गल्कोट समाज जापानको २०औं साधारण सभा सम्पन्न
टोकियो/जापान। गल्कोट समाज जापानले २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। यहि २४ तारिख,बुधबार टोकियोको सिनओकुबोस्थित सोलमारी हलमा आयोजित २० औँ साधारणसभा- कार्यप्रगति प्रतिबेदन, आर्थिक प्रतिवेदन तथा बिधानमा संसोधन प्रस्ताबमा ब्यापक छलफल गरि एक मतले पारित गर्दै भब्य रुपमा सम्पन्न भएको हो । समाजका अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभाको संस्था का प्रमुख अतिथीको रुपमा बोल्दै समाजका संरक्षक समितीका...
जापानी समुद्री अनुसन्धानलाई गिनिज वर्ल्ड रेकर्डको मान्यता
टोकियो/जापान। जापानको गहिरो समुद्री अनुसन्धानलाई गिनिज वर्ल्ड रेकर्डले आधिकारिक मान्यता दिएको छ। जापानी अनुसन्धान जहाज चिक्यु ले गत वर्ष गरेको ड्रिलिङमार्फत विश्वकै सबैभन्दा गहिरो वैज्ञानिक समुद्री ड्रिलिङको रेकर्ड कायम गरेको हो। चिक्यु जहाजको उपकरणले समुद्री सतहदेखि ६ हजार ८ सय ९७ दशमलव ५ मिटर तलबाट ड्रिल सुरु गरी, समुद्री सतहभित्र थप ९८० मिटर प्वाल पार्यो। यसरी जहाजको ड्रिल पाइपको कुल...
ताइफून ‘रागासा’ ले हङकङ र दक्षिण चीनमा विनाश मच्चायो, ताइवान र फिलिपिन्समा मृत्यु
टोकियो/जापान। सुपर ताइफून ‘रागासा’ ले फिलिपिन्स र ताइवानमा ठूलो जनधनको क्षति पुर्याएपछि हङकङ र दक्षिण चीनमा समेत भीषण असर पारेको छ। यसलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ। ताइवानमा कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। आँधीसँगै आएको मुसलधारे वर्षा र पहिरोका कारण संरचनागत क्षति भएको छ। एक ताल फुटेर आएको बाढीले सडक, पुल र घरहरू बगाएको...
जापानमा नयाँ चामल बिक्री सुरु, मूल्य १५ सय येनले बढ्यो
टोकियो/जापान। जापानको निगाता प्रिफेक्चरको ब्रान्ड चामल “उओनुमा कोशिहिकारी” को नयाँ चामल बिक्री सुरु भएको छ। यस वर्ष ५ किलो चामलको खुद्रा मूल्य ५ हजार ५ सय येन कायम गरिएको छ, जुन गत वर्षको तुलनामा १५ सय येन बढी हो। जापान कृषी सहकारीले सेप्टेम्बर २० तारिखदेखि उओनुमा सहर तथा आसपासका क्षेत्रमा नयाँ चामल बिक्री सुरु गरेको हो। २३ तारिखमा स्थानीय प्रत्यक्ष...
ओसाका एक्स्पोमा अवलोकनकर्ताहरुको भीड, २ करोड भन्दा बढि मानिसहरुले भ्रमण गरे
ओसाका/जापान। जापानको ओसाकामा भइरहेको विश्व प्रदर्शनी (ओसाका एक्स्पो २०२५) दिनप्रतिदिन झन् आकर्षक बन्दै गएको छ। आयोजकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बिहीबारसम्म एक्स्पोमा २ करोड ३७ हजारभन्दा बढी दर्शक पुगेका छन्। यो संख्या उद्घाटन भएको १५९ औँ दिनमै पुगेको हो, जुन आइची प्रिफेक्चरमा २००५ मा आयोजित पछिल्लो विश्व प्रदर्शनीको तुलनामा ओसाकामा थप आकर्ष देखिएको छ । दैनिक करिब २ लाखभन्दा बढी आगन्तुकले...
जापानको आईचीस्थित तोयोआके सहरले स्मार्टफोन प्रयोगसम्बन्धी नयाँ नियम लागू,अब दिनको २ घण्टामा सिमित
नागोया/जापान। सोमबार तोयोआके नगर सभाले पारित गरेको यस अध्यादेशअनुसार अबदेखि विद्यालय र कामबाहेक अन्य समयमा स्मार्टफोन, भिडियो गेम कन्सोल र डिजिटल उपकरणको प्रयोग दैनिक दुई घण्टासम्म सीमित राख्न सिफारिस गरिएको छ। तर, यो नियम उल्लङ्घन गर्दा कुनै कानुनी सजाय वा जरिवाना हुने छैन। यो अध्यादेश अक्टोबर १ देखि कार्यान्वयनमा आउनेछ। अत्यधिक प्रविधि प्रयोगका कारण निद्रा कमी, परिवारसँगको समय घट्ने जस्ता...
जापानको सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को अध्यक्ष चयन प्रकृया आजबाट आधिकारिकरुपमा सुरु
टोकियो/जापान। जापानको सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को सर्वोच्च नेता चयन आजदेखि आधिकारिक रूपमा सुरु भएको छ। एलडीपीको अध्यक्ष चुन्ने चुनावलागि आज (२२ तारिख) बिहान १० बजे उम्मेदवारी दर्ता खुला गरिएको हो। यसपटक ५ नेताहरूले उम्मेदवारी दिने बताईएको छ। कृषि तथा वन मन्त्रालयका मन्त्री शिन्जिरो कोइजुमी, पूर्व आर्थिक सुरक्षा मन्त्री कोबायाशी, पूर्व आर्थिक सुरक्षा मन्त्री ताकाइची, सरकारका प्रवक्ता तथा...
टोकियोमा पर्यटकहरु घुमाउने रोबट सेवा संचालनमा
टोकियो/जापान। टोकियोको व्यावसायिक क्षेत्र निहोनबासीमा पर्यटकहरूलाई अब मानिसले होइन,काँधमा अडिने रोबोटले घुमाउँदैछ। यो नयाँ पहल विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै बसेर काम गर्ने अवसर दिन सुरु गरिएको हो। जापानी रोबोट कम्पनी ओरिल्याब(OryLab)ले विकास गरेको ओरिहिमे(OriHime)नामक यो रोबोट सेतो रङको छ र हरियो आँखासहित करिब ४ किलो तौल हुन्छ। यसमा क्यामेरा, स्पिकर र माइक जडान गरिएको छ। यो रोबोटले हात झल्काउने,...
अक्टोबर ११ तारिख,मगर संघ जापानको २२ औँ महाधिवेशन हुने
टोकियो/जापान।नेपाल मगर संघ जापानको २२ औं केन्द्रीय महाधिवेशन आउदो अक्टोबर ११ तारिख शनिबारका दिन हुने भएको छ। संघले आफ्नो २१ औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै टोकियो स्थित ईकेबुकुरोमा रहेको तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा अधिवेशन गर्न लागेको बताईएको छ। सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ जापानले विभिन्न संघ संस्थाहरुसँग सहकार्य...
नेपाली युवाहरुको समूह “ब्लु ब्वाइज युनियन”द्वारा,ओसाकास्थित नेपाली मन्दिरको तेस्रो चरणको सफाई सम्पन्न
ओसाका/जापान। जापानको ओसाका स्थित चुरुमी रेउकुची पार्कमा अवस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको प्यागोडा शैलीको मन्दिरको तेस्रो चरणको सरसफाई कार्यक्रम सम्पन्न भएको छ। नेपाली युवाहरुको समूह “ब्लु ब्वाइज युनियन”का सदस्यहरुले सेप्टेम्बर २० तारिख शनिबारको दिन तेस्रो चरणको सरसफाई गरेका हुन् ।जसको नेतृत्व संस्थाका अध्यक्ष वासुदेव लामिछानेले गरेका थिए भने अन्य सदस्यहरुको पनि उपस्थित रहेको थियो।उक्त सरसफाई कामको लागि वडा...

