थाहा पाउनुहोस्, गुगलले बन्द गर्दैछ यो फिचर

३०,जुलाई ।  जब तपाईं सर्च बारमा आफुले सर्च गर्न खोजेको केही शव्द लेख्नुहुन्छ तब ड्रप डाउन मेनूमा सर्चसँग सम्बन्धित विभिन्न शीर्षकहरु देखापर्दछन्, त्यो नै इन्स्टेन्ट सर्च हो । तर अब यो फिचर गुगलले बन्द गर्न लागेको छ । गुगलका अनुसार अब धेरैजसो इन्टरनेट प्रयोगकर्ताले डेस्कटपको साटो मोबाइलबाटै सर्च गर्दछन् । त्यसैल इन्स्टेन्ट सर्चको खासै आवश्यकता रहेन । स्मरण रहोस् गुगलले सन्...

काठमाडौंमा मोनोरेल सञ्चालन सम्भव

काठमाडौं, ४ साउन । काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन तथा सुन्दर सहर निर्माण गर्ने उद्देश्यसहित ल्याइएको मोनोरेल काठमाडौंमा सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ । साइमेक्स इंक कम्पनीले गरेको सम्भाव्यता अध्ययनले काठमाडौँमा मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको हो । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन प्रतिवेदन मंगलबार बुझाए । त्यस अवसरमा...

मोबाईल एप्सले नै जाँच्ने छ,ब्लड सुगर

बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । रगतको थोपा नै ननिकाली ब्लड सुगरको जाँच गर्ने उक्त स्मार्टफोन एप एउटा यस्तो आविष्कार हो, जसबाट मधुमेहपीडित तथा मधुमेहको जोखिममा रहेका मानिसहरुको जीवनमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ । यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको जाँच गर्ने मानिसहरुमा औँलामा सुई लगाएर...

अब लामो र छोटो दुरीका बसमा निशुल्क इन्टरनेट

काठमाडौं, १२ असार । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सोमवारदेखि सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सुरु भएको छ । यात्रुमा समेत इन्टरनेटको पहुँच पुर्याउने उदेश्यले ‘एनटी बस इन्टरनेट सेवा’ सञ्चालन गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराए । प्रवक्ता बैद्यका अनुसार यसबाट मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क...

पक्षघातका बिरामीका लागि आधुनिक एप बनाउँदै महावीर पुन

काठमाडौँ,  जेठ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पक्षघात भएका व्यक्तिका लागि दिमागले सोचेर सहयोगीलाई आफ्ना आवश्यकता बताउनसक्ने एप बनाउन लागेको बताउनुभएको छ । पक्षघातका बिरामीलाई केही चाहिएमा उसको घाउमा सेन्सर राखी त्यसका माध्यमबाट सहयोगीको मोबाइलमा सन्देश गएपछि सहयोग लिनसक्ने एपको विकास गरिरहेको पुनले बताउनुभयो । “कार्यान्वयनमा ल्याउन सकेमा संसारभरका लागि यसबाट फाइदा पुग्नेछ,” उक्त एपबारे जानकारी दिँदै अध्यक्ष...

वल्र्डलिंकले ल्यायो सस्तोमा फाइबर इन्टरनेट

काठमाडौं, वैशाख १० । इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले ग्राहकलाई सस्तोमा फाइबर इन्टरनेट उपलब्ध गराउन नयाँ योजना ल्याएको छ । कम्पनीले नयाँबर्ष लागेपछि ५ एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ३ सय ५० रुपैयाँमै उपलब्ध गराउने भएको हो । यस्तै १० एमविपिएस गतिको अनलिमिटेड इन्टरनेट १ हजार ६ सय रुपैयाँमा उपलब्ध गराउने छ । कम्पनीले भोलुम बेस २५ एमबिपिएस र ५० एमबिपिएस...

धौलागिरिमा ‘थ्रिजी’ सेवा थप विस्तार

बागलुङ, २२ चैत । धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पु¥याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । सेवा विस्तारसँगै बागलुङमा मात्र ३२ ठाउँबाट...

फेसबुकमा भिडियो अपलोड गरेर लाखौं कमाउनुहोस् !

हिलेसम्म तपाईले यूट्यूबमा भिडियो अपलोड गरेर पैसा कमाउनुहुन्थ्यो तर, अब छिट्टै तपाईले फेसबुकबाट पनि यूट्यूबमा जसरी नै पैसा कमाउन सक्नुहुनेछ । – सोशल नेटवर्किंग साइट फेसबुकले छिट्टै एउटा यस्तो फिचर लञ्च गर्दैछ जसको मद्दतबाट भिडियो अपलोड गर्नेले पैसा कमाउन सक्छ । – प्राप्त खबरहरुका अनुसार फेसबुकले छिट्टै नै ‘मिड रोल’ एड फर्म्याटको सुरु गर्न लागिरहेको छ । यसपछि तपाईले अपलोड गर्नुभएको...

अब, देशभर ‘फोर जी’ सेवा, यस्तो छ सेवा लिने तरिका

काठमाडौँ, ६ माघ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो । टेलिकमले आफ्ना ग्राहकलाई पहिलोपटक तीव्र गतिको मोबाइल...

केही चिनियाँ रेलवे कम्पनीहरुले काठमाडौंसम्म रेल जोड्ने सम्भाव्यता अध्ययन

केही चिनियाँ रेलवे कम्पनीहरुले काठमाडौंसम्म रेल जोड्ने सम्भाव्यता अध्ययन (फिजिविलिटि सर्भे) प्रतिवेदन नेपाल समक्ष पेश गरिसकेका छन्। पछिल्लो पटक ११ पुसमा मात्रै चाइना इन्टरनेश्नल ग्रुप प्राइभेट लिमिटेड अर्को प्रस्तावक कम्पनीको रुपमा रेलवे विभागमा दर्ता भएको छ। २ सय ३६ दर्ता नम्बर रहेको चाइना रेलवे इन्टरनेशनलको प्रस्तावपछि भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रेल विभागले समेत केरुङ–काठमाडौं–लुम्बिनी र केरुङ–पोखरा रेलवेको...