प्रेस रिभ्यू : प्रहरी अधिकृतले गरे बिदाइ बहिष्कार, शहरका पाँच घरमध्ये एकमा घरेलु मजदुर
काठमाडौं । आज माघ २९ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नयाँ आईजीपी चयन, विवादिन एमसीसी, चीनबाट नेपालीलाई ल्याउने तयारीका बारेमा समाचारहरु प्रकाशित छन् । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको कान्तिपुर दैनिकमा समाचार छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । गृहमन्त्री रामबहादुर...
नेवा: अन्तराष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन फेब्रुअरी २३ मा हुने
टोकियो । जापानमा नेवारहरूको क्रियाशिल संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन फेब्रुअरी २३ तारिक आईतवारको दिन सिनओकुबो स्थित नेपाली मुरा हल, सोलमरीमा हुने भएको छ । जापानमा बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा यस संस्थाको स्थापना भएको थियो । आफ्नो स्थापनाकाल देखिनै नेवारहरूको विभिन्न चाड मनाउँदै र सामाजिक कार्यमामा...
फेब्रुअरी २३ तारिख भिटेनले टोकियो तताउँदै, यसपाली अझ विशेष हुने
टोकियो । फेब्रुअरी २३ तारिख, युवा पुस्ताका अत्यन्तै चर्चित र्याप गायक भिटेनले टोकियो तताउने भएका छन् । ‘दाजुभाई’ नामक युवा समुहको आयोजनामा टोकियोको मुटु सिन्जुकुको वार्प( WARP) मा आयोजना हुने ‘ म्युजिकल नाईट, लाईभ ईन टोकियो भोलुम २’ नामक साँगितिक कार्यक्रममा भिटेनले आफ्ना दर्शक, स्रोताहरुका लागि गाउने छन् । फरक र विशिष्ट र्याप गायनको माध्यमबाट संसारभर छरिएर रहेका नेपाली युवाहरुको मन जित्न सफल भिटेन आफ्ना सांगिततिक...
पूर्वसचिव पत्नीको दर्दनाक हत्या
काठमाडौं । कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको सीसीटीभी फुटेजका आधारमा प्रहरी निचोडमा पुगेको छ । घरमा दुई जना मात्र भएका बेलाको उक्त घटनामा विजय पनि नाइलनको डोरी घाँटीमा बाँधिएको अवस्थामा मृत फेला परेका छन् । आत्महत्याको अनुमान गरिए...
प्रेस रिभ्यू : निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी, के–के छ प्रमाण ?
काठमाडौं । आज माघ २७ गते सोमबार । देशका प्रमुख राष्ट्रिय दैनिकमा निर्मला पन्त हत्या प्रकरण, ललिता निवास जग्गा प्रकरण, भावी आईजीपीको खोजी लगायत विषयहरुमा समाचार प्रकाशित छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । डीआईजी सुरज केसी नेतृत्वमा...
टोकियोमा नेपाल भ्रमण वर्षको विशेष प्रवर्द्धन,२ दिने कार्यक्रममा २ हजार मानिसहरुले अवलोकन गरे ( भिडियो)
टोकियो । टोकियोको व्यस्थ सहर ईकेबुकुरो स्थित एशियन फेस्टिवलमा नेपाल भ्रमण वर्ष २०२० को विशेष प्रवर्द्धन गरिएको छ । गैर आवासीय नेपाली संघ जापानको तदारुकतामा सो, प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम फेब्रुअरी ८ र ९ तारिख २ दिन सम्म संचालन गरिएको थियो । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार सो, मेला अवधीमा नेपाल भ्रमण वर्ष तथा...
छाउमै घर बस्न पाएपछि महिला खुसी
बाजुरा । निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ । एक महिना अघिसम्म बूढीगंगा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउँथिनन् । आँगन...
घटेनन् सीपबिना नै विदेश जाने महिला
काठमाडौं । सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । सो प्रतिवेदनमा कुल महिला श्रमिकमध्ये ५८ दशमलव...
बढ्दै किशोरी आमा!
रोल्पा । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन् । आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन् । झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन् । लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी हुन् । पढाइ छाडेर...
तमूधीं जापानको नवनिर्वाचित समितिद्वारा आईतबार पदस्थापन
टोकियो । स्थापनको २५ औँ वसन्त (रजत जयन्ती )पुगेको अवसर मा बिबिध कार्यक्रम गरी मनाईरहेको तमूधीं जापानको नयाँ निर्वचित कार्यसमितिको आईतबार पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । आईतबार सम्पन्न पदस्थापना कार्यक्रममा निर्वाचन समितिका सदस्यहरु, हर्क गुरुङ र श्री भक्त गुरुङले नवनिर्वाचित समितिका अध्यक्ष सौगत (तमु)गुरुङ सहित कार्यसमितिका पदाधिकारीहरूलाई सपथ खुवाउनु भएको थियो । सोहि अवसरमा निवर्तमान कार्यसमितिका अध्यक्ष अनिता गुरुङले नवनिर्वचित...

