पछिल्लो समय जापानमा विभिन्न भिसामा आउने नेपालीहरुको संख्या क्रमिक रुपमा बढिरहेको छ। त्यसैमध्ये जापानमा कार्यरत व्यक्तिहरुले आफ्नो परिवारका सदस्यहरुलाई पनि पारिवारिक भिसामा जापान ल्याउने गर्दछन। विशेषगरी नेपालमा जापानमा बुडाले भन्दा बुडिले अर्थात डिपेन्डिङ्ग भिसामा रहेका व्यक्तिहरुले धेरै पैसा कमाउछन भने धारणा रहेको छ तर जापानले तोकेको कानुनी नियम अनुसार काम गर्दा त्यो वास्तविक नहुन सक्दछ। किनकी, पहिले हप्ताको २८ घण्टा थियो भने अहिले २० घण्टा रहेको छ ।

जापानमा अङ्रेजी भाषा खासै प्रयोग नहुने भएकोले पनि यहाँ विदेशी नागरिकहरुलाई भाषा नसिक्दा सम्म केहि कठिन हुने गर्दछ। पछिल्लो समयमा पारिवारिक भिषामा काम गर्ने देखि लिएर अध्ययन गर्ने बालबालिकाहरुको संख्या पनि बढिरहेको छ। विगत केहि वर्ष पहिलेबाट जापानमा नेपाली बालबालीकाहरुलाई मध्यनजर गर्दै नेपालको शिक्षा मन्त्रालय र जापान सरकारबाट अनुमति लिई जापानको केहि शहरहरुमा अङ्रेजि र नेपाली भाषाका कक्षाहरु सन्चालनमा आएका छन भने कक्षा १२ पश्चात जापानमै विश्वविद्यालय अध्ययन गरि पास हुन सकियो भने जापानका कम्पनिहरुमा सजिलै प्रवेश गर्न सकिन्छ त्यसैले गर्दा पनि केहि अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई जापानको शिक्षा दिन चाहेका हुन्छन्। विश्वविद्यालय अध्ययन गर्दा अङ्रेजी माध्यमबाट पनि गर्न सकिने केहि विश्वविद्यालयहरु रहेका छन तर कलेज शुल्क भने केहि महङ्गो हुने गर्द्छ।

जापानमा भाषाको तह राम्रो भयो भने आफुले सोचेजस्तो काम पाउन सकिन्छ तर भाषाको ज्ञान राम्रो भएन भने केहि कठिन पनि हुने गर्दछ। भाषामा ज्ञान राम्रो नभएकै कारण पारिवारिक भिषामा रहेका धेरै जसो व्यक्तिहरु बेन्तो, यामातो , बेडमेकिङ्ग जस्ता शारीरिक रुपमा बढि शक्ति प्रयोग गर्नुपर्ने कामहरु गर्न बाध्य भएका हुन्छ्न त्यसैले गर्दा पनि जुनसुकै भिषामा जापान आएपनि राम्रोसङ्ग भाषा अध्ययन गरेर आइयो भने जापानको बसाई सह्ज हुने गर्द्छ साथै समय मिलाएर वाड अफिसले सन्चालन गरेका भाषा सिकाईका कक्षाहरु लिएर अध्ययन गरियो भने पनि भाषाको तहलाई सुधार गर्न सकिन्छ तर धेरै जसो नेपालीहरुले भाषा सिकाईलाई भन्दा नि कामलाई प्राथमिकता दिने गरेको देखिन्छ फ्लस्वरुप सधैँभरी उहि बेन्तो यामातो बेडमेकिङ्गमा मात्र काम गरेको देखिन्छ। केहि समय पैसा भन्दा पनि भाषालाई महत्वपुर्ण ठानेर केहि मिहेनत गरियो भने सजिलो काम गरि आफ्नो स्वास्थ्यलाई पनि सहज हुने गर्दछ। यति लेख्दै गर्दा पारिवारिक भिसामा आउनेहरु सबैले गार्हो काम नै गर्छन भन्न खोजेको भने होइन विभिन्न व्यावसायिक क्षेत्रमा आबध्द रहेर धेरै प्रगति गरेको पनि हुनुहुन्छ साथै विद्यार्थी भिसामा आएर विवाह पश्चात पारिवारिक भिसामा परिवर्तन गरि सहज तरिकाले काम गरिरहनु भएका पनि धेरै हुनुहुन्छ त्यसैले जापानमा भाषा नै बलियो हतियार मानिन्छ।

भर्खर काखमा हुर्कदैँ गरेको दुधेबालकलाई छोडि परदेशिनु पर्ने कसैको रहर हुदैँन तर यसरी नै हिड्नुपर्ने अधिकांश नेपाली महिला दिदिबहिनीहरुको बाध्यता रहेको छ । नेपालबाट फल्नाको छोराबुहारीले त टन्नै पैसा कमाएको छन रे भने जस्तो सहज भने यहाँको अवस्था छैन भाषाकै कारण आफुले भनेजस्तो र सोचेजस्तो समयमा काम नपाईने , काम पाएपनि लामो समय गर्न नपाईने साथै सरकारलाई चर्को रुपमा कर तथा बीमा रकम तिर्नुपर्ने र महङ्गो घरभाडा लगाएत विद्युत् , ग्यास शुल्क तिर्नुपर्ने जस्ता आफ्नै समस्याहरु रहेका छन भने नेपालमा रहेका घर परिवार तथा आफन्तजनलाई रिजाउन नसकि मनभरी पीडा बोकि काम गर्नुपर्ने आफ्नै बाध्यता धेरैका रहेका छन।

अनन्तःजापानमा जुनसुकै तहको व्यक्तिको लागि पनि भाषा नै महत्वपुर्ण हुने भएकोले सुरुमा भाषागत तहलाई प्राथमिकता दिन जरुरी छ त्यसैले पारिवारिक भिषामा जापान आउन चाहाने व्यक्तिहरुले नेपालबाट नै भाषा सिकाईलाई अघि बढाउन जरुरी छ होइन भने जापान आएर अत्याधिक काम त्यसैमाथि शारीरिक रुपमा बल प्रयोग गर्नुपर्ने भएकोले स्वास्थ्य अवस्थामा असर पर्ने खतरा रहेको हुन्छ।

अन्य सम्बन्धित लेखहरु

जापान आउने नयाँ विद्यार्थीहरुबाट चर्को रुपमा होस्टेल शुल्क अशुल्ने कन्सलटेन्सीहरुबाट सजग बन्नेकि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी

जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?

यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ

यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ

(नेपालको सत्यवती-२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चात हाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दै आएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar  नामबाट भेट्न सकिनेछ।)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार