जापानले विशेष भिसामा आएका विदेशी कामदारु माथि भइरहेको दुर्व्यवहार रोक्न कदम चाल्ने
टोकियो/जापान। जापानको अध्यागमन विभागले विशेष प्रकारका भिसा लिएर अस्थायी स्टाफिङ एजेन्सीमार्फत काम गर्ने विदेशी कामदारहरूमाथि भइरहेको सम्भावित दुर्व्यवहार रोक्न कदम चाल्ने तयारी गरेको छ। जापानी संचार माध्यमहरुका अनुसार, कतिपय विदेशी कामदारहरूलाई उनीहरूको विशेषज्ञता विपरीत सामान्य श्रममा लगाइएको तथ्य पत्ता लागेपछि विभागले यस्तो कदम चाल्न लागेको हो। इन्जिनियर, मानविकी विशेषज्ञ तथा अन्तर्राष्ट्रिय सेवामा संलग्न व्यक्तिलाई दिइने यो भिसाले जापानमा लामो समयसम्म काम...
क्योतोमा ‘गोझान ओकुरिबी’ परम्परागत पर्व सम्पन्न
क्योतो/जापान। जापानको प्राचीन सहर क्योतोमा हरेक वर्ष ओबोन पर्वको अवसरमा मनाइने परम्परागत विधि ‘गोझान ओकुरिबी’ (五山送り火) यस वर्ष पनि अगस्ट १६ तारिखमा सम्पन्न भएको छ। यस परम्पराअन्तर्गत ओबोनमा घर फर्काइएका पुर्खाका आत्मालाई विदा गर्ने उद्देश्यले क्योतो उपत्यकालाई घेरेका पाँचवटा पहाडमा ठूलो अक्षर वा आकृति प्रज्वलित गरिन्छ। यस वर्ष पनि साँझ करिब ८ बजेदेखि उक्त परम्परागत कार्य सुरु गरियो। पहिलो पल्ट प्रज्वलनसँगै...
ओसाकामा ‘ब्लु ब्वाइज युनियन’को प्रथम वार्षिकोत्सव तथा तीज विशेष कार्यक्रम
ओसाका/जापान । ओसाकास्थित “ब्लु ब्वाइज युनियन”ले यही मिति २०२५ अगस्ट २४ तारिख आईतबार विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षिकोत्सव समारोह आयोजना गर्ने भएको छ। संस्थाले वार्षिकोत्सवको अवसर पारेर नेपाली महिलाको महान पर्व हरितालिका तीज समेत विशेष रूपमा मनाउने तयारी गरेको छ। संस्थाका सचिव प्रदीप खड्काका अनुसार, वार्षिकोत्सव कार्यक्रममा तीज विशेष सांस्कृतिक प्रस्तुति, संस्थामा आर्थिक रूपमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान,...
जापानका माध्यमिक विद्यालयका १.८ प्रतिशत विद्यार्थीहरुले ओटीसी औषधि दुरुपयोग
टोकियो/जापान। जापानमा माध्यमिक विद्यालयका करिब १.८ प्रतिशत (अर्थात् हरेक ५५ विद्यार्थीमध्ये एक जना) ले गत वर्षको अवधिमा नशा गर्ने वा मानसिक अवस्था परिवर्तन गर्ने उद्देश्यले ओटीसी (Over-the-counter) अर्थात् चिकित्सकको प्रेस्क्रिप्शनबिनै किन्न सकिने औषधिको दुरुपयोग गरेको एक सरकारी सर्वेक्षणमा देखिएको छ। यो तथ्यांक पहिलो पटक सार्वजनिक गरिएको हो। स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीले गत वर्ष सेप्टेम्बरदेखि डिसेम्बरसम्म गरेको सर्वेक्षणमा ३८ हजार विद्यार्थीको...
जापानमा एक सातामा ७ हजार ५ सयभन्दा बढी मानिस ‘हिट स्ट्रोक’ का कारण अस्पताल भर्ना,९ जनाको मृत्यु
टोकियो/जापान। जापानमा लगातारको गर्मीका कारण एक सातामा ७ हजार ५ सयभन्दा बढी मानिसलाई ‘हिट स्ट्रोक’ (熱中症) का कारण अस्पताल पुर्याइएको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार अगष्ट ४ देखि १० तारिखसम्मको अवधिमा ७ हजार ५ सय ७८ जना बिरामी उपचारका लागि अस्पताल पुर्याइएका थिए, जुन अघिल्लो साताको तुलनामा करिब १ हजार ९...
अगस्ट २२ मा क्योतोमा दोस्रो तीज फेस्टिवल आयोजना गरिँदै
क्योतो/जापान। क्योतो नेपाली कम्युनिटीको आयोजनामा दोस्रो क्योतो तीज फेस्टिवल यही अगस्ट २२ तारिख शुक्रबार, क्योतो एजुकेशनल एन्ड कल्चरल सेन्टर हलमा भव्य रूपमा आयोजना हुने भएको छ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायिका ज्योति मगर र गायक खुमन अधिकारी विशेष प्रस्तुति दिने छन्। साथै, जापानमा रहेका चर्चित कलाकारहरू काजल गुरुङ, कुलविर थापा, केशब शर्मा लगायत क्योतोका स्थानीय कलाकारहरूले पनि सांगीतिक धमाकेदार प्रस्तुति राख्नेछन्...
जापानले विदेशी नागरिकको तिर्न बाँकी आवासीय करबारे सर्वेक्षण सुरु गर्यो
टोकियो/जापान। जापानको आन्तरिक मामिला मन्त्रालयले सन् २०२४ मा जापान छोडेका विदेशी कामदारहरूले तिर्न बाँकी राखेको व्यक्तिगत आवासीय करको अवस्थाबारे सबै नगरपालिका कार्यालयहरूमा सर्वेक्षण सुरु गरेको छ। यो कर अघिल्लो वर्षको आयका आधारमा हरेक आर्थिक वर्षमा असुल गरिन्छ। हालै सम्पन्न संसदीय अधिवेशनमा केही विदेशी कामदारहरूले आफ्नो बसाइ अवधि पूरा गरी जापान छोड्दा बाँकी कर नतिरी जाने समस्या उठाइएको थियो। मन्त्रालयले अगस्ट...
धादिङ समाज जापानको “तीज धमाका २०२५”को तयारी अन्तिम चरण, २३ तारिख साँझ नाकानो जेरो हलमा निःशुल्क प्रवेश
टोकियो/जापान। धादिङ समाज जापानले आपतकालिन् राहतकोष सहयोगार्थ आयोजना गर्न लागेको “तीज धमाका २०२५”कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। अगस्ट २३ तारिख साँझ ५ बजेपछि टोकियोको नाकानो जेरो हलमा हुने कार्यक्रममा लोकप्रिय कलाकारहरू पशुपति शर्मा, पूर्णकला बिसी, राजकुमार बानियाँ, श्याम सितल र नारायणी खत्रीले प्रस्तुतिहरू दिनेछन्। धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठका अनुसार, परदेशमा बस्दा पनि घरदेशको संस्कृतिलाई जोगाउँदै दिदीबहिनीहरूलाई वर्षको...
कन्विनिएंस स्टोरमा काम गरेको भेटिएपछि जापानमा एक शिक्षकको जागिर नै गयो, शिक्षा बोर्डले विद्यार्थीहरूसँग माफी माग्यो
ओकायामा/जापान। विद्यालयबाहिर पार्टटाइम काम गरेको भन्दै जापानको ओकायामा प्रिफेक्चरमा कार्यरत एक माध्यमिक विद्यालयका ६० वर्ष उमेर समूहका शिक्षकले आफ्नो जागिर गुमाएका छन्। यो घटना जुलाई ४ तारिख सार्वजनिक भएको हो । जब कसैले ओकायामा सिटी बोर्ड अफ एजुकेशनलाई जानकारी गरायो कि ती शिक्षक छिमेकी कुराशिकी शहरको कन्भिनिएन्स स्टोरमा काम गरिरहेका थिए।भोलिपल्ट, विद्यालयका प्रिन्सिपल स्वयं स्टोरमा पुगेर ती शिक्षकलाई काम गरिरहेको...
हिरोशिमा परमाणु बम आक्रमणको ८० वर्ष पुग्यो,विश्वका १२० मुलुकका ५५ हजार मानिसहरुको उपस्थितिमा बुधबार स्मृति दिवस सम्पन्न
हिरोशिमा /जापान। जापानको हिरोशिमा शहरले सन् १९४५ मा भएको परमाणु बम आक्रमणको ८०औँ वार्षिक शोक कार्यक्रम बुधबार एक विशेष समारोहमार्फत शान्ति स्मृति पार्कमा मनाएको छ। कार्यक्रममा करिब ५५ हजार मानिसहरू सहभागी भए, जसमा कीर्तिमानी रूपमा १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू थिए। कार्यक्रममा बाँचेका परमाणु बम पीडितहरू (हिबाकुसा), दिवंगतहरूको परिवार, र जापानका प्रधानमन्त्री सिगेरु इसिबा सहभागी थिए। समारोह हिरोशिमाको नाका वार्डस्थित...

