नेपाललाई युएईंविरुद्धको एकदिवसिय सिरिज उपाधि

काठमाडौं । युवा ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युएईसँग तीन ओडिआई सिरिजको उपाधि जितेको छ । नेपालले अन्तिम तथा तेस्रो ओडिआईमा युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जित्न सफल भएको हो । नेपाल पहिलो खेलमा ८६ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । शुक्रबार १ सय ७७ रनको विजयी...

नेपालले पाकिस्तानलाई १४ वर्षपछि हरायो 

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तानलाई १४ वर्षपछि पराजित गरेको छ । घरेलु मैदानमा बुधबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गर्दै १४ वर्षपछि जित निकाल्न सफल भएको हो । त्यसयता नेपाल र पाकिस्तानबीच छैटौं पटक प्रतिस्पर्धा हुँदा सफलता हात पारेको हो । नेपालले पछिल्लोपटक सन् २००८ मा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानमाथि ४–१ को जित निकालेको थियो...

रोहित चन्दले पाकिस्तानविरुद्ध नेपालको कप्तानी गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल सघ (एन्फा) ले पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि मिडफिल्डर रोहित चन्दलाई कप्तानको जिम्मेवारी प्रदान गरेको छ । अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि नियमित कप्तान किरण चेम्जोङ अनुपस्थिति रहने भएपछि एन्फाले रोहितलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो । एन्फाले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब...

नेपाल अपराजित रहँदै महिला साफ यू१५ च्याम्पियन

काठमाडौं । नेपाली महिला टोली साफ यू१५ च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो । महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । उमेर समूह होस् वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला...

नाबालिग बलात्कार आरोपी सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामाछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । सन्दीपमाथि १७ वर्षीया किशोरीलाई बलात्कारको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रबार दुबै पक्षको बहस सकिएपछि अदालतको यस्तो आदेश आएको...

नेपाली गोलरक्षक एन्जिलाले भारतीय आई लिग खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय वुमेन्स आइ लिग खेल्ने भएकी छन् । उनी सेथु एफसीमा १ वर्षको लागि अनुबन्धित भएकी हुन् । यससँगै एन्जिला आई–लिग खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुनेछिन् । यसअघि सावित्रा भण्डारी ‘साम्वा’ र अनिता बस्नेतले आइ लिग खेलिसकेकी छिन् । नेपालमा एपीएफका लागि व्यावसायिक फुटबल खेलिरहेकी एन्जिलाका अनुसार...

अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशलाई हरायो

काठमाडौं । फरवार्ड अन्जन विष्टको ह्याट्रिकमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए । १८औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । विमल घर्ती मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत जाली चुमाए । २७औं मिनेटमा अन्जनले व्यक्तिगत...

नेपाल उपविजेतामै सीमित

काठमाडौं । घरेलु समर्थकले सिमसिमे वर्षाको प्रवाह नगरी नेपाली टोलीलाई समर्थन गर्न दशरथ रंगशालामा उर्लिएपनि नेपाल झन्डै १५ हजार दर्शकसामु घरेलु मैदानमा बंगलादेशसँग ३–१ ले पराजित हुँदै ऐतिहासिक उपाधि जित्नबाट वञ्चित बनेको छ । साफको इतिहासमा नेपाल बंगलादेशसँगको चौथो भेटमा पहिलोपटक पराजित भएको हो । साफको १२ वर्षे इतिहासमा ६ संस्करण सम्पन्न हुँदा नेपाल र भारत सबैभन्दा बढी फाइनल खेल्ने...

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । यसअघिको सबै पाँच संस्करणको च्याम्पियन भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले पराजित गर्दै नेपालले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत...

भारतसँग पराजित हुँदै नेपाल साफ यू–१७ को उपविजेता

काठमाडौं । भारतसँग पराजित हुँदै नेपाल साफ यू–१७ च्याम्पियनसिपको उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको नेपाल भारतसँग ४–० ले पराजित भएको हो । फाइनलको आधा भन्दा बढी समय १० खेलाडीमा सिमित नेपालले समूह चरणमा भारतलाई ३–१ ले हराएको प्रदर्शन दोहोर्याउन सकेन । भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो ।...