बंगलादेशलाई रोक्दै नेपाल पहिलोपटक साफको फाइनलमा

काठमाडौं । बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गर्न सफल भएको छ । फाइनल पुग्न बराबरी नै पर्याप्त हुने लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई रोक्दै नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालसँगको बराबरीले बंगलादेश फाइनल पुग्नबाट वञ्चित बनेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलको आठौं मिनेटमा बंगलादेशले सुमन रेजाले हेडरमार्फत...

भारतसँग हारेपनि नेपाल अझै शीर्षस्थानमा

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपालले हार बेहोरेको छ । खेलको अन्त्यतिर कप्तान सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल भारतसँग १–० ले पराजित हुन पुगेको हो। खेलको सुरुवातदेखि नै भारतले नेपातलाई बल पोसेसनमा दवाव राखेपनि गोलको लागि दोस्रो हाफको अन्त्यतिर नै कुर्नुपरेको थियो । भारतले सिर्जना गरेको केहि आक्रमणमा भने डिफेन्स लाइन र कप्तान किरण बाधक बने ।...

साफ च्याम्पियनसिप– लगातार दोस्रो जित निकाल्दै नेपाल शीर्षस्थानमा

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित निकाल्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३–२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । यसअघि नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको थियो । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेपनि पहिलो हाफमा सुमन लामा...

साफ च्याम्पियनसिप – मनिषको गोलमा नेपालको विजयी सुरुवात

काठमाडौं । सब्सिच्युट युवा फरवार्ड मनिष डाँगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । शनिबार मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्सलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको हो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो । काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड...

‘बुम बुम’ शाहिद अफ्रिदी क्रिकेट खेल्न नेपालमा

काठमाडौं । पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल खेल्न बिहिबार दिउँसो ३ः३० बजे नेपाल आइपुगेका हुन् । अफ्रिदी यस संस्करणको इपिएल खेल्ने सर्वाधिक ठूला नाम हुन् । अफ्रिदीले इपिएलको शुरुवाती दुई खेल मात्रै खेल्नेछन् । अफ्रिदीले शनिवार हुने ललितपुर...

ओमानमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको खेलमा ओमानमाथि ऐतिहासिक सानदार जित निकालेको छ । नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै ८ वर्षपछि ओमानलाई हराएको हो । १२२ रनको सामान्य विजयी लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेटको...

मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशलाई हरायो

काठमाडौं । डेब्यु खेलमै सविता रानामगर र प्रीति राईको गोल गरेपछि पहिलोपटक दशरथ रंगशालामा खेल्ने मौका पाएको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । बिमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरबीचबाट हेडरमार्फत बललाई जाली चुमाएकी थिइन्...

मैत्रीपुर्ण खेलमा भारतसँग नेपालको हार

काठमाडौं ।चिरपरिचित प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालले २–१ को हार बेहोरेको छ । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाालामा आइतबार भएको  प्रतिस्पर्धात्मक खेलको  ६२औं मिनेटमा चिङलेनसना सिंह कोन्सामको क्रसलाई कप्तान सुनिल क्षेत्रीले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा अनमार्क रहेका फरुख हाजी कासम चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाए ।...

टोकियो पारालिम्पिक – पलेशा ऐतिहासिक पदक जित्नबाट बन्चित

टोकियो । टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवर्द्धन रेपेचेजतर्फको फाइनलमा पराजित हुदै ऐतिहासिक ओलम्पिक पदक जित्नबाट चुकेकी छिन् । पलेशा चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएपछि नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट बन्चित बनेकी हुन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो राउन्डमा पलेशाले...

नेपालले भारतसँग बराबरी खेल्यो

काठमाडौं । दक्षिण एसियाली पावरस हाउस भारतसँग नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलमा बराबरी खेलेको छ । नेपालले एक गोलको अग्रता जोगाउन नसक्दा भारतसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले ३६औं मिनेटमा अन्जन विष्टको गोलबाट अग्रता लिएको थियो । भारतीय डिफेन्डर चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नभेट्दै अन्जनले नियन्त्रण्मा लिदै गोल गरेका...