जापानमा सन २०२५ को पहिलो ६ महिनामा १२ लाख फिसिङ घटनाको रेकर्ड, ४ अर्ब २२ करोड येन बराबरको क्षति
टोकियो/जापान। जापानमा सन २०२५ को पहिलो छ महिनामा मात्रै १२ लाखभन्दा बढी फिसिङ सम्बन्धी घटनाहरू दर्ता भएका छन्। राष्ट्रिय प्रहरी एजेन्सीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको रेकर्डलाई पार गर्ने दिशामा रहेको छ। मन्त्रालयका अनुसार यस अवधिमा ११ लाख ९६ हजार ३ सय १४ वटा फिसिङ घटना रिपोर्ट भएका छन्। यसै दरमा वर्षभरि घटनाहरू बढेमा सन २०२४ मा...
जापानमा चामलको माग ७१ लाख टन पुग्ने प्रक्षेपण, उत्पादन बढ्ने मूल्य घट्ने अनुमान
टोकियो/जापान। सन् २०२६ को जुन महिनासम्म जापानमा चामलको माग करिब ७१ लाख १० हजार टन पुग्ने अनुमान गरिएको छ। जापानको कृषि मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको एक अनुमान अनुसार मागभन्दा करिब ४ लाख ८० हजार टन बढी उत्पादन हुने प्रक्षेपण गरिएको छ, जसले मूल्यमा रहेको दबाब कम गर्ने अपेक्षा गरिएको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार, चामलको उत्पादन करिब ७४...
जापानको सत्तारुढ दल एलडिपीको अध्यक्षमा ४ नेताहरुको चर्चा, यस्तो छ पब्लिक सर्वेक्षण
टोकियो/जापान। कृषि मन्त्री शिन्जिरो कोइजुमी (४४) सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को आगामी अध्यक्ष बन्न सबैभन्दा उपयुक्त रहेको एक जनमत सर्वेक्षणले देखाएको छ। यो परिणाम बिहीबार जिजि प्रेसले सार्वजनिक गरेको हो। पूर्व आर्थिक सुरक्षा मन्त्री साने ताकाइची (६४) दोस्रो स्थानमा रहेकी छिन्।सर्वेक्षणमा कोइजुमीलाई २३ दशमलव ८ प्रतिशत उत्तरदाताले समर्थन गरे भने ताकाइचीलाई २१ दशमलव ० प्रतिशतले समर्थन गरेका छन्। मुख्यमन्त्री...
जापानमा आजदेखि “सुमाहो होकेन्स्यो” सञ्चालन, प्रयोग गर्न मिल्ने सुविधा केहीमा मात्र सीमित
टोकियो/जापान। स्मार्टफोनलाई “सुमाहो होकेन्स्यो” (स्मार्टफोन इन्स्योरेन्स कार्ड)को रूपमा प्रयोग गर्न मिल्ने सेवा आज १९ तारिखदेखि जापानभरका अस्पतालहरूमा सुरु भएको छ। तर, प्रयोग गर्न सकिने सुविधा भने केहीमा मात्र सीमित छ, र स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले अस्पताल वा अन्य स्वास्थ्य संस्थामा जाने अघि अग्रिम रूपमा सोधपुछ गर्न आग्रह गरेको छ। मन्त्रालयले “सुमाहो होकेन्स्यो” को सुविधा स्मार्टफोनमा समावेश गर्ने काम अघि...
जापान एयरलाइन्सले पाइलट मदिरा सेवन प्रकरणपछि ३७ जना कार्यकारीको तलब कटौती गर्ने घोषणा
टोकियो/जापान। जापान एयरलाइन्स कम्पनीले बुधबार जनाए अनुसार, अन्तर्राष्ट्रिय उडानका लागि निर्धारित एक क्याप्टेनले ड्युटी अघि मदिरा सेवन गरेपछि भएको गम्भीर घटना पश्चात कम्पनीका अध्यक्ष लगायत सबै बोर्ड सदस्य र कार्यकारी अधिकारीसहित ३७ जनाको तलब कटौती गर्ने निर्णय गरिएको छ। यो कदम जापान एयरलाइंसले सुरक्षा सम्बन्धी सचेतनामा सुधार पर्याप्त नभएको स्वीकार गर्दै आन्तरिक सुधारका रुपमा चालेको हो। पछिल्ला केही समययता मदिरा सेवनसँग...
ओसाका वर्ल्ड एक्सपोमा बनाईएको विश्वकै ठूलो काठको संरचना,यस्तो छ गिनिज वर्ड रेकर्ड कायम कास्ठ संरचना
ओसाका/दापान। हाल सञ्चालन भईरहेको ओसाका वर्ल्ड एक्सपो २०२५ मा निर्माण गरिएको “ग्रान्ड रिङ”लाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ठूलो काठको वास्तु संरचनाको मान्यता दिएको छ। सन् २०२५ को मार्च ४ मा यो उपाधि प्रदान गरिएको हो। कुल ६१ हजार ३५ दशमलव ५५ वर्गमिटर क्षेत्रफल ओगट्ने रिङ आकारको यो छानाले सम्पूर्ण क्षेत्रमा छायाँ दिनुका साथै एक्सपोको मूल मन्त्र “Unity in Diversity”...
जापानमा १ सयवर्ष उमेर पार गरेका वृद्धवृद्धा करिब १ लाख पुगे,यस्तो छ जापानीहरुको दीर्घ जीवनको राज
टोकियो/ जापान। जापानमा १ सय वर्ष नाघेका वृद्ध–वृद्धाको संख्या निरन्तर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल १ सय वर्ष उमेर पार गरेका नागरिकहरूको संख्या ९९ हजार ७ सय ६३ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ४ हजार ६ सय ४४ ले बढी हो। तीमध्ये करिब ८८ प्रतिशत महिला रहेका छन्। यो तथ्यांकले जापानलाई विश्वकै दीर्घायु मुलुकको रूपमा पुनः प्रमाणित...
फुकुओकामा एक जना नेपाली विद्यार्थी पक्राऊ,मदिरा सेवन गरि साईकल चलाएको अभियोग
टोकियो/जापान। फुकुओकाको हिगाशी वडामा एक नेपाली विद्यार्थीलाई मदिरा सेवन गरी साइकल चलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, घटना सेप्टेम्बर १३ तारिख राति करिब ११ः३० बजे फुकुओका सहरको हिगाशी वडास्थित ५५० नम्बर सडकमा भएको हो। गस्तीमा रहेका प्रहरीले दुई जना सवार साइकल रोकेर जाँच गर्दा, चालकको सास परीक्षणमा कानूनी मापदण्डभन्दा ७ गुणा बढी मदिरा सेवन गरेको प्रमाणित भयो। त्यसपछि...
जापानमा चामलको मूल्य फेरि उच्च, पछिल्लो ३ महिनायताकै महंगो
टोकियो/जापान। जापानमा चामलको मूल्य फेरि बढ्दै गएको छ र लगातार १३ हप्ता उच्चतम स्तरमा पुगेको छ। कृषि मन्त्रालयका अनुसार, सेप्टेम्बर ७ सम्मको सात दिनमा करिब १ हजार सुपरमार्केटहरूमा ५ किलोग्राम चामलको औसत मूल्य ४ हजार येन नाघेको छ। यो यस वर्ष जुन महिनाको सुरुदेखि पहिलो पटक हो। गत हप्ता भन्दा मूल्य २ सय ६४ येनले बढेर ४ हजार १ सय ५५...
जापानमा सभा र र्याली गर्दा नेपाली समुदायले सचेत रहनुपर्ने कुराहरु
टोकियो/जापान। जापानमा बसोवास गर्ने नेपाली समुदायले विभिन्न समयमा ऐक्यवद्धता सभा, सांस्कृतिक कार्यक्रम वा विरोध प्रदर्शन आयोजना गर्ने गरेको पाइन्छ। तर, सार्वजनिक स्थलमा आयोजना हुने यस्ता गतिविधि बिना अनुमति गरिए कानुनी कारबाहीमा पर्नुपर्ने जोखिम हुन्छ। कानुन उल्लङ्घन भएमा जरिवाना वा कैद मात्र होइन, विदेशीको हकमा भिसा खारेज वा देश निकाला जस्ता गम्भीर परिणाम समेत आउन सक्छन्। सार्वजनिक स्थलमा होहल्ला गर्दा लाग्ने...

