एनआरएनए जापानको नयाँ कार्यसमितिलाई यहि साता सपथ ग्रहण गराईने, निर्वाचन समितिले यस्तो सुचना जारी गर्यो
टोकियो/जापान । निर्वाचन सकिएको एक साता पुग्नै लाग्दा पनि असन्तुष्ट पक्षहरुको दवाबका कारण निर्णयबिहिन बनेको एनआरएनए जापानको नयाँ कार्यसमितिलाई सपथ तथा पदभार ग्रहण कार्यक्रम गरिने टुँगो लागेको छ । निर्वाचन समितिले आजजारी गरेको एक सुचना अनुसार सो कुरा खुल्न आएको हो । एकातिर निर्वाचन समितिले सपथ ग्रहण गराई आफ्नो जिम्मेवारी सक्काउन चाहेको देखिन्छ भने अर्को तर्फबाट अध्यक्ष मण्डलले छानबिनको प्रकृया...
एनआरएनए जापानको निर्वाचन छानविन गर्ने अध्यक्ष मण्डलद्वारा जानकारी, संयोजक भन्छन् मलाई थाह छैन
टोकियो /जापान । जुलाई ३० तारिख सम्पन्न एनआरएन जापानको अनलाईन मतदानबारे असन्तुष्ट उम्मेदवारहरुको मागलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले छानविन गर्ने निर्णय गरेको छ। ३० तारिख सम्पन्न अनलाईन भोटिङमा पराजित उम्मेदवारहरुले भोटिङमा सेटिङ गराएको आशँका सहित छानबिनका लागि अध्यक्ष मण्डल, निर्वाचन समिति सहित आईसिसिलाई अनुरोध गर्दै जुलाई ३१ तारिख उजुरी दिएका थिए । अध्यक्ष मण्डलले आज एक सुचना जारी गर्दै,एनआरएन जापानको संस्थापक...
एनआरएनए जापानको निर्वाचनमा अटोमेटिक सेटिङबाट भोट हालिएको भन्दै उजुरी, भारतको उडिसाबाट पनि भोट हालिएको प्रमाण
टोकियो /जापान । गैरआसीय नेपाली संघ जापानको भर्खरै सम्मपन्न निर्वाचनमा प्रविधिको दुरुपयोग गरि धाँधली गरिएको भन्दै,नेतृत्व बाहिर पुगेका उम्मेदवारहरुले उजुरी दिएका छन् । ति असन्तुष्ट उम्मेदवारहरुले निर्वाचनमा केहि सिमित व्यक्ति तथा समूहहरुले प्रविधिको उपयोग गरी (अटो सेटिङ गरी) मतदान गराएको आरोप लगाउँदै, निर्वाचनको सत्य/तथ्य छानबिन गरि आधिकारिक बाहिर ल्याउने माग सहित उजुरी हालेका हुन् । यसरी उजुरी हाल्नेमा आईसिसि सदस्य...
एनआरएनए जापानको निर्वाचन सम्पन्न, अध्यक्षमा शिव प्रसाद पौडेल निर्वाचित
टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको (सन २०२१ -२३ )कार्यसमितिको अध्यक्षमा शिव प्रसाद पौडेल चयन भएका छन् । आज (जुलाई ३० तारिख) भएको निर्वाचनमा उनि विजयी बनेका हुन् । अध्यक्ष पदकालागि ५ जना उम्मेदवारहरु मैदानमा उत्रिएका भएपनि पौडेलले ३ हजार ३८ प्राप्त गर्दै नेतृत्वमा पुग्न सफल भएका हुन् । निर्वाचनले वरिष्ठ उपाध्यक्षमा नबिन निउरे , उपाध्यक्षहरुमा महेश कुमार कटुवाल,राम थापा...
दशौँ अधिवेशनमा पेश गरिएको आर्थिक प्रतिवेदनमा प्रवक्ता श्रेष्ठको असहमती,आम्दानी देखाउनु पर्दैन ?
टोकियो/जापान । जापानको टोकियोमा अलपत्र परेका एक युवालाई उद्दार गर्ने क्रममा सहयोग गर्ने सहयोगदाताको नाम आर्थिक प्रतिबेदनमा समाबेस नगरिएको भन्दै प्रबक्ता सिद्दार्थ श्रेष्ठले सहयोग रकमका बिषयमा अध्यक्ष मण्डललाइ जानकारी गराएका छन् । एनआरएनए जापानको हालै सम्पन्न अधिबेशनमा पेस गरिएको आर्थिक प्रतिबेदनमा ति युवालाई नेपाल पठाउदा लागेको खर्च मात्रै उल्लेख गरेको तर कुन सस्थाले के कति सहयोग गरेको भन्ने उल्लेख नगरिएकाले...
अभियानमा निरन्तर छु, एक कार्यकाल सक्षम महासचिव पनि भईसके अब उपाध्यक्ष बनाउनुहोस् – घिमिरे
टोकियो/जापान। गैरआवासीय नेपाली संघ( एनआरएनए ) जापानको उपाध्यक्ष पदमा बुद्घिराज घिमिरेले दावेदारी प्रस्तुत गरेका छन् । एनआरएनए जापानको निवर्तमान महासचिव बुद्घिराज घिमिरेले एनआरएनए अभियानमा एक दशक बिताएका छन् । उनले जापानको कार्यसमितिमा कांतो कमिटीको सचिव हुदै एनसीसीमा ३ कार्यकाल काम गरेका छन । एनआरएनए जापानका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा साथ, सपोर्टको लागि घिमिरेले यस पटक पनि आग्रह...
एनआरएनए जापानको दशौँ अधिवेशन चल्दै गर्दा निर्वाचन भने अन्यौलमा,कार्यसमितिले बिना परामर्श मनलाग्दी निर्णय गर्यो -निर्वाचन समिति
टोकियो/ जापान । गैरआवासीय नेपाली संघ (एनआरएन )जापानको निर्वाचन मितिमा अन्यौलता सिर्जना भएको छ । अधिवेशनको अघिल्लो रात, अन्तिम प्रहरमी कार्यसमितिको अन्तिम बैठकको निर्णय भन्दै,२७ तारिखका लागि तोकिएको निर्वाचन ३० तारिखका लागि सारिएको बताईएको थियो । यद्यपी सो निर्णयबारे कुनै औपचारिक जानकारी( विज्ञप्ती /सुचना )सार्वजनिक गरिएको छैन । ओसाकामा दशौँ अधिवेशनको संचालन भईराख्दा भईरहदा निर्वाचन समितिका संयोजकले भने निर्वाचन समितिसंग सल्लाह...
एनआरएनए नागोयाको बिबाद मिल्यो , यौट्टै समिति निर्माण
नागोया /जापान । केहि समय देखि बिवादमा जेलिएको एनआरएनए नागोयाको बिबाद मिलाउने नैतिक दबाव त्यस क्षेत्रका एनआरएनए नेताहरुलाई परेको बेला समस्या समाधान गरिएको बताइएको छ। समस्या समाधान गर्न पटक-पटक छलफल गरिए पनि समाधान निस्केको थिएन। पछिल्लो समय एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द्र श्रेष्ठ, उप- संयोजक पारशमणि पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल ,...
यि हुन् ,एनआरएनए जापानको आगामी कार्यकालको लागि विभिन्न पदका अन्तिम उम्मेदवारहरु, भोट कसलाई दिने त ?
टोकियो/जापान । एनआरएनए जापानको आसन्न अधिवेशन तथा निर्वाचन नजिकिँदै गर्दा, विगतका दिनहरुमा जस्तै फेरि पनि आन्तरिक विवाद तथा कमिकमजोरीहरु सतहसम्मै आईपुगेको छ । निर्वाचनको मुखैमा आईपुगेर मतदाताहरुको व्यक्तिगत जानकारी तथा मतदाताहरुको संख्यामै हेरफेर गराईएको भन्ने टिका/टिप्पणीहरु चलिरहेका छन् । यिनै विविध कारणहरुले कतै निर्वाचननै सर्ने त होईन ? भन्ने आशंका पनि बढेको छ। ।यद्यपी यसका बाबजुद निर्धारित समयभन्दा केहि समय...
डा. बलराम श्रेष्ठद्वारा एनआरएनए आईसिसि सदस्यमा उम्मेदवारी(भिडियो सहित)
टोकियो/जापान । जापानमा क्रियाशील एक मात्रै नेपाली अन्तर्राष्ट्रिय क् अधिवक्ता डा. बलराम श्रेष्ठले एनआरएनए आईसिसि सदस्यमा उम्मेदवारी दिएका छन् । आफ्नो पेशागत कर्मकै कारण जापानवासी नेपाली समुदायसंगै जापानीहरुमाझमा पनि परिचित श्रेष्ठले जापानमा रहँदा आईपर्ने विविध कानुनी समस्याहरुको समाधान मात्रै नभई जापानमा नेपालीहरुलाई व्यवसायीक मार्गमा लाग्न सहजिकरण गर्दै आएका छन् । जापानमा आफ्नै ल फर्म संचालन गर्दै आएका श्रेष्ठ, व्यवसायीक जिवनसंगै सामाजिक...

