जापान प्रवेश गर्दै गर्दा भाषा सङ्गै व्यावहारिक ज्ञानलाई पनि मनन गर्ने कि?

विश्वका विभिन्न मुलुकहरुमध्ये पछिल्लो समय नेपालीहरुको लागि जापान पनि प्रमुख गन्तव्य भएको छ।विशेषगरी जापानमा विद्यार्थी भिसा, वर्किङ्ग भिसा, व्यावसायिक भिसा,पारिवारिक भिसा र पछिल्लो समय तोकुतेइ गिनोउ भिसामा पनि नेपालीहरु आइरहेका छन।अधिकांश व्यक्तिहरुलाई जापान आउदैँ गर्दा प्रमुख समस्या हुने भनेकै भाषा हो त्यसैले विद्यार्थी बाहेकका अन्य भिसामा आउँदा पनि नेपालबाट नै भाषा सिकाईलाई विशेष प्राथमिकता दिन सकियो भने जापानको बसाईमा...

परदेशमा बसेर सोचेजस्ता नहुँदा रहेछन् घरदेशका आफन्तीहरु,सम्बन्ध त उपहार र कोशेली प्राप्त गरुन्जेल मात्रै रहेछ

विदेशमा रहँदा हामी सोच्छौ नेपाल फर्किन पाए आफ्नो परिवार,ईष्टमित्र र साथी-भाईहरूसँग सँगै बस्दा कति मॉंया पाईन्छ होला ,कस्तो रमाईलो महशुस हुन्छ होला । तर यो सबै कुरा सोचेजस्तो भएन हिरालाई ( नाम परिवर्तन) । विदेशमा लामो समय ऊपचार गराऊँदा आफुलाई निको नभएपछि ऊनका मनमा अनेकौँ प्रश्नहरू ऊब्जीन थाले । यहॉंभन्दा त बरू नेपाल नै ठिक आफन्तहरूको माझमा बसे यसै रोग...

जापानमा गर्भवस्थामा सरकारबाट पाउने सेवा, सुविधा तथा ध्यान दिनुपर्ने कुराहरु

विश्वका विभिन्न देशहरु मध्ये जापान पनि मातृशिशुको लागि एक सुरक्षित राष्ट्र मानिन्छ।पछिल्लो समय जापानमा विभिन्न भिसामा गरी करिब २९ लाख भन्दा बढि विदेशी नागरिक रहेको जापानको पछिल्लो तथ्याङ्कले बताएको छ।गर्भावस्था आफैंमा एउटा संवेदनशील अनि विशेष अवस्था हो।यस अवस्थामा नारीको आमा बन्ने खुशी मात्र जोडिएको हुँदैन, गर्भसँग सामाजिक ,पारिवारिक र आत्मीयसम्बन्ध पनि जोडिएको हुन्छ ।जापानमा गर्भवती महिलाको लागि सुरक्षित ठानिएतापनि...

जापानमा किन बढ्दै छ अटोमोटिभ टेक्निकल (車) प्रति विदेशी विद्यार्थीहरुको आकर्षण ?

जापान आईसक्नु भएको छ या आउनु बाकि हुनुहुन्छ  ? अनि  भाषा स्कुल ( निहोङ्गो गाक्को) सकिए  पछि के पढ्ने  या के गर्ने भनेर अलमलमा हुनुहुन्छ  भने आजको यो मेरो लेख यहाँहरु लाई  पनि  जानकारी मुलक  हुन सक्छ ,  बिशेष गरी जापानमा जापानी भाषाको स्कुल सकिए पछि के पढ्ने ? के पढे मा के गर्न सकिन्छ या कुन पढाईको कस्तो आकर्षन छ , कस्तो बिषय अध्ययन गरे वर्किङ ( काम) गर्न सहज हुन्छ , कमाई कस्तो छ भन्ने कुराहरु बुझ्न जरुरी  छ जस्तो लाग्छ,  कतिपय  अबस्थामा विध्यार्थीहरुले नबुझेरै सेनमोन कलेज गएको पाएको छु , यसरी नबुझी सेनमोन पढ्दा पछि काम गर्ने कम्पनी ( खाइस्या) खोज्न झनझटीलो हुनु , बिषय बस्तु नमिल्नुले विध्यार्थीहरु समस्यामा पर्नुले पनि...

टोकियोको नाकानो वार्डमा गतवर्षको डिसेम्बरमा ३ करोड येन लुटपाटमा संलग्न छैटौँ संदिग्ध व्यक्ति पक्राउ

टोकियो/जापान। गत वर्ष टोकियोको नाकानो वार्डमा करिब ३ करोड येन नगद चोरी भएको घटनामा महानगरीय प्रहरी विभागले लुटपाटको श्रृंखलामा संलग्न भएको आशंकामा ३१ वर्षीय अभियुक्तलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी विभागका अनुसार उनले गत डिसेम्बरमा टोकियोको नाकानो वार्डमा रहेको एउटा घरमा पसेर एक बासिन्दाको अनुहारमा मुक्का प्रहार गरी घाइते बनाएको र करिब ३ करोड येन नगद चोरेको आशंका गरिएको छ...

नेपालको राजनीतिमा देखिएको गलत प्रवृत्ति र सहिदहरुको योगदान

नेपालको राजनैतिक इतिहाहासलाई हेर्ने हो भने १०४ वर्षे निरङ्कुश राणाशासनको अन्त्य हुदैँ विभिन्न आन्दोलन र अधिकार प्राप्ति सङ्गै १० वर्षे जनयुद्ध र ०६२/६३ जनआन्दोलनको संघर्षबाट मात्रै देशमा गणतन्त्र प्राप्त भएको देखिन्छ।यस अवधिमा कैयौँ नेपाली आमाका सन्तानहरुले वीरगति प्राप्त गरे कैयौँ बेपत्ता भए भने कैयौँ घाईते अपाङ्ग भए तर आज ति योगदान र वलिदानहरुको खिल्लि उडाउदैं राजनीति दलका नेताहरु एक...

यसकारण जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक हुन सक्दछ

जापानमा पछिल्लो समय विभिन्न पेसा ,व्यवसाय, विद्यार्थी भिसा,पारिवारिक भिसा तथा अन्य किसिमका भिसामा गरि करिब २९लाख भन्दा बढि विदेशी नागरिक रहेको जापानको पछिल्लो तथ्याङ्कले बताएको छ भने नेपालीहरु मात्रै करिब १ लाख पच्चिस हजार भन्दा बढि रहेका छन। जुनसुकै देशको नागरिकलाई पनि आफ्नो मातृभुमि छोडेर अन्यत्र ठाउँमा काम गर्दा पक्कै पनि असहज स्थिति हुनुका साथै विभिन्न किसिमका समस्याहरु पनि झेल्नुपर्ने...

भाईरल भिडियोबाट जापानका नेपाली समुदायले सिक्नुपर्ने पाठ !

जापानमा नेपालीहरुको संख्या बढ्दै जाँदा प्रमुख २ वटा प्रवृत्तिहरु बढ्दै गएको देखिन्छ । ति २ प्रवृत्ति र त्यस प्रवृत्तिलाई अंगिकार गरेका पात्रहरुका कारण विभिन्न समस्या तथा विकृतिहरु बढिरहेका छन् । त्यसको पछिल्लो उदाहरण हो,अहिले जापानबासी नेपालीहरु बिच भाईरल भईरहेको यो दृष्य ! यो घटना त घट्यो सकियो । द्वोषीलाई उसको कर्म अनुसारको सजाय मिल्ला या आपसी समझदारीमा मिलाईएला । तर...

यसकारण जापानमा धेरै जसो व्यवसायहरु सफल छन्

विश्वव्यापी प्रतिस्पर्धात्मक बजारीकरणको युगमा हरेक व्यावसायिको लागि सबैभन्दा महत्वपुर्ण हतियार भनेका नै ग्राहक हुन त्यसैले वस्तु तथा सेवा उत्पादनमा ग्राहकहरुको आवश्यकता तथा चाहानालाई विशेष प्राथमिकता साथ ग्राहकहरुलाई सन्तुष्टी प्रदान गर्दै नाफा प्राप्त गर्नुलाई नै आजको युगमा सफल बजार तथा व्यवसाय मानिन्छ।अन्य देशमा जस्तै जापानमा पनि ग्राहकप्रति गरिने व्यवहार तथा उत्तरदायित्व आफ्नै तरिकाको रहेको देखिन्छ। कुनै पनि वस्तुको उत्पादन देखि...

यसपालीको चुनावमा मतदान गर्नु अघि यत्ति चाहीँ मनन् गरौँ

अहिले चुनावि माहोल छ! नेता तथा कार्यकताहरुको हानथाप र नारावाजी चलिरहेको अवस्था छ ! भोट मलाई दिनुस् , मेरो पार्टिलाई दिनुस् हामी तपाइको समस्यालाई सम्बोधन गर्छौ ,हल गर्छौ साथै यो विकास गर्छौ त्यो विकास गर्छौ भन्दै अघिल्ला निर्वाचनहरुमा जस्तै आशा र अभिलासा लिएर नेताहरु जनताको घर घरमा जाने र मत माग्ने होडबाजि नै चलिरहेको छ ! त्यसैले पनि नेता...