विद्यार्थी भएर अध्ययन गर्नु र कुनै पनि क्षेत्रमा जिम्मेवारी लिएर काम गर्नुमा निन्तान फरक हुन्छ त्यसैमाथी जापानमा जापानी भाषालाई बढि प्राथमिकता दिने हुदाँ पनि विदेशि विद्यार्थीहरुले सुचना प्रविधि (Information Technology) सम्बन्धि विषयमा अध्ययन गरेतापनि सुरुमा केहि भाषागत समस्या हुने गर्दछ।विशेषगरी जापानका केहि सेनमोन गाक्कोहरुमा २ वर्षे IT Business क्षेत्रको कोर्षहरु सन्चालन भएतापनि कम्प्युटर सम्बन्धि सामान्य कुराहरु मात्र अध्यापन गराउने गर्दछन त्यसैले आईटी क्षेत्रमा स्युस्योकु गर्दा काम गर्न निकै कठिन हुने गर्दछ।
जापानमा जुनसुकै प्रकारको कम्पनीमा स्युस्योकु गरेतापनि सबैभन्दा पहिलो प्राथमिकता भाषा नै हुने गर्दछ जहाँ काम सिक्ने होस वा सिकाउने। कुनै पनि कम्पनीमा प्रवेश गर्दा सुरुवाती अवस्थामा केहि कठिनाई हुन सक्दछ तर आफु धैर्य भएर लगनशिलताका साथ केहि समय टिकेर काम सिक्न सकियो भने केहि समय पश्चात आफु काममा अब्बल भएर अघि बढ्न सकिन्छ तर केहि व्यक्तिहरु सुरुवाती अवस्थामा नै आत्तिएर कम्पनी छोड्ने गरेको पाईन्छ साथै केहि कम्पनीहरुले तोकेको निश्चित समय भित्र कार्यसम्पादनमा राम्रो नतिजा दिन सकिएन भने कामबाट नै निकाल्ने गरेको पनि पाइन्छ। IT क्षेत्रमा काम गर्दा सुरुको अवस्थामा केहि कठिन भएतापनि कम्प्युटरको हार्डवेयर तथा सफ्टवेयर सम्बन्धि केहि कामहरु सिकाए पश्चात आफैँ अध्ययन गरेर पनि अघि बढ्न सकिन्छ तर सबै कम्पनीहरुमा यस्तो अवसर नहुन पनि सक्दछ। IT क्षेत्रमा काम गर्दा कम्पनी भित्र गर्नु पर्ने काम सङ्गै अन्य विभिन्न कम्पनीहरुसँग समन्वय गरेर पनि काम गर्नु पर्ने हुन्छ त्यसैले पनि प्राविधिक ज्ञान सङ्गै भाषाको ज्ञान पनि राम्रो हुनुपर्दछ।
जापान प्रविधि क्षेत्रमा निकै अगाडी रहेको छ भन्ने कुरा विश्वसामु नै प्रख्यात रहेको छ जसमा जापानले उत्पादन गरेका विभिन्न विधुतीय उपकरण होस अथवा अन्य किसिमका सामानहरु निकै भरपर्दो हुने गर्दछ र यहाँको हरेक क्षेत्रको उत्कृष्ट कार्यशैली र इमानदारीताले गर्दा पनि पछिल्लो समय जापानमा विदेशी विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेको छ भने विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरिसकेपछि प्रायजसो होटेल ,रेस्टुरेन्ट, ,मोबाईल कम्पनी, IT कम्पनी लगायत, विभिन्न सामानहरु निर्माण तथा उत्पादन गर्ने कम्पनीहरुमा स्युस्योकु गर्ने गरेको पाईन्छ साथै जुनसुकै कम्पनीमा प्रवेश गरेतापनि भाषा र कार्यसम्पादनको आधारमा पदोन्नति तथा तलब बृदि हुने गर्दछ
त्यसैले गर्दा पनि यतिबेला निहोङ्गो गाक्को, सेनमोन गाक्को तथा दाईगाकु अध्ययन गर्दै गरेका विद्यार्थीहरुले भाषा सङ्गसङ्गै आफुले अध्ययन गरेको सम्बन्धित विषयमा विशिष्टता प्राप्त गर्न जरुरी पर्दछ होइन भने कम्पनी प्रवेश गरेपछि विभिन्न समस्याहरु झेल्नुपर्ने हुन्छ।
विशेषगरी जापानका केहि IT कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुको संख्या धेरै हुने जसमा विदेशी कामदारहरुको संख्या अत्यन्तै न्युन हुने हुदाँ पनि सुरुमा काम जानेतापनि उक्त स्थानमा घुलमिल हुन केहि समय लाग्ने गर्दछ तर केहि कम्पनीहरुले उच्च तहको प्राविधिक सीपको अपेक्षा गर्ने हुदाँ सेनमोन गाक्कोमा IT पढेको भरमा मात्र उक्त अपेक्षा पुरा गर्न गार्हो हुने हुदाँ पनि IT कम्पनीमा केहि चुनौती देखिने गर्दछ।
हरेक कम्पनीहरुमा टिम वर्कको विषेश भुमिका हुने गर्दछ तर सुरुमा हामीलाई उनिहरुसङ्ग नै घुलमिल हुन समय लाग्ने हुनाले एक्लोपनको आवास हुन पनि सक्दछ साथै केहि IT कम्पनीहरुमा घरबाट नै Desktop VPN Remote सिस्टमबाट काम गर्नुपर्ने हुन पनि सक्दछ तर हामी सुरुमा पुर्ण रुपमा काममा आत्मनिर्भर हुन नसकिने हुदाँ पनि सुरुमा केहि चुनौतीको भार आएको होकी भन्ने अवस्था सिर्जना हुन्छ त्यसैले यी सबै चुनौतीहरुलाई सहजताका साथ अघि बढाउनको लागि उक्त क्षेत्रमा ज्ञान भएका साथिहरु तथा नेट बाट खोज अनुसन्धान गरेर पनि केहि समय धैर्यताका साथ अघि बढ्नुपर्दछ।
अन्त्यमा, जापानको जुनसुकै कम्पनीमा काम गरेतापनि सबैभन्दा महत्त्वपुर्ण भनेको जापानी भाषा र उच्च स्तरको कार्यसम्पादनको नतिजा दिन सक्नु हो।त्यसैले यि कुराहरु पुरा गर्नको लागि हरेक व्यक्तिमा कम्पनीमा भएका सामान्य नियम देखि अन्य कामदारहरुसँग गरिने व्यवहार लगायत जिम्मेवारीको दायित्त्व पुरा गर्न सक्ने धैर्यता र इमानदारी हुन जरुरी हुन्छ।
अन्य सम्बन्धित लेखहरु
जापान आउने नयाँ विद्यार्थीहरुबाट चर्को रुपमा होस्टेल शुल्क अशुल्ने कन्सलटेन्सीहरुबाट सजग बन्नेकि?
जापानमा रहेका नेपाली हलालहरुबाट सेवा सुविधा लिदैँ गर्दा सचेत पनि बन्ने होकी
जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?
यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ
यसकारण जापानमा नयाँ विद्यार्थीहरुले भाषालाई विशेष प्राथमिकता दिन जरुरी रहेको छ
(नेपालको सत्यवती-२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चात हाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दै आएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar नामबाट भेट्न सकिनेछ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




