कोरोनाबाट विश्वभर २०० नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको...

चीनमाथि अमेरिका र बेलायतको एकैसाथ हमला

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आदेश पारित गर्दै हङ्गकङको विशेष दर्जा समाप्त गरेको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पको व्यवहार चीनप्रति लगातार कडा हुँदै गएको छ । ह्वाइट हाउसमा पत्रकासँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘अब अमेरिकाले चीनसँग जस्तो व्यवहार गर्दै आएको छ, हङ्गकङसँग पनि ठ्याक्कै त्यस्तै गर्नेछ ।’ ट्रम्पले हङ्गकङमा अधिकारको उल्लंघन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने नयाँ...

कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

सिओल। दक्षिण कोरियामा काम गरिरहेका श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो । मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वन अर्थात् हालको ज्यालाअनुरुप...

रुसमा कोरोनाको खोपको क्लिनिकल परीक्षण सफल

एजेन्सी । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।  “खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का स्वयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ । क्लिनिकल अध्ययनका लागि औषधी दिइएका स्वयम्सेवकहरूको पहिलो समूहलाई...

अमिताभ र अभिषेक बच्चनमा पनि कोरोना पोजेटिभ, ऐश्वर्याको पनि भयो परीक्षण

एजेन्सी । चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना पोजेटिभ पाइएका छन् । कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । यस्तै अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई भने, ‘अमिताभ बच्चन र अभिषेक बच्च्नको एन्टीजेन परीक्षण गरिएको थियो जसको नतिजा पोजेटिभ...

नेपालको नक्साको विरोध गर्दै भारतको कूटनीतिक नोट

काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’ भारतले कूटनीतिक...

दलाई लामाको जन्मोत्सव सुटुक्क काठमाडौंमा

काठमाडौं । नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए। कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी...

संसारको तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ९६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ । रुसमा १०...

जापानमा बाढी-पहिरोः १६ को मृत्यु, १३ बेपत्ता

टोकियो । जापानमा भारी वर्षापछि आएको बाढी-पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। भारी वर्षातका कारण क्युसुको दक्षिणी टापुमा आएको बाढी-पहिरोले आइतबार १६ जनाको मृत्यु भएको समाचार संस्था एनएचकेले जनाएको छ। साथै १३ जनाअझै बेपत्ता छन् भने १७ जना अचेत अवस्थामा छन्। पहिरो गएपछि स्थानीयहरूले आफ्नो घरमा पसेका माटो निकालिरहेको देखिएको थियो। त्यस्तै सेनाले बेपत्ता हुनेहरूको खोजी गरिरहेको छ। हामीसँग...

भारतमा एकै दिन २ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसबाट एकै दिन २ हजार बढीले ज्यान गुमाएका छन् । वल्डोमीटरका अनुसार मंगलबार भारतमा सबैभन्दा बढी २ हजार ६ जनाले ज्यान गुमाएका हुन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ११ हजार ९ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १ सय ३५ नयाँ संक्रमित थपिएका छन् । योसहित त्यहाँ संक्रमित हुनेको संख्या ३...