जापानमा जनगणना जारी, तपाईले सहभागिता जनाउनुभयो त ? अनलाइनबाट झन् सजिलो !

टोकियो,जापान। जापानमा हरेक पाँच वर्षमा एकपटक गरिने राष्ट्रिय जनगणना (国勢調査 – कोकुसेई चोसा) अहिले चलिरहेको छ। यो जनगणना जापानमा बसोबास गर्ने सबै मानिसहरूका लागि कानूनी रूपमा अनिवार्य मानिन्छ, चाहे उनीहरु जापानी नागरिक हुन् वा विदेशी । त्यसैले यहाँ बस्ने नेपाली समुदायले पनि यसमा अनिवार्य सहभागी हुनुपर्छ । जनगणामा सहभागी नभएको या झुटा विवरण दिएको पाईएमा ५ लाख येनसम्मको जरिवाना...

ताईफु २२ ले जापानको केहि क्षेत्रमा शक्तिशाली हावा सहित उच्च छाल र मुसलधारे वर्षा गराउने, सतर्क रहन आग्रह

टोकियो,जापान। जापानको मौसम विभागका अनुसार, ५ तारिखको बिहान उत्पन्न भएको ताईफु नम्बर २२ अहिले जापानको ओगासावारा टापुहरू नजिकको समुद्री क्षेत्र हुँदै पश्चिमतिर सर्दै गएको छ । यस क्षेत्रका बासिन्दाहरूलाई शक्तिशाली हावा, उच्च छाल र आकस्मिक मुसलधारे वर्षा प्रति विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । मौसम विभागले जनाएको अनुसार, ५ तारिख साँझ ६ बजेसम्म ताईफुको केन्द्र ओगासावारा टापु समूहको चिचिजिमा...

जापानको घट्दो जनसङ्ख्याको समस्यासँग जुध्न नयाँ परिषद् गठन, अक्टोबरको अन्त्यमा सुरु हुने

टोकियो,जापान। जापानमा जनसङ्ख्या घट्दै जाने गम्भीर समस्यालाई समाधान गर्न निजी क्षेत्रका विज्ञहरू सहभागी हुने नयाँ परिषद गठन हुने भएको छ। यो परिषद हालको जनसङ्ख्या रणनीति परिषद्को सट्टामा आउँदो अक्टोबर २७ मा सुरु गरिने योजना गरिएको छ। नयाँ परिषद्‌ले वृद्ध जनसंख्या र घट्दो जन्मदरको समस्याबाट जुधिरहेको दक्षिण कोरियासँग समेत सहकार्य गर्दै, नीति सिफारिस, अध्ययन अनुसन्धान तथा साझा पहलमा काम गर्ने लक्ष्य...

जापानको बेरोजगारी दर बढ्यो, पछिल्लो एक वर्षयताकै उच्चतम स्तरमा

टोकियो,जापान। जापानको बेरोजगारी दर अगस्ट महिनामा बढेर एक वर्षभन्दा बढीको उच्चतम स्तरमा पुगेको छ । पछिल्ला डेटाहरुले श्रम बजार केही शिथिल बन्दै गएको संकेत दिएको छ। यसबीच यसै महिना बैंक अफ जापानले ब्याजदर वृद्धि गर्ने अड्कल पनि बजारमा बलियो बनेको छ। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, बेरोजगारी दर जुलाईको २.३ प्रतिशत बाट बढेर अगस्टमा २.६ प्रतिशत पुगेको हो। यो...

जापानमा ८ हजारभन्दा बढि विदेशी बालबालिकाहरु विद्यालय नगएको हुनसक्ने

टोकियो,जापान। शिक्षा मन्त्रालयको सर्वेक्षणअनुसार सन् २०२४ मे महिनासम्म जापानमा प्राथमिक र जुनियर हाइस्कूल उमेरका करिब ८ हजार ४३२ जना विदेशी बालबालिका विद्यालयमा पढिरहेका छैनन् वा नपढेको हुनसक्ने देखिएको छ। यो अघिल्लो वर्षको सर्वेक्षणभन्दा १६९ ले कम हो। जापानमा प्राथमिक वा जुनियर हाइस्कूलमा पढ्ने अधिकार पाउने गरी दर्ता भएका विदेशी बालबालिकाको कुल संख्या १ लाख ६३ हजार ३५८ पुगेको छ, जुन...

जापानमा यस्तो पनि हुन्छ: ३७ लाख येन बराबरको खाना पैसा नतिरी खाएको अभियोगमा पक्राउ

नागोया,जापान। आइची प्रिफेक्चर प्रहरीले एक जनालाई खानाको डेलिभरी सेवा कम्पनीलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ। ३८ वर्षीय ताचुया हिगासिमोतो नामक व्यक्तिले डेमाएकान एपमा झुठो नाम र ठेगाना प्रयोग गरी दर्ता गरेर, अर्डर गरिएको खाना नआएको दाबी गर्दै करिब १६ हजार येन बराबरको रकम फिर्ता लिएको आरोप लगाइएको छ। उनले एपको च्याट फंक्शनमार्फत यस्तो दाबी गरेका थिए, तर वास्तवमा अर्डर...

जापानका सबै प्रिफेक्चरमा न्यूनतम ज्याला १ हजार येनभन्दा माथि, अक्टोबर १ देखि लागु हुने

टोकियो/जापान। जापानमा न्यूनतम ज्याला ऐतिहासिक वृद्धि गर्दै अब सबै प्रिफेक्चरमा प्रतिघण्टा १ हजार येनभन्दा माथि पुगेको छ। नयाँ व्यवस्था अक्टोबर १ तारिखदेखि क्रमशः लागू हुनेछ। न्यूनतम ज्याला भन्नाले कुनै पनि कम्पनीले आफ्ना कामदारलाई अनिवार्य रूपमा दिनैपर्ने न्यूनतम पारिश्रमिक हो। यस पटकको संशोधन अनुसार, जापानभरको औसत न्यूनतम ज्याला प्रतिघण्टा ६६ येनले बढेर १ हजार १ सय २१ येन पुगेको छ।...

जापानमा जनगणना सुरु, ठगीप्रति सतर्क रहन चेतावनी

टोकियो/ जाापान। जापान सरकारले प्रत्येक ५ वर्षमा गर्ने राष्ट्रिय जनगणना यस वर्ष पनि सुरु भइसकेको छ। सेप्टेम्बर २० तारिखदेखि प्रश्नावली वितरण थालिएको छ भने अक्टोबर ८ भित्र सबैले जवाफ दिनुपर्ने व्यवस्था छ। तर यसबीच जनगणनाको नाममा ठगी गर्नेहरू सक्रिय रहेको चेतावनी समेत दिइएको छ। जापानमा बस्ने सबै व्यक्ति, चाहे उनीहरू जापानी नागरिक हुन् वा विदेशी, यस जनगणनामा समेटिन्छन्। अनिवार्य रूपमा...

ख्याल गर्नुस् है,जापानमा कहिले कहीँ यस्तो पनि हुन्छ,गल्तिले एक जना व्यक्तिको ४३ लाख ८० हजार येन बैंकबाट काटियो

ओकायामा/जापान। जापान अत्यन्तै व्यवस्थित मुलुक हो। यहाँका सरकारी सेवा प्रदायकहरू झन् विश्वकै सबैभन्दा विश्वासिला र भरपर्दा मानिन्छन्। प्रायः विश्वभरका मानिसहरूले सेवाको गुणस्तरको उदाहरण दिन जापानलाई नै उद्धृत गर्छन्। तर, यति व्यवस्थित मानिएको देशमा पनि कहिलेकाहीँ अपत्यारिला घटनाहरू हुने गरेका छन्। त्यस्तै एक घटना ओकायामा प्रिफेक्चरको तामानो सिटीमा देखिएको छ। शहरले एक निवासीको करिब ४३ लाख ८० हजार येन बराबरको पानी...

जापानमा अक्टोबर महिनाको विद्युत्‌ शुल्कमा वृद्धि हुने

टोकियो/जापान। जापानमा अक्टोबर महिनामा प्रयोग गरिने विद्युत्‌ शुल्कमा सरकारको अनुदान सहयोग समाप्त भएकाले औसत परिवारले करिब ५ सय येन बढी तिर्नुपर्ने भएको छ। विद्युत्‌का ठूला १० कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार अक्टोबरमा प्रयोग हुने र नोभेम्बरमा बिल पठाइने “नियन्त्रित शुल्क” सबैमा बढ्नेछन्। औसत प्रयोग गर्ने परिवारलाई अक्टोबरमा सेप्टेम्बरसँग तुलना गर्दा? होक्काइदो विद्युत्‌: ४ सय ६७ येन बढेर ९ हजार ३ सय ३५...