जापानको न्यूनतम पारिश्रमिक ५० येनले बढाईयो, अब जापानको औसत प्रति घण्टा ज्याला १,०५४ येन पुग्यो

टोकियो/जापान। यस वर्षको न्यूनतम पारिश्रमिकबारे छलफल गरिरहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले २४ तारिख साँझ प्रतिघण्टा ५० येन पारिश्रमिक बढाउने निर्णय गरेको छ। मूल्यवृद्धिको निरन्तरतालाई ध्यानमा राख्दै घण्टाको पारिश्रमिक ५० येनले बढाउने निर्णय गरिएको हो । यससँगै जापानको राष्ट्रिय औसत प्रतिघण्टा ज्याला १०५४ येन हुनेछ, जुन अहिलेसम्मकै उच्च हो। जापानको राष्ट्रिय औसत न्यूनतम ज्याला हाल १००४ येन रहेको छ। यो जापानको...

जापानीहरुको जनसंख्या १५ वर्षयताकै न्युन,अघिल्लो वर्षको तुलनमा ५ लाख ३० हजारले घट्यो,विदेशीहरुको जनसंख्या भने अहिलेसम्मकै अधिक

टोकियो/जापान। जापानीहरुको जनसंख्या पछिल्लो १५ वर्षदेखि निरन्तर घटेको छ। यस वर्षको जनवरी १ तारिखसम्ममा जापानको कुल जनसंख्या १२ करोड ४८ लाख ८० हजार जनाभन्दा अधिक रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा लगभग ५ लाख ३० हजार जनाले कमी हो । जापानमा जापानीहरुको जनसंख्या निरन्तर घट्दै गएको छ भने अर्कोतिर विदेशीहरुको जनसंख्या भने बढ्दै गएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्षको...

नेपाली चेली सिजेन अधिकारी जापान किड्स फेसन विक (JKFW) माप्रतिस्पर्धा गर्दै,भोटिङ गरि साथ दिन नेपाली समुदायमा अनुरोध

टोकियो/जापान। यही आऊदो अगस्ट १० र ११ तारिख जापानको नागोया हुने जापानकिड्स फेसन विक जेकेएफडब्लु-२०२४(JKFW 2024) मा नेपाली चेली सिजेन अधिकारीले प्रतिस्पर्धा गर्ने भएकी छिन् । जापानको गिफु, बस्ने सिजेनले दोश्रो पटक यस प्रतियोगितामा सहभागिता जनाउन लागेकी हुन् । जेकेएफडब्लु (JKFW)जापानको सबैभन्दा ठूलो बालबालिकाको फेसन शो हो । फेसन र मोडलिङमा रुचि राख्ने सिजेनले छनौट चरणहरु पार गरि जेकेएफडब्लु (JKFW)प्रतियोगिताका...

चर्चित गायिका तृष्णा गुरुङ आफ्नो सांगितिक समुह सहित २६ औ रोधी साँझका लागि जापान आउने

टोकियो/जापान। चर्चित गायिका तृष्णा गुरुङ २६ औ रोधीं साँझका लागि अगष्ट महिनामा जापान आउने भएकी छन् । भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङको ‘माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित रहेका छन । अगष्ट १८ तारिक आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने गुरुङको कार्यक्रम सिन्जुकु वार्प (WARB खाल्डो)...

बिहुँकोट समाज जापानको सद्भाव बार्बेक्यु कार्यक्रम सम्पन्न,१९ वर्षमुनिका दोस्रो पुस्ताका ३८ जना नानीबाबुहरु पनि सहभागि

टोकियो/जापान। बिहुँकोट समाज जापानद्वारा आयोजित सद्भाव बार्बेक्यु कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शनिबार,टोकियोको कासाई रिन्काई पार्कस्थित बार्बेक्यु एरिनामा सम्पन्न भएको हो। कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नबीन निऊरे,उपाध्यक्ष सुभाष लामिछाने,उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ , महासचिब टिकाराम खरेल, निबर्तमान अध्यक्ष शिब पौडेल ,बाग्लुगं समाज जापानका अध्यक्ष यमकान्त कंडेल , कास्की पोखरा समाज जापानका अध्यक्ष सन्देश अधिकारी, चितवन समाज जापानका उपाध्यक्ष प्रदीप खरेल, लेखानी...

मे महिनामा जापानको मुद्रास्फीति २.५ प्रतिशतमा पुग्यो

टोकियो/जापान। जापानी मुद्रास्फीति बढेर २.५ प्रतिशतमा पुगेको छ । शुक्रबार सार्वजनिक एक सरकारी तथ्यांक अनुसार,जापानमा गत मे महिनामा मुद्रास्फीति बढेको हो। आन्तरिक मामिला मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार,उपभोक्ता मूल्य सूचकांक (CPI) गत अप्रिल महिनामा २.२ प्रतिशत रहेकोमा मे महिनामा २.५ प्रतिशतमा पुगेको छ ।मन्त्रालयका अनुसार “बिजुली र ग्यास लगायतका उर्जाहरुको लागतले मुद्रास्फीति बढ्न योगदान गर्यो । जापानको मुद्रास्फीति वृद्धि भएता पनि अझै...

जापानको मिएमा ग्रीष्मकालीन महोत्सवमा करिबमा २०० जना उपासकहरुको सहभागिता

मिए/जापान। सेतो पोशाक लगाएका उपासकहरूले शुक्रबार मिए प्रान्तको इसेमा रहेको फुतामी ओकितामा तीर्थमा ग्रीष्म उत्सवको समयमा समुद्रमा आफूलाई शुद्ध पार्ने धार्मिक तथा सांस्कृतिक अनुष्ठान गरे । बिहानको अनुष्ठान समुद्रमा मेओतो-इवा (विवाहित चट्टान) बीचमा सूर्य उदाएपछि गरिन्छ। इसे तीर्थको दर्शन गर्नु अघि करिब २०० जनाले शरीर र आत्मा शुद्ध गर्न समुद्री पानीमा नुहाएका थिए। ...

गल्कोट समाज जापान कान्साई क्षेत्रिय समितिको सातौं अधिवेशन सम्पन्न, नर बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन

ओसाका/जापान । गल्कोट समाज जापान कान्साई क्षेत्रिय समितिको सातौं अधिवेशन सम्पन्न भएको छ । केन्द्रकी अध्यक्ष कालिका थापाको प्रमुख आतिथ्यतामा सोमबार ओसाकामा सम्पन्न भएको हो । अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष थापाले जस्लाई दुःख पर्छ जहाँ अप्ठयारोमा हुन्छ त्याँहा सहयोगका निम्ती गलकोट समाज जापान पुगेको हुन्छ, गल्कोटको मात्र नभई सम्पूर्ण नेपालीहरुको निम्ती समाजले काम गरिरहेको अध्यक्ष थापाले बताईन । कार्यक्रमका अन्य...

जापानको चिबामा नेपाल फेष्टिवल आयोजना हुने

टोकियो/जापान। नेपालीहरुको  बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा  सन २०२४ आयोजना गरिने भएको छ। आउँदो  सेप्टेम्वर २२ आईतबार चिबाको  माचुदो शहरमा फेष्टिवल आयोजना गरिने  गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिबा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी  दिए । यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबावु सुवेदीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। भेलामा मुल...

स्याङ्जा समाज नागोयाले जुलाई ६ तारिख बार्बेक्यु कार्यक्रम आयोजना गर्ने

नागोया/जापान। स्याङ्जा समाज नागोयाले बिगतका वर्षहरुमा जस्तै जुलाई ६ तारिक शनीवार नागोयास्थित आराकोगावा पार्कमा जमघट तथा (BBQ )वनभोज कार्यक्रम गर्ने भएको छ। स्याङ्जा समाज नागोयाले कार्यक्रम आयोजना गरे पनि कार्यक्रममा स्याङ्जालीहरु मात्रै नभइ,सबैलाई प्रवेश खुल्ला गरिएको  स्याङ्जा समाज नागोयाका महासचिव मनोज ढुंगानाले बताए। स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देलका अनुसार,खानपिन तथा रमाईलोका लागि मात्र नभई बिदेशमा कामको थकान कम गर्न तथा...