गुल्मेली समाज जापान, कान्साईको प्रथम अधिवेशन सम्पन्न, पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
ओसाका/ जापान। यहि सेप्टेम्बर ८ तारिख गुल्मेली समाज जापान कान्साई क्षेत्रिय कार्यसमितिको प्रथम अधिवेशन ओसाकामा सम्पन्न भएको छ । गुल्मेली समाज जापानको अध्यक्ष महेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थापक अध्यक्ष बाबुराम भण्डारी ,निवर्तमान अध्यक्ष शालिकराम भण्डारी, गुल्मीका अग्रज व्यक्तित्व तथा ओसाकामा गुल्मेली समाज गठन गर्न महत्वपूर्ण भूमिका खेलेका समाजका अभिभावक तुल्सीराम खरेल,गुल्मेली समाज जापानका सल्लाहकार तथा एनआरएनए जापानको वरिष्ट उपाध्यक्ष...
जापानको अग्लो हिमाल माउन्ट फुजिको आरोहण सिजन समाप्त, सबै मार्ग अर्को गर्मीसम्म बन्द
शिजुओका/जापान। जापानको सबैभन्दा अग्लो शिखर माउन्ट फुजिको यो वर्षको आरोहण सिजन बुधबारदेखि आधिकारिकरूपमा समाप्त भएको छ। हिउँ तथा झरीलगायतका कारण दुर्घटना रोकथाम गर्न पर्वतका सबै चारवटा मार्गहरू अब करिब आगामी जुलाईसम्मका लागि बन्द गरिएका छन्। टोकियोको दक्षिणपश्चिममा अवस्थित यो ३,७७६ मिटर अग्लो हिमशिखरमा सिजन बाहेकको समयमा आरोहण नगर्न स्थानीय प्रहरीले चेतावनी दिएको छ। उनीहरूले हिउँ र चिसो मौसमका कारण बाटोहरू...
जापान पटक-पटक भ्रमण गर्न चाहने गन्तव्यमा मुलुकको सूचीमा पहिलो स्थानमा
टोकियो/जापान। प्रमुख विज्ञापन कम्पनी देन्सु इन्कले हालै गरेको सर्वेक्षणअनुसार, विश्वका विभिन्न देशहरूमा भ्रमण गरेका यात्रुहरूले पुनः भ्रमण गर्न चाहने गन्तव्यका रूपमा जापानलाई पहिलो स्थानमा छनोट गरेका छन्। यसमा जापानी परिकार तथा उच्च गुणस्तरीय उत्पादनहरूको आकर्षण प्रमुख कारण मानिएको छ। अनलाइन सर्वेक्षणमा सहभागी बीस देशका मानिसहरूमध्ये बहु–देश भ्रमण गरेका मध्ये ५२ दशमलब ७ प्रतिशतले जापान फर्केर जान चाहेको बताए। दोस्रो स्थानमा...
जोन एण्ड दि लोकल्सले जापानको ओसाका सहित मुख्य शहरहरुमा प्रस्तुति दिदैं
ओसाका, जापान । नेपाली युवाहरुमाझ चर्चित नेपाली सांगितिक ब्याण्ड जोन एण्ड दि लोकल्सले जापानको ओसाका सहित जापानका मुख्य शहरहरुमा सांगितिक पर्खि रहेछु, लाईभ कन्सर्ट मार्फत प्रस्तुति दिने भएको छ । सिरियस गु्रप र अनन्त नेपालले आयोजना गर्न लागेको कन्सर्टमा मुख्य साझेदारको रुपमा एफजे पे बाइ फरेक्स रहेको आयोजक सदस्य अनिस घिमिरेले बताए। जापानका टोकीयो, फुकुओका, ओसाका, गुन्माकेन ओकीनावा लगायतका विभिन्न...
जापानमा साईकल चलाउनेहरुको लागि उच्च जरिवाना सहितको कडा नियम तय,आउँदो अप्रिलदेखि कार्यन्वयन हुने निश्चित !
टोकियो/जापान। जापानमा‘मोबाइल हेर्दै’ साईकल चलाउनेलाई १२ हजार येन जरिवाना, छाता ओढेर वा इयरफोन लगाएर चलाउँदा समेत कारबाही टोकियो/जापान। जापान सरकारले साइकल प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आउँदो वर्षको अप्रिलबाट लागु हुने नयाँ कडा नियमको अन्तिम विवरण सार्वजनिक गरेको छ। सडक यातायात ऐन संशोधनअन्तर्गत २०२६ अप्रिल १ बाट साइकल चलाउँदा विभिन्न नियम उल्लङ्घन गरेमा प्रत्यक्ष जरिवाना तिर्नुपर्ने व्यवस्था लागु हुनेछ। प्रहरी एजन्सीले सार्वजनिक गरेको...
जापानको सबै प्रिफेक्चरमा न्यूनतम ज्याला निर्धारण सकियो, टोकियोमा प्रतिघण्टा ज्याला १,२२६ येन कायम
टोकियो/जापान। जापानको चालु आर्थिक वर्षको न्यूनतम ज्याला निर्धारण कार्य सकिएको छ। यस वर्ष बढेको ज्याला पश्चात सबै प्रिफेक्चरमा पहिलो पटक प्रतिघण्टा १००० येनभन्दा माथि पुगेको छ। यसपालि बढेको रकम औसत ६६ येन छ, जुन हालसम्मकै सबैभन्दा ठूलो वृद्धि हो। यो वृद्धिको पृष्ठभूमिमा वृद्धि, क्षेत्रीय असमानताको न्यूनिकरण र श्रमिक पलायनप्रति बढ्दो चिन्ता रहेका छन्। यसै कारण देशभरका ३९ प्रिफेक्चरले सरकारले...
१५ पटक पारालिम्पिकमा स्वर्ण पदक जितेकी पौडीबाज मायुमी नारिताको ५५ वर्षको उमेरमा निधन
टोकियो/जापान। पन्ध्र पटक पारालिम्पिक स्विमिङमा स्वर्ण जितेकी जापानी पौडीबाज मायुमी नरिता को ५५ वर्षको उमेरमा निधन भएको छ। उनलाई “क्विन अफ वाटर” उपनामले चिनिन्थ्यो। उनको निधन शुक्रबार इन्ट्राहेपाटिक बाइल डक्ट क्यान्सरका कारण भएको हो। कानागावा प्रिफेक्चरकी मूल निवासी नरिता ह्वीलचेयरमा जीवन बिताइरहेकी थिइन्। उनी जूनियर हाईस्कुलदेखि नै शरीरको तल्लो भाग पक्षघात भएपछि ह्वीलचेयरमा निर्भर थिइन्। त्यसपछि उनले २३ वर्षको उमेरमा...
जापानमा चामलको मूल्य वृद्धि सूचकाङ्क अहिलेसम्मकै उच्च, नयाँ चामल महँगिने अनुमान
टोकियो/जापान। जापानमा चामलको मूल्यबारे गरिएको पछिल्लो सर्वेक्षणले आगामी ३ महिनामा मूल्य अझै बढ्ने स्पष्ट संकेत देखाएको छ। अगस्ट महिनाको मूल्य पूर्वानुमान सूचकाङ्क सर्वेक्षण सुरु भएयता सबैभन्दा ठूलो वृद्धि भएको हो। कृषकलाई कृषि सहकारी संस्थाले अग्रिम रूपमा दिने “अनुमानित भुक्तानी” बढाउने कदम एकपछि अर्को अघि बढिरहेको छ। यसले नयाँ चामलको मूल्य बढ्ने धारणा अझ बलियो बनाएको देखिन्छ। “चामल स्थिर आपूर्ति सुनिश्चित सहायता...
जापानमा विशेष ठगीका घटनाहरुमा ऐतिहासिक उच्च, यस वर्षको ७ महिनामा ७१ अर्बभन्दाबढि रमक ठगी
टोकियो/जापान। सन २०२५ जनवरीदेखि जुलाईसम्म जापानमा विशेष ठगी प्रकरणमार्फत भएको आर्थिक क्षति कुल ७२ अर्ब २१ करोड येन पुगेको छ। यो रकम सन २०२४ को पूरै वर्षभरि भएको ७१ अर्ब ८८ करोड येनभन्दा बढी हो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक क्षति थियो। यो तथ्यांक जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सोमबार सार्वजनिक गरेको हो। ७ महिनामा भएको क्षतिमा दुई-तिहाइ भन्दा बढी हिस्सा...
जापानमा मोबाइल फोन शुल्क वृद्धि सुरु,तपाईको मोबाईलको बिल ठिक छ नी ?
टोकियो/जापान। जापानका प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीहरूले बढ्दो लागतका कारण आधारभूत शुल्कमा वृद्धि गर्न थालेका छन्। विद्युत् खर्च र आधारभूत संरचना व्यवस्थापन महँगो भएपछि, कम्पनीहरूले नयाँ सेवा थप्दै शुल्क बढाउने रणनीति लिएका हुन्। केडीडीआईले गत महिना एयू (au) का मुख्य प्लानमा भूउपग्रहमार्फत डेटा संचार सुविधा थपेर मासिक २२० येनदेखि ३३० येनसम्म शुल्क बढाएको छ। यस्तै, नोभेम्बरदेखि यूक्यु मोबाइल (UQ mobile)...

