कुमामोतो नेपाली समाज र आसो फुटबल क्लबद्वारा तीज विशेष कार्यक्रम सम्पन्न, तीज गित नृत्य प्रतियोगितामा नगरकोटी विजयी
कुमामोतो/जापान। हरितालिका तीज पर्व २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम अन्तर्गत, कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी पहिलो भएकी छिन् । त्यस्तै, संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो स्थानमा, र आशा बलाल तेस्रो स्थानमा रहन सफल भए । विजेता सहभागीहरूलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कार, होक्काइडो...
ब्लु ब्वाइज युनियन ओसाका जापानको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न
ओसाका/जापान। ब्लु ब्वाइज युनियन ओसाका जापानले यहि अगस्ट २४ तारिख आईतबारका दिन विविध कार्यक्रम सहित आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ। उक्त वार्षिकोत्सव कार्यक्रममा प्रमुख अथितिको रुपमा कान्साईका पुर्व संयोजक तथा समाजसेवी नरेन्द्र बस्नेत दिनेश, विशिष्ट अतिथिमा एनआरएनए जापान कान्साईका उपसंयोजक शंकर भुसाल लगाएत अन्य विभिन्न सामाजिक संघसंस्थाका व्यक्तिहरुको पनि उपस्थित रहेको थियो। कार्यक्रममामा विभिन्न किसिमका नृत्य प्रस्तुति , आर्थिक...
टोकियोमा एसी खरिद गर्दा ८० हजार येनसम्मको सहायता दिइने, क- कसले पाउँछन् त ?
टोकियो/जापान। लगातार बढ्दो गर्मी र हीटस्ट्रोकको जोखिमलाई ध्यानमा राख्दै टोकियो महानगर सरकारले ऊर्जा बचत गर्ने क्षमतायुक्त एअर कन्डिसन (एसी) खरिदमा दिइने सहायता रकम बढाउने घोषणा गरेको छ। गभर्नर युरिको कोइकेले अगष्ट २२ तारिख पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै, अब ६५ वर्षभन्दा माथिका नागरिक र अशक्तता भएका व्यक्तिले नयाँ वा पुरानो बदल्ने दुबै अवस्थामा ऊर्जा बचत गर्ने एसी खरिद गर्दा अधिकतम ८०...
टोकियोको सिवा पार्कमा आयोजना हुने २ दुई दिने तिज फेस्टिवलको तयारी पुरा
टोकियो/जापान । जापानको राजधानी टोकियोको सिबा पार्कमा यहि अगष्ट २३ र २४ तारिख आयोजना हुने तीज फेस्टिवलको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन, विहीबार टोकियोमा आयोजना गरिएको पत्रकार भेटघाटमा मेलाकी संयोजक कामना भण्डारीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएकी हुन् । डेस्टिनी क्रियासनको आयोजनमा हुने तिज फेस्टिवलमा मौलिक तिज गित प्रतियोगिता सहित फुड स्टल सहित नेपाल...
जापानभर ३४ स्थानका पानी प्रशोधन केन्द्रहरुको फोहोर परिक्षणमा हानिकारक रसायन फेला पर्यो
जापान। क्योटो विश्वविद्यालयको अनुसन्धान टोलीले गरेको अध्ययनअनुसार, जापानभरका ३४ वटा पानी प्रशोधन केन्द्रको फोहोरहरुमा स्वास्थ्यका लागि सम्भावित हानिकारक पीएफएएस (PFAS) रसायनहरू फेला परेका छन्। अध्ययनमा विश्वव्यापी रूपमा नियमन गरिएको पीएफओएस (PFOS) लगभग सबै नमुनामा भेटिएको देखाइएको छ। यसले यी रसायन जापानभर फैलिसकेको पुष्टि गरेको अनुसन्धान टोलीले जनाएको छ। जापान सरकारले ति प्रशोधित फोहोरहरुलाई मलको रूपमा प्रयोग गर्ने नीति अघि बढाइरहेको...
ताईफु १२ ले जापानको खागोसिमा लगायतका क्षेत्र प्रभावित, निरन्तर भारी वर्षा, बाढी,पहिरो तथा डुबानको उच्च जोखिम
टोकियो/जापान। जापानको दक्षिणी क्युसु क्षेत्र पार गरेर गएको ताईफु नम्बर १२ को प्रभावले खागोसिमा प्रिफेक्चरमा ठूलो पानी परेको छ जसका कारण डुबान र पहिरोका घटनाहरू भइरहेका छन्। अहिले पनि विकसित वर्षा बादलले प्रिफेक्चरलाई ढाकिरहेको र अत्यन्तै तेज वर्षा भइरहेको छ। ताईफुको गति ढिलो भएकाले कुल वर्षा अझै बढ्ने सम्भावना छ, जसले गर्दा पहिरोको जोखिम अत्यधिक बनेको छ। जापान मौसम विज्ञान...
जापानको आइची प्रिफेक्चरको तोयोआके नगरले काम र विद्यालयबाहेक दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोन प्रयोग नगर्न सिफारिस गर्ने अध्यादेश बनाउँदै
नागोया/जापान। जापानको मध्य भागमा पर्ने आइची प्रिफेक्चरको तोयोआके सहरले स्मार्टफोनको अत्यधिक प्रयोगले स्वास्थ्य र समाजमा नकारात्मक असर पार्ने चिन्ताका कारण, काम र विद्यालय बाहेक दिनमा अधिकतम दुई घण्टामात्र प्रयोग गर्न सिफारिस गर्ने अध्यादेश को मस्यौदा तयार गरेको छ। यो अध्यादेश पारित भएमा स्मार्टफोन प्रयोगमा यस प्रकारको सिफारिस गर्ने जापानकै पहिलो स्थानीय नियम बन्ने सम्भावना रहेको बताइएको छ। स्थानीय सभामा स्वीकृत...
नीलुवा समाज जापानको तीजको दरखाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
टोकियो/जापान। नीलुवा समाज जापानको तीजको दरखाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम यहि अगस्ट १८ तारिख टोकियोमा सम्पन्न भएको छ । बागलुङ जिल्ला गलकोट को” सुन्दर निलुवा हाम्रो सान पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मुल नाराका साथ सन २०१५ मा स्थापना भएको निलुवा समाज जापानको तीजको दर खाने तथा शुभकामना आदान-प्रदान कार्यक्रम २०२५-८-१८ अर्थात् हिजो सोमबार टोकीयो कोइबा स्थित नेपाली भान्स...
मिनिस्टपले स्टोरभित्र पकाईएका परिकारहरुमा गलत उपभोग्य मिति राखेको खुलासा भएपछि केहि परिकार बिक्री बन्द
टोकियो/जापान। कन्विनिएंस स्टोर चेन मिनिस्टपले देशभरका केही पसलहरुमा स्टोर भित्रै पकाइएका ओनिगिरी, बेन्तो लगायतका परिकारमा वास्तविकभन्दा लामो उपभोग्य म्याद देखाएर गलत लेबलिङ गरिएको पत्ता लागेको भन्दै ती सामानको बिक्री तत्काल रोकिएको घोषणा गरेको छ। कम्पनीका अनुसार, गलत लेबलिङ गरिएको सामानमा स्टोरभित्र पकाइने ओनिगिरी तथा बेन्तो लगायतका परिकार परेका छन्। त्यस्ता सामानलाई पहिलोपटक राखिएको उपभोग्य म्याद सकिएपछि पुनः म्याद थपिएको नयाँ...
टोकियोमा श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न
टोकियो/जापान। बागलुङ समाज जापान र धौलागिरी भजन समूह जापानको संयुक्त आयोजनामा यस वर्षको श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। टोकियोमा भएको कार्यक्रमलाई प्रेरणादायी बनाउनमा आध्यात्मिक तथा प्रेरक वक्ता कोष भारद्वाजको प्रवचन, हरी रिजाल,केशव कँडेल र दिपक गुरागाईंको वैदिक विधिअनुसारको पूजा,संगीतमय भजन किर्तन साथमा कृष्ण लीला सहितका प्रस्तुतिहरु कार्यक्रमका विशेष आकर्षक बनेका थिए। जापानमा क्रियाशील...

