गल्कोट समाज जापान कान्तोले अगस्ट २५ तारिख “तीज धमका २०२५”आयोजना गर्ने
टोकियो/ जापान। गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा “तिज धमाका २०२५” आयोजना गर्ने भएको छ। गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा सांस्कृतिक एकता, शिक्षामा प्रतिवद्धता नामक पवित्र उदेश्य लिएर तिज धमाका २०२५” आयोजना गर्ने भएको हो। वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’...
जापानमा ज्यानै लिने गर्मी:एक सातामा ९,५०० भन्दा बढी बिरामी, १८ जनाको मृत्यु
टोकियो/जापान। जापानको गर्मीले केवल दैनिकी असहज मात्रै बनाइरहेको छैन । निरन्तर बढिरहेको उच्चतापक्रमले ज्यानै लिने खतरनाक स्थितिमा पुगेको छ। पछिल्लो एक सातामै ९ हजार ५ सयभन्दा बढी व्यक्तहरु हिटस्ट्रोक(लु) का कारण अस्पताल भर्ना भए । यो तथ्यांकले जापानभर कायम गर्मी गम्भीर अवस्थामा पुगेको संकेत गरेकोछ। देशका विभिन्न अस्पताल र आपतकालीन सेवाहरू यतिबेला हिटस्ट्रोकका बिरामीहरूको उपचारमा अत्यधिक चापमा छन्। अग्निनियन्त्रण विभागका...
अर्घाखाँचीका इन्द्र बहादुर सार्कीको जीवन रक्षाका लागि सहयोगको अपिल
टोकियो/जापान । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६, राटटाडी निवासी ५७ वर्षीय इन्द्र बहादुर सार्की जीवन र मरणको दोसाँधमा हुनुहुन्छ । विगत ४ वर्षदेखि मुटु, मृगौला र कलेजोसम्बन्धी समस्याबाट पीडित उहाँको हाल दुवै मृगौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गर्नुपर्ने अवस्था आएको छ । लामो समय भारतमा बस्दै सामाजिक सेवामा समर्पित रहनुभएका सार्की हाल रोगको चपेटामा परेपछि नेपाल र भारतका विभिन्न अस्पतालमा...
जापानमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा ६३ येनले बढ्ने, अक्टोबरदेखि जापानका सबै प्रिफेक्चरमा न्युनतम ज्याला १,००० येन नाघ्ने
टोकियो/जापान। जापान सरकार श्रम मन्त्रालयको परामर्श समितिले चालु आर्थिक वर्षको लागि न्यूनतम पारिश्रमिक प्रतिघण्टा ६३ येनले बढाउने सिफारिस गरेको छ। यो वृद्धि अहिलेसम्मकै सबैभन्दा ठूलो हो। प्रस्तावित वृद्धिअनुसार देशभरको औसत न्यूनतम ज्याला १ ११८ येन पुग्नेछ, जसले गर्दा सबै ४७ प्रिफेक्चरको न्यूनतम ज्याला पहिलोपटक १,००० येन नाघ्नेछ। परामर्श समितिको निर्णय अनुसार टोकियो, ओसाका, आइचीलगायत ए श्रेणीका ६ प्रिफेक्चर, होक्काइदो, ह्योगो, फुकुओकालगायतका...
आज जापानको कान्तो क्षेत्रको भीत्रि भू-भागमा तापक्रम ४१ डिग्री नाघ्ने सम्भावना, अहिलेसम्मकै उच्च गर्मीको चेतावनी
टोकियो/जापान। जापानका विभिन्न क्षेत्रहरूमा लगातार उच्च गर्मी कायम रहँदै आएको छ। जापान मौसम विज्ञान विभागका अनुसार आज मंगलबार ५ अगस्ट पनि कान्तोकिन्की क्षेत्रका धेरै भागमा अत्यन्तै खतरनाक गर्मी हुने देखिएको छ। विशेषगरी कान्तोको भीत्रि भू-भागमा तापक्रम ४१ डिग्री सेल्सियस नाघ्ने सम्भावना रहेको भन्दै “अहिलेसम्मकै अनुभव नगरेको गर्मी” को चेतावनी दिइएको छ। हिजो अगस्ट ४ इसिकावा प्रिफेक्चरमा ४०.३ डिग्री तापक्रम मापन...
जापानमा यात्राका क्रममा ट्रेनमा मानिसहरूबाट हुने सबैभन्दा झर्को लाग्दो व्यवहार
टोकियो/जापान। जापान संसारकै एकदमै शिष्ट र अनुशासित देशको रूपमा चिनिन्छ। यहाँ सार्वजनिक स्थानमा हुने व्यवहार र बानीहरू निकै महत्वपूर्ण मानिन्छन्, विशेषतः ट्रेन जस्तो व्यस्त सार्वजनिक यातायातहरुमा अझ विशेषरुपमा हेरिन्छ । तथापि, जापानमा बिहानको अफिस समयमा हुने यात्रा निकै तनावपूर्ण हुने गर्छ। टोकियोजस्ता शहरमा विश्वकै सबैभन्दा व्यस्त रेलवे स्टेसनहरू छन्, जहाँ दिनहुँ लाखौँ मानिसहरू चढ्ने-ओर्लने गर्छन्। यस्तो भीडमा अनुशासनको पालना गर्नु...
जापानमा नक्कली प्रहरी बनेर ठगी गर्ने घटनामा तीव्र वृद्धि ,६ महिनामै ३८ अर्ब रुपैयाँभन्दा बढीको ठगी
टोकियो/जापान। जापानमा आफुलाई प्रहरी अधिकारीको रूपमा चिनाउँदै ठगी गर्ने घटनाहरू तीव्र रूपमा बढिरहेका छन्। अपराधीहरूले अनुसन्धानको बहानामा लक्षित व्यक्तिहरूलाई झुक्याएर ठूलो परिमाणमा रकम ठगी गरेका छन् भन्ने तथ्यांक राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको छ। सन् २०२५ को जनवरीदेखि जुन महिनासम्ममात्रै यस्ता नक्कली प्रहरीसम्बन्धी ठगीबाट ३८ अर्ब ९३ करोड येन बराबरको रकम ठगी भएको देखाइएको छ। राष्ट्रीय प्रहरी एजेन्सीले देशभरका प्रहरी...
जापानमा जुन महिनामा पनि रोजगारीको अवसर घट्यो
टोकियो/जापान। जापानमा रोजगारीको अवसर जुन महिनामा लगातार दोस्रो पटक घटेको छ। श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, जुन महिनामा रोजगारी अनुपात ०.०२ अंकले घट्दै १.२२ मा झरेको छ। यसको अर्थ १०० जना रोजगारी खोज्ने व्यक्तिका लागि १२२ वटा मात्र जागिरका अवसर उपलब्ध थिए। कम्पनीहरूमा लागत वृद्धि तथा आर्थिक अनिश्चितताको प्रभावले नयाँ कर्मचारी भर्ना गर्न खासै...
जापानको फुकुओकामा एक नेपाली युवा पक्राउ,१७ वर्षिया किशोरी माथी अश्लिल गतिविधि गरेको अभियोग
टोकियो/जापान। जुलाई २९ तारिखको साँझ, फुकुओका प्रिफेक्चरको चिकुगो शहरस्थित जेआर चिकुगो-फुनागोया स्टेशनको प्लेटफर्ममा अचानक एक हाई स्कूलकी बालिकाको स्तन छोएको र उनको तिघ्रा चाटेको जस्ता अश्लील कार्यमा संलग्न भएको आरोपमा एक ३७ वर्षीय नेपाली पुरुषलाई घटनास्थलमै पक्राउ गरिएको जापानी संचार माध्यमहरुमा खबर प्रकाशन भएका छन् । समाचारमा जनाईए अनुसार, घटना२९ तारिख साँझ ७:५० बजेतिर, जेआर चिकुगो-फुनागोया स्टेशनको प्लेटफर्ममा घटेको हो...
जापानमा आजपनि घातक गर्मीको चेतावनी : क्यूशुमा ४० डिग्री तापक्रमको पूर्वानुमान
टोकियो/जापान। जापानमा अत्यधिक गर्मीका कारण मानिसको ज्यानसमेत जोखिममा पर्ने अवस्था देखिएको छ। मौसम विभागका अनुसार, क्यूशु क्षेत्रमा आज तापक्रम ४० डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरिएको छ, जुन स्वास्थ्यका लागि अत्यन्तै खतरनाक मानिन्छ। यसअघि ३० जुलाईमा जापानको ह्योगो प्रिफेक्चरको ताम्बा सहरमा तापक्रम ४१.२ डिग्री मापन गरिएको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च राष्ट्रिय रेकर्ड हो। आज पनि जापानको अधिकांश भू-भाग उच्च वायुदाबमा...

