नेपाल मगर संघ जापानको २२औं महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
टोकियो,जापान। नेपाल मगर संघ, जापान केन्द्रीय समितिको २२औँ महाधिवेशन शनिबार (अक्टोबर ११) टोकियोमा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनबाट भिक्टर ठाडा मगर अध्यक्ष र सागर थापा मगर महासचिवमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। औपचारिक कार्यक्रमको उद्घाटन नेपाल मगर संघ, नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरले प्रथम सहिद लखन थापाको फोटोमा माल्यार्पण गर्दै गरेका थिए। कार्यक्रम निवर्तमान अध्यक्ष रामहरि खपाङ्गी मगरको...
जापानमा गैर-जापानी शिशुको जन्मदर ३ प्रतिशतभन्दा बढी, इतिहासकै उच्च
टोकियो,जापान। पछिल्ला केही वर्षयता जापानको गैर-जापानी जनसंख्या तीव्रगतिमा बढ्दै गएको छ, र यो केवल आप्रवासनबाट मात्र होइन। नयाँ तथ्यांक अनुसार सन् २०२४ मा जापानमा जन्मिएका शिशुमध्ये ३ प्रतिशतभन्दा बढी गैर-जापानी थिए। गत वर्ष जापानमा २० हजारभन्दा बढी गैर-जापानी शिशु जन्मिए, जुन संख्या र प्रतिशत दुवै इतिहासकै उच्च मानिन्छ। यो प्रतिशत राष्ट्रिय औसत भए पनि, टोकियो र अन्य ठूला सहरहरूमा यो...
जापानमा गर्भवती महिलामध्ये आधाभन्दा बढीको बचत शून्य
टोकियो,जापान। जापानमा आर्थिक रूपमा कमजोर गर्भवती महिला र नयाँ आमामध्ये आधाभन्दा बढीको कुनै पनि प्रकारको बचत नभएको पाइएको छ। “सेभ द चिल्ड्रेन जापान” नामक गैरनाफामूलक संस्थाले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणले यस्तो तथ्य उजागर गरेको हो। यो सर्वेक्षण सन् २०२५ अप्रिलदेखि मे महिनासम्म बाल स्याहार सहयोगका लागि आवेदन दिने २५९ जनामाथि गरिएको थियो। सबैले मान्य जवाफ दिएका थिए। तीमध्ये झन्डै ७३...
नोभेम्बर ३० मा धादिङ समाजद्वारा टोकियो,नागोया र ओसाकामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने
टोकियो/जापान । धादिङ समाज जापानले आउँदो नोभेम्बर ३० तारिख आइतबारको दिन टोकियोको इकेबुकुरो,नागोया तथा ओसाकामा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । समाजका अध्यक्ष बिमल श्रेष्ठका अनुसार,जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ! भन्ने मान्यतालाई आत्मसात गरि जापान रेडक्रससंग समन्वय गरि उक्त कार्यक्रम गर्न लागिएको हो । समाजका महासचिव सुशान्त बानियाँका...
जापानमा विदेशी जनसंख्या अहिलेसम्मकै उच्च, ३९ लाख ५० हजार नाघ्यो
टोकियो,जापान। जापानमा बसोबास गर्ने वैध विदेशी नागरिकहरूको संख्या इतिहासकै उच्च स्तरमा पुगेको छ। जापानको अध्यागमन एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, जुन महिनाको अन्त्यसम्म जापानमा ३९ लाख ५६ हजार ६ सय १९ जना विदेशी नागरिकहरु वैधानिकरुपमा बसोबास गरिरहेका छन्। यो संख्या गत वर्षको अन्त्यको तुलनामा ५ प्रतिशत (१ लाख ८७ हजार) ले बढेको हो। यो वृद्धिसँगै जापानमा विदेशी कामदारको संख्यामा पनि...
जापानमा विदेशीहरुलाई व्यवसाय व्यवस्थापक भिसा कडा, अब कम्तीमा ३ करोड येन पूँजी अनिवार्य
टोकियो,जापान। जापानले विदेशी उद्यमीहरूका लागि प्रदान गरिने “व्यवसाय–व्यवस्थापक (Business Manager)” भिसाको मापदण्ड कडा बनाउने निर्णय गरेको छ। आगामी अक्टोबर १६ (बिहीबार) देखि लागू हुने नयाँ नियमअनुसार अब भिसा आवेदन दिने व्यक्तिसँग कम्तीमा ३ करोड येन पूँजी हुनुपर्नेछ। हालसम्म यो सीमा ५० लाख येन मात्र थियो। जापानको अध्यागमन एजेन्सीले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार हालका वर्षहरूमा तीव्र रूपमा बढ्दो आवेदन र...
जापानमा वास्तविक तलब लगातार आठौँ महिनासम्म घट्यो
टोकियो,जापान। जापानमा सन् २०२५ अगस्ट महिनामा वास्तविक तलब अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाएको छ। लगातार आठौँ महिनासम्म तलब घट्नुको कारण लगातार बढ्दो मुद्रास्फीति रहेको बताइएको छ, जसले कामदारहरूको आम्दानी वृद्धि भन्दा बढी असर पारेको हो। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोमिनल तलब भने १.५ प्रतिशतले बढ्दै ३,००,५१७ येन पुगेको छ। यो...
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले सामूहिक म्हँ: पूजा तथा नेपाल संवत् ११४६ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने
टोकियो,जापान। नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्षझैँ यस वर्ष पनि टोकियोमा सामूहिक म्हँ: पूजा तथा नेपाल संवत् ११४६ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्षको कार्यक्रम अक्टोबर २५ तारिख (शनिबार) टोकियोको कितासुना स्थित दान्ची हलमा आयोजना गरिनेछ।म्हँ: पूजाको महत्वका बारेमा संस्थाका अध्यक्ष रूपेश डंगोलले जानकारी दिँदै भन्नुभयो —“नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। ती विविध...
जापानको हिताची सिसाइड पार्कमा कोचियाको रंगीन मौसम सुरु,यसपाली पनि जानेकी ?
टोकियो,जापान। इबाराकी प्रिफेक्चरको हिताचिनाका सहरमा रहेको प्रसिद्ध हिताची सिसाइड पार्क अहिले कोचियाको आकर्षक रङमा ढाकिएको छ। हिउँदअघि हरेक वर्ष अक्टोबर महिनामा यो पार्क हजारौँ पर्यटकले भरिन्छ, जब हरियो कोचिया बोटहरू रातो र सुन्तला रङमा परिणत हुँदै समुद्र किनारको डाँडामा फैलिन्छन्। यो दृश्यलाई “फायरी कोचिया” पनि भनिन्छ, जसले शरद ऋतुको आगमनको संकेत गर्छ। अहिले (अक्टोबरको दोस्रो हप्ता) कोचिया बोटहरू क्रमशः हरियोबाट...
टोकियोको यामानोते रेल लाइन सञ्चालनको १००औँ वार्षिकोत्सव तयारीमा,नयाँ डिजाइनका रेल सञ्चालनमा
टोकियो,जापान। टोकियोको यामानोते रेल लाइनले आफ्नो सेवा सञ्चालनको १००औँ वार्षिकोत्सव मनाउने तयारीका क्रममा, ईस्ट जापान रेलवे कम्पनीले अघिल्ला पुस्ताका रेल मोडेलहरूबाट प्रेरित नयाँ ‘रेट्रो डिजाइन’ भएका रेलहरू सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार, स्मारक स्वरूप सञ्चालनमा आएका यी दुई रेलहरूमा पुराना १०३ सिरिज र २०५ सिरिज रेलका डिजाइनहरू पुनः प्रयोग गरिएका छन् । यी रेलहरू आगामी नोभेम्बर ३ सम्म सञ्चालनमा...

