कोरोनाका कारण जापानी कम्पनीहरुले नाईतेई(内定) रद्द गर्न थाले, विदेशी विद्यार्थीहरुमा पनि ठूलो प्रभाव पर्ने

टोकियो ।कोरोनाको कारण जापानी कम्पनीहरुले आउँदो अप्रिलबाट काममा राख्ने गरि आन्तरिक रोजगारी प्रस्ताव पत्र दिईएका  व्यक्तिहरुको रोजगार प्रस्ताव खारेज गर्न थालेको खुल्न आएको छ । एनएचके टेलिभिजनको एक कार्यक्रम स्वास्थ्य श्रम तथा समाजकल्याण मन्त्री खातोउले यहि २८ तारिख सम्म ३२ जनाको रोजगार  प्रस्तावपत्र खारेजी गरेको जानकारीमा आएको बताएका हुन् । जापानमा हरेक वर्ष अप्रिलमा कम्पनीहरुले नयाँ कर्मचारी नियुक्ति गर्नेगर्दछन् ।...

‘लकडाउन’पछि दोब्बरले बढ्यो इन्टरनेट खपत

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मंगलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ । दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग...

मार्च २७ तारिखबाट सफ्टबैंकले ५ जि सेवा सुरुगर्ने, ५ जि सेवा दिने जापानको पहिलो कम्पनी बन्ने तयारी

टोकियो । मोबाईल फोन सेवा प्रदायक कम्पनी सफ्ट बैंक, जापानमा ५ जि सेवा प्रदान गर्ने पहिलो कम्पनी हुने भएको छ । कम्पनीले विहिबार जनाए अनुसार यहि मार्च २७ तारिख बाट सफ्टबैंकले )द्रुत गतिको  ईन्टरनेट सेवा) ५ जि सेवा सुरुवात गर्नेछ ।यदि योजना अनुसार नै, सेवा सुरु भए सफ्टबैंक जापानमा ५ जी सेवा प्रदान गर्ने पहिलो कम्पनीमा दर्ज हुनेछ । सफ्टबैंकले...

रहेनन् ‘कट’, ‘कपी’, ‘पेस्ट’ का आविष्कारक

एजेन्सी । सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए । उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो ।उनले अधिकांश समय काम...

फेसबुकले सुरु गर्‍यो, ‘लगइन नोटिफिकेसन’ फिचर

एजेन्सी । सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एक नयाँ फिचर लञ्च गरेको छ । फेसबुकमा सुरु भएको लगइन नोटिफिकेसन्स फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि नयाँ डिभाइसबाट आफ्नो अकाउन्ट लगइन हुँदा त्यसको नोटिफिकेसन प्राप्त गर्नेछन् । त्यस्तै फेसबुक लगइनबाट कुनै थर्ड पार्टी एपमा लगइन हुँदा पनि प्रयोगकर्तालाई सूचना प्राप्त हुनेछ । जसबाट प्रयोगकर्ताले आफ्ना फेसबुक अकाउन्टका डाटाहरु थर्ड पार्टी एपसँग...

फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?

काठमाडौं । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज ९ब्यान्ड ३० र ८०० मेगाहर्ज ९ब्यान्ड २०० ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा...

नेपाली युवा वैज्ञानिक अधिकारीलाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडाैं  – नेपालका युवा वैज्ञानिक डा. अच्युत अधिकारीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्। संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)ले ‘ओल्ड एकेडेमी अफ साइन्सेस’मार्फत प्रदान गर्दै आएको पुरस्कार यसवर्ष त्रिभुवन विश्व विद्यालयका उप–प्राध्यापक डा. अधिकारीलाई प्रदान गर्ने भएको हो। पाकिस्तानका अब्ताहु रहमानको नाममा विकशोन्मुक मुलुकमा रहेर अनुसन्धान गरिरहेका व्यक्तिलाई प्रदान गर्दै आएको सो पुरस्कारको राशी ५ हजार...

मार्चबाट, एयु(au)को ५ जि सेवा सुरु हुने, केडिडिआई र फेसबुक बिच सहकार्य

टोकियो । अत्याधुनिक मोबाईल फोन सेवा ५ जिको व्यवसायिक सेवामा सामाजिक संजाल फेसबुक र केडिडिआई कर्पोरेसन ( जापानमा एयु तथा युक्यु मोबाईल सेवा प्रदायक) बीच सहकार्य हुने भएको छ । फेसबुक र केडिडिआईले यस सहकार्यबाट, मोबाईलफोन प्रयोग कर्ताहरुमा,विक्रि तथा सेवा अभिवृद्धि गराउने लक्ष लिएका छन् । स्रोतका अनुसार, यि दुई कम्पनीहरुले ५ जि प्रविधिबाट प्राप्त हुने ठूला साईजका डाटाहरु आदान-प्रदानमा...

नेपालमै पहिलो पटक ‘रेस्ट्रोमेन्यू’ एप्पस संचालनमा,यस्तो छ विशेषता

काठमाडौँ। नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप’ सञ्चालनमा आएको छ । स्मार्ट अनलाइन सोलुसन प्रा.लि.ले निर्माण गरेको उक्त एपको एक कार्यक्रमका बीच सोमबार, होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले उद्घाटन गरे । एपले रेस्टुरेन्ट संचालकको अब आफ्नो व्यवसाय प्रबर्द्र्धन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट, ग्राहक बीच पुलको काम गर्नुका साथै व्यवसायलाई...

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?

काठमाडौं । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् । गत आवमा मोबाइलको आयातमा केही कमी आए...