बलात्कार आरोप लागेका क्रिकेट कप्तान सन्दीप राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका आफ्नो कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो । विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान...

नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि १७ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ । ‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले...

भुटानमाथि जित निकाल्दै नेपालको सानदार सुरुवात

काठमाडौं । घरेलु मैदानमा मंगलबारदेखि आयोजना भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको समान दुई गोलमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गोलरक्षक सविता मोनगेर अघि...

डाइमण्ड कप २०२२ को उपाधि अल स्टार एफसी टोकियोले जित्न सफल

फुर्वा शेर्पा /टोकियो ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ गत अगस्ट ७ तारिख आइतबारदेखि नारितामा शुरु भएको प्रथम डाइमण्ड कप फुटसल प्रतियोगिता २०२२ सम्पन्न भएको छ । २६ टिम सहभागी फुटसल प्रतियोगितामा काभ्रेली समाज जापानलाई  २–१ गोल अन्तरले पराजित गर्दै अल स्टार एफसी टोकियोले उपाधि जित्न सफल भएको छ । लमजुङ कालिका एफसीले तेस्रो स्थान हासिल गरेको छ...

भारतको जितले नेपाल बाहिरियो

काठमाडौं । साविक विजेता तथा आयोजक भारतले राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्दा नेपाल बाहिरिएको छ । नेपाललाई फाइनल प्रवेश गर्न भारतले अन्तिम खेलमा माल्दिभ्ससँग पराजित हुनुपर्ने थियो । तर, आँफु अनुकुल नतिजा ननिस्किएपछि दमदार सुरुवात गरेको नेपाल बाहिरिन पुग्यो । यो नतिजापछि बंगलादेश ४ खेलबाट १० अंक जोडेर लिग...

अरुणा र प्रदिप वर्ष खेलाडी

पोखरा । भलिबलकी अरुणा शाही र लन टेनिसका प्रदिप खड्का छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट वर्ष खेलाडी घोषित भएका छन् । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै इलेक्ट्रोनिक स्कुटरसहित अवार्ड प्राप्त गरेकी हुन । अरुणाले यश अघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत...

अमेरिकाको बाल्टिमोरमा फुटबलर भरत र नवयुग सम्मानित

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडीद्धय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पु¥याएको योगदानका लागि...

एन्फामा नेम्वाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौं । पंकज विक्रम नेम्वाङको अध्यक्षतामा अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व चयन भएको छ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार राति भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाले तत्कालका लागि १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । २१ सदस्यीय कमिटि चयन गर्नुपर्ने भएपनि दुई सदस्यका लागि चार जना उमेदवारको बराबरी नतिजा आएपछि पुनः निर्वाचन हुने एन्फाले...

करणको सानदार बलिङका नेपालको सानदार जित

काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले पराजित गरेको छ । यो जितले नेपाल पाँचौं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२...

जोर्डनसँग नेपालको हार

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई रोकेको नेपालले दोस्रो हाफमा रोक्न नसक्दा पराजित हुन पुग्यो । कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका थिए । पहिलो हाफमा गोलरक्षक दीपले...