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य

काठमाडौं । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । यो नियम पहिलेदेखि रहिआएको तर हाल आएर कडाइ गरिएको उनको भनाइ छ । पौडेलका अनुसार...

जापानको सौचालयमा विश्वकै अनौठो प्रविधि जडान, दिसा/पिसाब गर्दै शारिरिक थकान पत्ता लगाउन सकिने

जापान । जापानले आविष्कार गरेका विभिन्न प्रविधिहरुले सदैव विश्वभर विशेष चासो सहितको चर्चा बटुल्ने गर्दछ । जापानमा त्यस्ता अनेकन आविष्कारहरु छन् । त्यसमध्ये विश्वका एकसे एक विकसित मुलुकहरुले पनि खुलेर प्रसंशा गर्ने जापानी सौचालयहरुमा प्रयोग भएका प्रविधि पनि एक हो । जापानको सौचालयमा अटोमेटिक खोलिने/बन्द हुने/संगित सुन्न मिल्ने,दिसा/पिसाव गरेपछि एउटा बटम थिचे अटोमेटिक सफा गरिदिने सुविधा, पानीको किफायतीका लागि...

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् । अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने...

जापानका करिब ८ करोड ६० लाख मानिसहरुले प्रयोग गर्ने लाईनको व्यक्तिगत सुचना,चिनियाँ ईन्जिनियरहरुको पहुँचमा, छानबिन सुरु

टोकियो/जापान । जापानमा अधिकाँस मानिसहरुले प्रयोग गर्ने सामाजिक संजाल लाईन ( LINE) को व्यक्तिगत जानकारी, चिनियाँ आउटसोर्सिंग कम्पनीका ईन्जिनियरहरुले सजिलै हेर्न तथा प्रयोग गर्न सक्ने खुलासा भएको छ । लाईन् जापान भित्रका करिब ८ करोड ६० लाख भन्दा बढी मानिसहरुले प्रयोग गर्ने गरेका छन् । जापानमा व्यक्तिगत सुचनाको गोपनीयता निकै महत्वपूर्ण मानिन्छ । जापानीहरु हत्तपत्त सामाजिक संजाल सहजै प्रयोग गर्दैन...

नासाको यान मंगल ग्रहमा सफल अवतरण

काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको...

जापानको एक कम्पनीले बनायो हालसम्मकै फरक प्रविधि,कोरोना भाईरस नियन्त्रणमा अर्को महत्वपूर्ण कदम

जापान । कोरोना भाईरस संक्रमण नियन्त्रणमा टेवा पुर्याउने उदेश्यले एक जापानी कम्पनीले अब स्कृनमा नछोईकन पनि टच गर्न मिल्ने ‘फ्लोएटिङ् ईमेज’प्रविधिको आविस्कार गरेको छ । जापान खासगरी, अधिकांस स्थानहरु, एटिएम बुथ, विभिन्न भेन्डिङ मेसिन,इलेभेटर( लिफ्ट), रेस्टुरेन्टहरुका अर्डर मेसिन एवं ट्रेन स्टेसनका टिकट भेन्डिङ् मेसिन लगायतका सेवाहरु उपयोग गर्न त्यहाँ डिस्प्ले हुने बटम थिच्नुपर्ने बाध्यता कायम छ, जसले कोभिड -१९ जस्ता...

जापानले सन २०२३ बाट, उड्ने कार संचालनमा ल्याउने, परिक्षण तथा व्यवसायिक उडान गाईडलाईन बनाईने

टोकियो/जापान । जापानले अर्को वर्ष (सन २०२२) मार्च अन्तिमबाट उड्ने कारको परिक्षणका लागि गाईडलाईन बनाउने भएको छ । प्रविधि विकासमा विश्वलाई पछि पार्दै आएको जापानको एक निजी कम्पनीले उड्ने कार बनाएर,कम्पनीको तर्फबाट परिक्षण पनि गरिसकेको छ । निजी उत्पादकले बनाएको उड्ने कार,ग्रामिण क्षेत्र तथा मानिसहरुको चाप कम भएको ठाउँहरुमा लक्षित गरि संचालन गर्न सके पर्यटन व्यवसाय पनि फस्टाउने र ओसार/पसारको...

इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढे

काठमाडौं । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा...

टिकटकसहित ५९ चिनियाँ एप्स भारतमा स्थायी रुपमै प्रतिबन्ध

एजेन्सी । भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि स्थायी रुपमै प्रतिबन्ध लगाएको छ । भारतले पछिल्लो साल जूनमा चिनियाँ एप्समाथि अस्थाई रुपमा प्रतिबन्ध लगाएको ७ महिनापछि स्थायी रुपमै प्रतिबन्ध गर्ने निर्णय गरेको सरकारी श्रोतलाई उदृत गर्दै दैनिक जागरणले लेखेको छ । सरकारले चिनियाँ कम्पनीमाथि कारणसहित जवाफ दिन नोटिस जारी गरेको थियो । तर कम्पनीहरुले दिएको जवाफमा सरकारले सन्तुष्टी जनाएको...

सबै सरकारी सेवा अब एकै एपबाट

काठमाडौं । सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे । सरकारले प्रदान गर्ने सबै सेवालाई एपमार्फत नै लिन सकिने बनाउन एप तयार पारिएको हो । तत्कालका लागि एपमा ९ वटा सेवा समवेश गरिएको समाचारमा उल्लेख छ...