गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११ औँ अधिवेशन नजिकैदै गर्दा जापानमा पनि निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारहरुको नाम आएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रिय चुनावको लागि यतिबेला विभिन्न पदका उम्मेदवारहरुले भावी योजना तथा कार्यसम्पादन बारेमा पनि घोषणा गरिसकेका छन।गएको निर्वाचनमा २०२१- २०२३ कार्यकालको लागि मतदान दुरुपयोग विवादका कारण नयाँ समितिले करिब/करिब १ वर्षमा पुर्णता पाएको थियो आशा गरौँ यसपाली निष्पक्ष रुपमा निर्वाचन सम्पन्न हुनेछ।विशेषगरी एनआरएनए आफैमा एउटा विशेष महत्व बोकेको सामाजिक संस्था भएको कारणले गर्दा पनि यसलाई प्रवासीहरुको मुख्य अभिभावको रुपमा हेर्ने गरिन्छ। जापानमा करिब २ दशक बितिसक्दा पनि त्यति धेरै उल्लेखनीय काम भएको देखिदैँन तर आशा गरौँ आगामी दिनमा नेपालीहरुको मर्म र वास्तविक समस्यालाई बुझेर अघि बढ्नेछ।

यतिबेला २०२३-२०२५ कार्यकालको लागि विभिन्न पदका उम्मेद्वारहरुको घोषणा पत्र , प्रतिबद्धता साथै नारा हेर्दा नेपालका नेताहरुको भन्दा कुनै कमि छैन जस्तो लाग्छ आश्वासनमा तर ति कार्यहरु पुरा होला नहोला त्यो अब आउने कार्यकालले नै देखाउने छ।ICC र NCC संग समन्वय गरी केन्द्रिय तथा क्षेत्रिय तहमा प्रणालीगत तथा नीतिगत कार्यहरु अगाडि बढाउने योजनाहरु आफ्नै ठाउँमा होलान तर सर्वप्रथम जापानमा रहेका नेपालीहरुको प्रमुख समस्याहरु बारे अब आउने कार्यकालको समितिले विशेषरुपमा अगाडी बढाओस।कुनै पनि सामाजिक संस्थालाई विश्वासिलो र भरपर्दो रुपमा अगाडी बढाउनको लागि आर्थिक पक्षलाई प्रमुख हतियारको रुपमा लिइएको हुन्छ त्यसैले गर्दा पनि NRNA जापानले संस्थागत रुपमा भएका विभिन्न आम्दानी तथा खर्चहरुलाई चुस्त र दुरुस्त रुपमा जापानवासी नेपाली समुदायमा पारदर्शिता गराउन पनि आवश्यक देखिन्छ।आगामी दिनमा संस्थागत रुपमा अहिले सम्म भएका राम्रा काम तथा विभिन्न किसिमका कमिकमजोरीको बारेमा पनि अध्ययन गरेर अघि बढ्न पनि आवश्यक देखिन्छ।विगत केहि वर्ष देखि NRNA र नेपाल राजदुतावासको संयुक्त आयोजनामा जापानामा मनाउदैँ आएको नेपाल फेस्टिबलको विशेष महत्व रहेको देखिन्छ जसले दुई देश बिच आर्थिक, व्यापारिक तथा कुटनीतिक सम्बन्धलाई पनि सुमुधुर गराउनको लागि विशेष भुमिका निर्वाह गर्न सक्दछ।नेपाल सरकार तथा जापान सरकार लगायत यहाँका सरकारी तथा निजि लगानीमा आबध्द विभिन्न पेशा तथा व्यवसायका व्यक्तिहरु सँग सहकार्य गरी नेपालमा जापानी लगानिकर्ता भित्र्याउने वातावरण सिर्जना गर्नुका साथै नेपालका विभिन्न पर्यटकिय क्षेत्र र स्थानिय रुपमा उत्पादित भएका वस्तुहरुको बारेमा जानकारी प्रदान गरेर पर्यटक भित्र्याउनका साथै देशको आर्थिक विकाशमा टेवा पुर्याउन पनि विशेष भुमिका निर्वाह गर्न सक्दछ र जापानमा नेपालीहरुको कला, संस्कृति तथा परम्परागत मुल्य मान्यताहरु बारेमा पनि जानाकारी प्रदान गर्दछ।केहि महिना अघि बाट मात्रै नेपाली राजदुतावास सङ्ग सहकार्य गरी गरेको घुम्ति सेवा जसले जापानमा रहेका धेरै नेपालीहरुलाई प्रत्यक्ष फाइदा पुर्याएको छ भने आगामी दिनमा पनि यस्ता कार्यहरु निरन्तर अगाडी बढाउन जरुरी देखिन्छ।
जापानमा विभिन्न किसिमका घटना तथा रोगका कारण मृत्यु भएका व्यक्तिहरुको शब व्यवस्थापनमा पनि NRNA ले आफ्नो भुमिका निभाएको देख्न सकिन्छ तर NRNA एउटा विशुद्ध सामाजिक संस्था भएपनि पछिल्लो समय राजनीतिको दलदल, गुट, उपगुट तथा पदिय लोभमा केन्द्रित भएको देखिन्छ त्यसैले जापानबासी नेपालीहरु प्रति अविश्वास बढ्दै गएको छ फलस्वरुप १लाख ४० हजार भन्दा बढि नेपालीहरु भएको जापानमा कुल जनसंख्याको १ चौथाईले पनि सदस्यता लिएका छैनन त्यसैले आगामी दिनमा सदस्यता लिनको लागि आवेदन प्रकृयालाई सहज बनाउन पनि आवश्यक देखिन्छ साथै एनआरएनए जापान पदको भागबण्डामा भन्दा पनि नेपालीहरुको वास्तविक समस्या समाधान तिर केन्द्रित हुन अत्यन्तै जरुरी ठानिएको छ।

विगतमा सामाजिक सेवाको नाममा आफ्नो स्वार्थ पुरा गर्ने केहि व्यक्तिहरुका खराब नियतले गर्दा पनि एनआरएनए जस्तो नि:स्वार्थ भावना बोकेको प्रतिष्ठित संस्था घृणित हुन पुगेको होकी भन्ने महसुस धेरैमा भएको भएको छ।व्यक्तिको क्षमता भन्दा पनि आफन्त, पैसाको बिटो र राजनीतिक दलहरुको सहयोगबाट पद ग्रहण गर्ने प्रवृत्ति ले गर्दा पनि NRNA संस्था आफैमा कमजोर भएको देखिन्छ।

पछिल्लो समय जापानमा विभिन्न पेशा, व्यवसाय , विद्यार्थी भिसा, पारिवारिक भिसा साथै SSW मार्फत आउने नेपालीहरुको संख्या क्रमिक रुपमा बढिरहेको छ ।नेपालमा हुदाँ सोचेको जापान र वास्तविक भोगाईको जापान नितान्त फरक भएको हुनाले जापानमा आत्महत्या लगायत विभिन्न घटनाहरु क्रमिक रुपमा बढ्दै गएको देखिन्छ त्यसैले पनि NRNA जापानले क्षेत्रिय कार्यसमितिहरु सङ्ग सहाकार्य गरि जापानमा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका सम्बन्धित व्यक्तिहरुबाट बेला-बेलामा जानकारी मुलक तथा सन्देशमुलक कार्यक्रम आयोजना गर्न सक्ने हो भने पछिल्ला समय घट्ने गरेका समस्याहरुको न्युनिकरणमा सहयोग पुग्न सक्दछ। यतिबेला कोरोनाको सहज अवस्था भए सङ्गै विभिन्न देशहरुबाट जापानमा आउने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ त्यसैले गर्दा पनि पार्टटाइम जब साथै सेनमोन तथा दाईगाकु प्रवेशमा पनि केहि कठिन देखिएको छ त्यसैले बेला-बेलामा उक्त विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न किसिमका सेमिनार कक्षाहरु पनि सन्चालन गर्न जरुरी देखिन्छ।विशेषगरी पछिल्लो समय विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढेसङ्गै नेपालबाट विभिन्न देशमा अध्ययनको लागि पठाउने कन्सलटेन्सीहरुले मनलाग्दो रुपमा विद्यार्थी भाईबहिनीहरुबाट चर्को रुपमा शुल्क असुलिरहेका छन त्यसैले नेपाल सरकार तथा शिक्षा मन्त्रालय सङ्ग सहकार्य गरी निश्चित मापदण्ड तय गरी कार्यन्वयनमा ल्याउनको लागि पनि पहल गर्नुपर्ने जरुरी देखिन्छ।

जापानमा रहेका नेपाली कुकहरुको समस्या बारे पनि आवाज उठाउने कि!
जापानमा एनआरएनएको उच्च पदमा रहेका धेरै जसो व्यक्तिहरु नै नेपाली रेस्टुरेन्टको सन्चालक रहेका छन।त्यसैले गर्दा पनि नेपाली कामदारको समस्या बारेमा मौन रहेको बुझिन्छ साथै उक्त कामदारहरुको न समस्या राख्ने सम्बन्धित ठाँउ छ न त समस्या सुनिदिने निकाय नै छन।विशेषगरी नेपाली रेस्टुरेन्टहरुमा Working भिसा मार्फत नेपाली कामदारहरु ल्याउदा नेपाल सरकार सङ्ग नै समन्वय गरि निश्चित मापदण्ड निर्धारण गर्न पनि जरुरी देखिएको छ।केहि रेस्टुरेन्टका सन्चालकहरुले एकजना कामदार नेपालबाट झिकाए बापत १२/१५ लाख सम्म रकम असुल्ने गरेको पनि सुनिन्छ साथै कामगरे बापत प्रतिमहिना १० मान तलब दिन पनि गार्हो मान्ने गरेको पनि सुनिन्छ यस्तो अवस्थालाई एकप्रकारले भन्ने हो भने जापानमा नेपालीहरुद्वारा नै नेपाली कामदारहरु नै श्रमशोषणमा परिरहेका छन ।तर यस्ता किसिमको समस्याको समाधान को लागि अब आउने कार्यकालको समितिले गम्भिर रुपमा सोचेर अघि बढोस।

जापानमा रहेका विभिन्न नेपाली सङ्घ संस्थाहरुमध्ये सबै ठुलो र बढि जिम्मेवार बोकेको संस्था एनआरएनए भएको हुनाले जापानमा रहेका नेपालीसमुदायको लागि हित हुने कार्य सङगै देश प्रति पनि जिम्मेवारी हुदैँ आगामी दिनमा अझ गर्वका साथ जापान एनआरएनएको प्रंशसा गर्न पाइयोस।
अग्रिम शुभकामना ।

अन्य सम्बन्धित लेखहरु

जापान आउने नयाँ विद्यार्थीहरुबाट चर्को रुपमा होस्टेल शुल्क अशुल्ने कन्सलटेन्सीहरुबाट सजग बन्नेकि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?

जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी

जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?

यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ

यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ

(नेपालको सत्यवती-२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चात हाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दै आएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar  नामबाट भेट्न सकिनेछ।)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार