राजकुमार अधिकारीद्वारा एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी,दिगो र परिणाममुखी एनआरएनए बनाउने प्रतिवद्धता

टोकियो/जापान । गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको आगमी कार्यकाल (सन २०२१ -२३ ) का लागि राजकुमार अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत १ दशक भन्दा बढी समयदेखि जापानमा रहँदै आएका अधिकारी पछिल्ला ८ वर्षयता एनआरएनए अभियानमा जोडिँदै आएका छन् । अधिकारीले -‘ दिगो संगठन, व्यापक सहभागिता, परिणाममुखी एनआरएनए मेरो प्रतिबद्धता’भन्दै युवा पुस्ताको नेतृत्वबाट वर्तमान एनआरएनएमा विद्यमान...

एनआरएनए जापानको महिला संयोजकमा अन्जु भण्डारीको उम्मेदवारी

टोकियो/ जापान । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको आगामी कार्यकाल( सन २०२१-२३)का लागि वर्तमान महिला सदस्य अन्जु भण्डारीले उम्मेदवारी घोषणा गरेकि छिन् । भण्डारीले हिजो(जुलाई ६ तारिख)सामाजिक संजाल मार्फत सन् २०२१–२०२३ का लागि महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकि हुन् । उनले,जापानमा रहेका महिलाहरु विभिन्न समस्यामा रहेको आफुले पाएको र एनआरएनए मार्फत महिला संयोजकको हैसियतमा महिला लक्षित विभिन्न सहयोगी कार्यहरु...

एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा दीपक कार्कीको दावेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगमी कार्यकाल ( सन २०२१-२३) का लागि दीपक कार्कीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान कार्यसमिति(सन २०१९-२१) मा क्षेत्रीय उपाध्यक्ष रहेका कार्कीले आगामी (२०२१-०२३) कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । कार्कीले नेपालन्युजपोस्टसंग भने-‘यस अघि अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको भएतापनि,यस पटक वरिष्ठ उपाध्यक्षमा रहि, संस्थाको कार्यकारी...

एनआरएनए जापानको महासिचवमा टिकाराम खरेलको दावी, सचिव भएर संस्था बुझे अब काम गरेर देखाउँछु- खरेल

टोकियो/जापान। गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको आगमी कार्यकाल ( सन २०२१-२३)को लागि महाचिव पदमा टिकाराम खरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा सचिव पदमा कृयाशिल खरेल, सचिवमा रहि एक कार्यकाल सचिवालयका कामकाजहरुलाई नजिकबाट नियालीसकेको तथा सचिवलय सम्बन्धि काममा आफु सक्षम रहेकाले महासचिव पदको आकाँक्षी बनेको बताउँछन् । को हुन् त खरेल ? नेपाल, गुल्मीमा जन्मिएका खरेल, चितवन तथा काठमाडौँमा स्थायी...

राकेश लामा रुम्बाद्वारा युवा संयोजकमा दावेदारी, युवाहरुको रचनात्मक भूमिका मार्फत एनआरएनएको छवि सुधार्ने प्रतिवद्धता

टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल ( सन २०२१-२३) का लागि राकेश लामा रुम्बाले युवा संयोजक पदमा दावेदारी प्रस्तुत गरेका छन् । एनआरएनए जापान कान्तो क्षेत्रका निवर्तमान संयोजक रहेका राकेश,सन २०१५ देखि निरन्तर एनआरएनए अभियानमा प्रत्यक्ष जोडिईँदै आएका छन् । सन २०१२ मा विद्यार्थीकारुपमा जापान छिरेका राकेश प्रवासमा युवाहरुको हितका लागि निरन्तर संलग्न रहँदै आएका छन् । जापान प्रवेशको सुरुवाती दिनमै,...

अनिता गुरुङद्वारा एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी,पहिलो पटक शिर्ष पदमा नारी नेतृत्वको दावेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको आगमी कार्यकाल ( सन २०२१-२३) का लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकि छिन् । गुरुङ्ले ,आईतबार टोकियोमा पत्रकार सम्मेलन गरी सन् (२०२१–०२३ )का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकि हुन् । एनआरएनए अभियानमा निरन्तर संलग्न हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाली सकेकि गुरुङ् एनआरएनए जापानको शिर्ष पदको पहिलो...

एनआरएनए नागोयाको गाईजात्रा अझै सकिएन,केन्द्रमा चटारो सुरु

कविकिरण न्यौपाने/नागोया । यतिवेला जापानमा रहेका एनआरएनएको बाह्रै बटा क्षेत्रिय समितिको अधिवेशन सकिएको छ। सामाजिक सञ्जाल भरि बधाई दिनेको आईरोनै लागेको देख्न सकिन्छ। भष्ट्रचारमा डुबुल्की मारेको एनआरएनए जापानमा पनि नेता बन्ने तछाड – मछाड चलिरहेको छ। नागोया क्षेत्रिय समितिको गाईजात्रे कथा भने बेग्लै छ। जुन अहिले सम्म पनि निरंन्तर चलिरहेको छ। जापानमा रहेको १२ बटा क्षेत्रिय समिति मध्ये नागोया बाहेक सबै...

आर्थिक पारदर्शिता र चुस्त दुरुस्त एनआरएनएको उदघोष सहित सिदार्थ श्रेष्ठद्वारा महासचिव पदमा दावेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको महासचिव पदमा सिदार्थ श्रेष्ठले दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान कार्यसमिति(२०१९-२१) मा प्रवक्ताको जिम्मेवारी सम्हालेका श्रेष्ठले एनआरएनए जापान भित्रको अनियमितताका घटनाहरु सार्वजनिक गराई छानबिनको दायरामा पुर्याउनेसम्मको पहल कदमी गरेकाले, उनलाई एनआरएनए सुधारकको रुपमा पनि हेर्ने गरिन्छ । श्रेष्ठकै कारण एनआरएनए भित्र वर्षौँदेखि हुँदै आएका आर्थिक अनियमितताका कर्तुतहरु आम गैरआवासीय नेपालीहरुमा छर्लंग भएको छ । यो...

जापानको सिजुओकामा पहिरोमा परि २० जनाभन्दा बढि बेपत्ता,२ जना अचेत

सिजुओका/जापान । जापानको सिजुओका केनको आतामी सहरभित्र पर्ने ईजुसान वार्डस्थित पहिरोमा परि २ जना अचेत अवस्तामा अस्पत्ताल भर्ना गरिएको छ भने २० जना भन्दाबढी मानिसहरुको अवस्था अज्ञात रहेको बताईएको छ । आज बिहान १० देखि ११ बजेको बिचमा आतामीको ईजुसान वार्डमा पहिरो जाँदा,त्यस क्षेत्रका केहि मानिसहरु हराईरहेका छन् । यद्यपी कति मानिसहरु हराईरहेका छन् यानेकि पहिरोमा परे भन्ने ठ्याक्कै यकिन...

जीवन कुमार गुरुङद्वारा एनआरएनए जापानको उपाध्यक्षमा दावेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आगमी कार्यकाल (सन २०२१-२३) का विभिन्न पदहरुमा आकाँक्षा राख्नेहरुले सामाजिक संजाल मार्फत आफ्ना उम्मेदवारी घोषणा तथा प्रतिवद्धताहरु राख्नेक्रम ह्लात्तै बढेको छ । यसैक्रममा, वर्तमान कार्यसमितिमा, खासगरी कोभिड १९ को असहज परिस्थितिमा पनि निरन्तर सहयोगमा जुटेर, सकृयाता देखाएका जीवन कुमार गुरुङले पनि आगमी कार्यकालको उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । गुरुङले – ‘सबैको एनआरएनए,...