जोर्डनसँग नेपालको हार
काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई रोकेको नेपालले दोस्रो हाफमा रोक्न नसक्दा पराजित हुन पुग्यो । कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका थिए । पहिलो हाफमा गोलरक्षक दीपले...
टिमोर लिस्टेको युवा टोलीसँग नेपालको बराबरी
काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली टोलीले टिमोर लिस्टेको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ । कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले टिमोर लिस्टेको यु–२३ टोलीसँग २–० ले पछि रहेको स्थितिबाट २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफ मै दुई गोल खाएको नेपालले दोस्रो हाफमा दुई बराबरी गोल फर्काएको थियो ।...
सागका स्वर्णधारी सञ्जु मृत भेटिइन्
काठमाडौं । चीनको हांगझोउमा हुने एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई...
व्यवसायी केशब अधिकारीको आर्थिक सहयोगमा, धादिङमा भुस्याहा कुकुर बन्ध्याकरण अभियान सुरु
धादिङ । धादिङ जिल्लाको उत्तरीभेगका विभिन्न क्षेत्रहरुमा बढ्दो भुस्याहा कुकुरहरुको संख्या न्युनिकरणका लागि तिनीहरुको बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ । हरेक वर्ष संख्या बढिरहेका भुस्याह कुकुरहरुका कारण स्थानीयहरुको जनजीवनै प्राभावित पार्ने अवस्था सिर्जना भएकाले ति कुकुरहरुको संख्या घटाउनेतर्फ स्थानीय युवाहरुको चासो बढेको हो । उनिहरुले विभिन्न निकायहरुको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालीका विभिन्न स्थानहरु भुस्याहा कुकुर भ्यासेक्टोमी कार्यक्रम संचान गरेका हुन् । टारीबेसी...
नेपालले दोस्रो खेलमा पनि मौरिससलाई हरायो
काठमाडौं । तनावपूर्ण बनेको खेलमा नेपालले मौरिसससँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पनि जित निकालेको छ । मिडफिल्डर सुजल श्रेष्ठको गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मौरिससलाई १–० ले पराजित गरेको हो । यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले १–० कै जित निकालेको थियो । उक्त खेलमा विमल घर्तीमगरले गोल...
विमलको गोलमा नेपालको जित
काठमाडौं । फरवार्ड विमल घर्तीमगरको एकमात्र गोलमा नेपालले मरिससँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा १–० को जित निकालेको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी प्रतिद्धन्द्धी मरिससलाई पाखा लगाएको हो । नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भएका हुन् । उनले...
सेन्ट्रल जोन च्याम्पियन भलिबल टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय
काठमाडौं । सरकारले बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीलाई...
उज्वेकिस्तानलाई हराउँदै नेपालले जित्यो सेन्ट्रल जोन भलिबल उपाधि
काठमाडौं । साविक विजेता नेपाल लगातार दोस्रोपटक एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । नेपालले उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सानदार जित निकाल्दै उपाधि रक्षा गरेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानले कठिन चुनौती पेश गरेपनि नेपालले त्यो चुनौतीलाई चिर्दै २६–२४, २४–२६, २५–१५, २२–२५ र...
अपाङ्गता भएकी सिग्देललाई जापान बस्ने नेपालीहरुद्वारा आर्थिक सहयोग
कविकिरण न्यौपाने / पोखरा स्याङ्जा हरिनास गा.पा.वडा नं.३ मग्याम चिसापानी बस्ने विपन्न अपाङ्ग भएकी अनिता सिग्देलको नियमित उपचार र जीविकोपार्जनका निमित्त सहयोग स्वरुप संकलित रकम हस्तात्ररण गरिएको छ ।स्याङ्जा समाज जापान र एनआरएनए क्षेत्रिय समिति नागोयाको संयुक्त आह्वानमा जापानका नेपाली समुदायसंग सहयोग रकम संकलन गरिएको थियो । स्याङ्जा समाज जापान ,क्षेत्रिय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया सदस्य मित्रलाल सिग्देलको...
इटालीमा रहेका नेपाली मुलका बिकासले नेपालको ‘ए’ डिभिजन लिग खेल्ने
काठमाडौं । तेह्र वर्षपछि जन्मभूमी फर्किएका नेपाली मुलका बिकास मेराग्लिया ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् । इटालीबाट १३ वर्षपछि नेपाल फर्किएका १९ वर्षीय बिकासलाई च्यासलले आसन्न लिगका लागि अनुबन्ध गरेको हो । बिकास शुक्रबार औपचारिक रुपमा च्यासलमा आबद्ध भएका छन् । उनले १० नम्वरको जर्सी लगाउनेछन् । नेपाली मूलका इटालियन खेलाडी बिकासलाई च्यासलले विदेशी खेलाडीको कोटामा...

