जापानमा घर/कोठा भाडा लिने समय सोध्नुहोला है,कतै जिको बुक्केन त होईन ? (विस्तृत जानकारी)

टोकियो/जापान॥ जापानमा “जिको बुक्केन” (事故物件) भन्ने शब्द प्रायः घर–जग्गा कारोबारसँग जोडिन्छ। यसको अर्थ विशेष घटना घटेका वा अप्रीतिकर इतिहास बोकेको आवासीय सम्पत्ति भन्ने हुन्छ। यस्ता घर वा अपार्टमेन्टहरू सामान्यतया हत्या, आत्महत्या, आगलागी वा दुर्घटनाका कारण कसैको मृत्यु भएको स्थानलाई जनाउन प्रयोग गरिन्छ। जापानको समाजमा मृत्युसँग सम्बन्धित घरलाई धेरैले अशुभ मान्ने भएकाले “जिको बुक्केन” को माग कम हुन्छ। यसको कारणले गर्दा...

जापानको अनौठो एशिमा ओहाशी पुल,जो झट्ट हेर्दा रोलर कोस्टर जस्तै देखिन्छ

टोकियो/जापान जापानको पश्चिमी भागमा अवस्थित एशिमा ओहाशी पुल (Eshima Ohashi Bridge) संसारकै अनौठा पुलहरूमध्ये एक मानिन्छ। यो पुलले सिमाने प्रिफेक्चर र तोत्तोरी प्रिफेक्चरलाई जोड्छ, र आफ्नो अनौठो डिजाइनका कारण धेरै चर्चा पाईरहेको छ। एशिमा ओहाशी पुललाई प्रायः “रोलर कोस्टर ब्रिज” भनेर चिनिन्छ, किनभने यो पुलको उकालो र ओरालो भाग निकै ठाडो देखिन्छ। फोटो वा भिडियोमा हेर्दा गाडीहरू मानौँ ठाडै उकालो...

तपाईलाई थाह छ ? आज सेप्टेम्बर १ तारिख जापानमा बोउसाईनो हि(防災の日- विपद् व्यवस्थापन दिवस) हो नि !

टोकियो/जापान। आज सेप्टेम्बर १ तारिख, जापानमा “बोउसाई नो हि” (防災の日) अर्थात् “विपद् व्यवस्थापन दिवस” का रुपमा मनाइन्छ। यो दिवस सन् १९२३ को सेप्टेम्बर १ मा आएको विनाशकारी कान्तो भूकम्पको स्मृतिमा सुरुवात गरिएको हो। यस दिनलाई प्राकृतिक विपदहरु जस्तै- भूकम्प, सुनामी, आँधीबेहरी वा बाढी जस्ता घटनाप्रति सतर्क रहन र आपतकालीन तयारीलाई मजबुत बनाउन समर्पित गरिएको छ। यस अवसरमा जापानका विभिन्न क्षेत्रमा...

तपाई जापानमा हुनुहुन्छ ? समय मिलाएर एक पटक माउन्ट ओमुरो चाहीँ पुग्नु होला है ! (विस्तृत जानकारी)

टोकियो/जापान। जापानको सुन्दरतम मध्ये एक अद्वितीय स्थल मानिने “माउन्ट ओमुरो” शिजुओका प्रिफेक्चरको इजु टापुमा अवस्थित छ। यो हिमाल जस्तै उचाइको पहाड नभए पनि आफ्नो विशेष भौगोलिक स्वरूप र आकर्षक दृश्यका कारण पर्यटकहरूको मन जित्दै आएको छ। माउन्ट ओमुरो करिब ७ सय मिटर व्यास भएको परिपूर्ण गोलाकार आकारको ज्वालामुखी हो। यसको उचाइ करिब ४ सय ८ मीटर छ, तर शिखर भागमा...

१० हजार येन चोरीको अभियोगमा जापानको हिरोशिमा एक प्रहरी अधिकृत पक्राउ

हिरोशिमा/जापान। हिरोशिमा प्रिफेक्चर प्रहरी विभागले एक प्रहरी अधिकृतलाई महिलाको नगद १० हजार येन चोरेको आरोपमा पक्राउ गरेको छ। पक्राउ परेका ३१ वर्षका प्रहरी सर्जेन्ट शिन्या मासुमोतोलाई ७८ वर्षीया महिलाको पर्सबाट पैसा चोरी गरेको आरोप लागेको हो। ती महिला आफ्नो चालक अनुमति पत्र नवीकरण गर्नका लागि ताकेहारा सहरस्थित प्रहरी कार्यालय पुगेकी थिइन्। प्रहरीका अनुसार घटना गत जुन २३ तारिख बिहान करिब...

राधिका दासी टोकियो आउँदै, सेप्टेम्बर ७ र ९ तारिख टोकियोमा धार्मिक तथा आध्यात्मिक प्रवचन कार्यक्रम

टोकियो /जापान। प्रख्यात तथा प्रखर कथावाचीका राधिका दासी यही साता जापान आउने भएकी छन्। जापान नेपाल फुटबल एसोसिएसन (एन्फा)जापानले आयोजना गर्न लागेको धार्मिक तथा आध्यात्मिक प्रवचनमा भाग लिन उनी जापान आउने भएकी हुन्। उनले आगामी सेप्टेम्बर ७ गते आइतबार जापानको टोकियो नजिकै रहेको रारा नेपाली खाजा घर हाइजिमामा साँझ ५ बजेदेखि १० बजेसम्म प्रवचन दिनेछिन् भने सेप्टेम्बर ९ तारिख...

आपतकालीन गर्भनिरोधक औषधि अब जापानमा पनि चिकित्सकको प्रेस्क्रिप्सन बिना नै उपलब्ध हुने

टोकियो/जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञ समिति बैठकले अगाडि बढाएको नयाँ नीतिअनुसार, अब “आपतकालीन गर्भनिरोधक औषधि” (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि पसल वा ड्रगस्टोरमा खरिद गर्न सकिने भएको छ। बैठकले दिएको अनुमतिअनुसार, औषधि खरिद गर्दा अनिवार्य रूपमा फार्मासिस्टसँग प्रत्यक्ष भेटेर व्याख्या सुन्नुपर्ने र त्यसपछि फार्मासिस्टकै उपस्थितिमा त्यहीँ सेवन गर्नुपर्ने नियम लागू हुनेछ। यो औषधि सम्भोगपछि ७२ घण्टा...

जापानमा सेप्टेम्बर महिनामा पनि थप महंगी बढ्ने,१ हजार ४ सय २२ खाद्य पदार्थको मूल्य बढ्ने

टोकियो/जापान। निजी क्रेडिट अनुसन्धान संस्था “तेइकोकु डाटा बैंक” को अध्ययन अनुसार, कच्चा पदार्थको मूल्यवृद्धि लगायतका कारणले आगामी सेप्टेम्बर महिनामा मूल्य बढ्ने खाद्य पदार्थको संख्या १ हजार ४ सय २२ पुग्ने भएको छ। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ०.६ प्रतिशत बढी हो। यस्तै, खाद्य उत्पादन कम्पनीहरूले यस वर्षको नोभेम्बरसम्ममा मूल्यवृद्धि गर्ने भनेर घोषणा गरिसकेको खाद्य वस्तुहरूको संख्या जम्मा गर्दा...

अब जापानको शौचालयमा पनि क्युआर(QR)कोड, यस्तो छ उपयोगिता

टोकियो/जापान। जापानी शौचालय निर्माता कम्पनी टोटो (Toto) ले नयाँ सेवा सुरु गरेको छ, जसले सार्वजनिक स्थानमा आकस्मिक रूपमा शौचालय खोज्नुपर्ने अवस्थामा मोबाइलमार्फत नजिकको शौचालयको स्थान मात्र होइन, त्यहाँको भीडभाडको अवस्थाबारे पनि रियल–टाइममा जानकारी उपलब्ध गराउने सुविधा दिन्छ। जापानमा, अन्य मुलुकहरूजस्तै, भीडभाडयुक्त रेल स्टेशन वा सार्वजनिक स्थलहरूमा विशेषगरी महिलाहरूको लागि लामो लाइन व्यवस्थापन गर्न कठिन हुने समस्या रहँदै आएको छ। यो महिना...