एनआरएनए अधिवेशन र अमुक राजनैतिक पार्टिका होरेङ्गे पण्डितहरु !
जापानमा एउटा धर्म प्रचार गर्ने समुह छ, जसले कोठा सर्दा, एअरपोर्ट आउदा जाँदा कहिले काहि घुम्न जाँदा गाडि उपलव्ध गराएर सहयोग गर्छ। जसको बदलामा सहयोग लिने व्यक्ती २०/२५ मिनेट उनीहरुले लिएर जाने मन्दिरमा गई प्रार्थना गरिदिनु पर्ने हुन्छ । ति व्यक्तीहरु आफ्नो धर्ममा लागुन् भन्ने त होला तर उनीहरु पनि यी विदेशीहरु सहयोग मात्र लिन खोजेका हुन भन्ने विषयमा स्पष्ट...
प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न
टोकियो/जापान। प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । ग्लोबल हेल्थ कमिटी एनआरएनए र एनआरएनए जापानको आयोजना र जापानका लागि नेपाली दूतावास टोकियोको कोलाब्रेसनमा आइतबार सम्पन्न पाचौ ग्लोबल नेपाली हेल्थ कन्फेरेन्स (विश्व सम्मेलन) ले १९ बुँदे टोकियो नेपाली स्वास्थ्य घोषणा जारी गरेको हो । “हामी स्वास्थ्य व्यक्ति,...
नेपालमा लगानी भित्राउन लगानी मैत्री वातावरण बनाइनु पर्छ-एनआरएनए अध्यक्ष डा.केसी
टोकियो/जापान।नेपाल राष्ट्रको नै रेटिङ नभएकाले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक नभएकोले त्यसका निम्ति सरकारले आवश्यक नीति बनाएर लगानी मैत्री वातावरण बनाउनु पर्ने कार्यकारी अध्यक्ष डा बद्री केसीको भनाई छ । एनआरएनए जापानले शुक्रबार टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापान भ्रमणमा रहेका कार्यकारी अध्यक्ष डा केसीले सो कुरा बताएका हुन । ‘वैदेशिक लगानी भित्राउनका लागि एनआरएनएले पुलको रूपमा कार्य गरिरहेको र...
गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा,यस्ता छन् प्रतिवद्धताहरु
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले अध्यक्षमा...
एनआरएनए जापानद्वारा, जापानबासी नेपालीहरु लक्षित हटलाईन टेलिफोन सेवा संचालन,केहि सहयोग आवश्यक परे फोन गर्नुहोस्
टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)जापानले जापानमा रहेका नेपालीको लागि हटलाइन टेलिफोन सेवा संचालनमा ल्याएको छ। जापानमा रहँदा नेपालीहरुलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि हटलाइन टेलिफोन सेवा संचालनमा ल्याइएको एनआरएनए जापानले जनाएको छ । भाषागत असहजता,भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको बताइएको छ।...
एनआरएनए जापानमा सदस्यता स्विकृत नभएका आवेदकहरुको शुल्क फिर्ता गर्न माग
टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको कार्यकाल(सन २०२३-२५ )लाई लक्षित गरि खुला गरिएको सदस्यता आवेदन दिँदा प्राविधिक कारणले सदस्यता प्रमाणित नभएका आवेदकहरुबाट प्राप्त शुल्क सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिन निवर्तमान कार्यसमितिका उपाध्यक्ष राजकुमार अधिकारीले वर्तमान कार्यसमितिलाई औपचारिक अनुरोध गरेका छन्। अधिकारीले,यहि सेप्टेम्बर ५ तारिख केन्द्रीय कार्यसमिति समक्ष,एनआरएनए जापानका पेन्डिङ सदस्यहरुद्वारा जम्मा गरिएको सदस्यता शुल्क फिर्ता गरिदिन अनुरोध गर्दै पत्र मार्फत जानकारी गराएको...
जापानी र नेपाली रेस्लर बीचको ओसाकामा भिडन्त, नेपाली रेस्लिङ्ग खेलाडिहरुले इतिहास रच्न सफल
ओसाका, जापान । जापानी रेस्लरसंग भिडन्त गरेर नेपाली रेस्लिङ्ग खेलाडिहरुले इतिहास रच्न सफल भएका छन । दोतोन्बोरी प्रोरेस्लीङ्ग र गौरआवसीय नेपाली संघ एनआरएनए कान्साईको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको प्रोरेस्लिङ्ग खेल जापानको ओसाकामा सम्पन्न खेलमा,पुरुष तर्फ़ हिमालयन टाईगरको नामले चिनीने भरत बहादुर बिसुराल(हिमालयन टाइगर) र जापानी रेस्लर हिरोआकी बीचको रेस्लिङ्ग खेल भएको थियो । त्यस्तै,नेपाली महिला रेस्लर अस्मिता जुरेलीको जापानी रेस्लर योकोतासंग...
सेप्टेम्बर १० तारिक एनआरएनए जापानले जापानमा रहेका संघ-संस्थाहरुसंग वृहत अन्तर्क्रिया गर्ने
टोकियो/जापान। एनआरएनए जापानले जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग, सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । टोकियोको शिनओकुबो स्थित सोलमारी मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान र जापानमा रहेका क्रियाशिल संघ-संस्थाहरुसंग सहयोग तथा सेवा प्रदानमा एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्न,संघसंस्थाहरुसंग वृहत अन्तरक्रिया गर्न लागिएको कार्यक्रम संयोजक, एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए । “जापानमा क्रियाशील...
नवलपुर समाज जापान कान्साइद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
ओसाका/जापान।कान्साई क्षेत्र बाट प्रतिनिधित्व गर्दै NRNA जापानमा निर्वाचित हुनु भएका र एनआरएनए कान्साई कार्यसमिती लाई बधाई एवम शुभकामना कार्यक्रम अगस्ट २४ बिहीवारका दिन ओसाकामा सम्पन्न भएको छ। नवलपुर समाज कान्साइका संयोजक राम प्रसाद खरेलको अध्यक्षता र सचिव समुन्द्र पौडेलले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी एनआरएनए आईसिसी पुर्व सदस्य तुल्सीराम खरेल, अतिथी हरुमा समाजसेवी आत्मराम गैरे,नेसाजका पुर्व अध्यक्ष एव एनआरएनए जापानका...
एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलले आईसीसी एसिया प्यासिफिक संयोजक पदमा उम्मेदारी दिने
टोकियो/जापान । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा आगामी कार्यकाल(सन २०२३-०२५)को लागि एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले उम्मेद्वारी दिने घोषणा गरेका छन्। जापानको राजधानी टोकियोमा नेपालीको पहिलो रियल स्टेट व्यवसाय -ग्लोबल होमनेटवर्क कम्पनी संचालन गर्दै आएका पौडेल एनआरएनए जापानको इतिहासमै विषम परिस्थितिमा नेतृत्व सम्माहाली उल्लेख्य सकारात्मक कार्यहरु सहित सफल र विवादरहित नेतृत्व हस्तान्तरण गर्ने सक्षम अध्यक्षकारुपमा छवी...

