अब जापान प्रवेश थप सहज, सेप्टेम्बर ७ देखि दैनिक ५० हजार यात्रुहरुले प्रवेश पाउने,पिसिआर रिपोर्ट पनि नचाहिने
टोकियो/जापान। सेप्टेम्बर ७ तारिखबाट जापान प्रवेश थप सहज हुने भएको छ । कोभिड संक्रमण भई घरमै आरम गरिरहेका प्रधानमन्त्री किशिदा नियमित काममा फर्किएसंगै गरिएको एक पत्रकार सम्मेलनमा बताए अनुसार सेप्टेम्बर ७ तारिखदेखि दैनिक ५० हजार जना यात्रुहरुले जापान प्रवेश गर्न सक्नेछन् । हालसम्म, कोभिड संक्रमण नियन्त्रणको प्रयास स्वरुप दैनिक २० हजार जना यात्रुहरुले मात्रै जापान प्रवेश गर्नसक्ने प्रावधान कामय छ...
ईतारु नाकामुराको राजिनामापश्चात चुयुकि यासुहिरो जापान प्रहरी प्रमुखमा नियुक्त
टोकियो/जापान। पूर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या हुनुमा सुरक्षा निकायको पर्याप्त व्यवस्थापन नभएको रिपोर्ट सार्वजनिक भएसंगै नैतिकताको आधारमा पूर्व प्रहरी प्रमुख ईतारु नाकामुराले यहि अगस्त ३० मा राजीनामा दिए पश्चात चुयुकी यासुहिरोले नयाँ प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका छन् । गत जुलाईमा, पूर्व प्रधानमन्त्री आबेलाई नारा शहरमा गोली हानी हत्या गरिएको थियो। राष्ट्रिय प्रहरी एजेन्सीका पूर्व प्रमुख नाकामुराले जनताको मन...
जापानमा कोरोनाका कारण दैनिक ३ सय जनाभन्दा बढिको मृत्यु,अस्पताल पाउन मुस्किल
टोकियो/जापान। पछिल्लो एक सातामा ५,०९७ जना आकस्मिक बिरामीहरुलाई तुरुन्तै अस्पताल भर्ना गर्न सकिएको छैन । यानेकी जापानमा कोरोना संक्रमणका कारण कुनै पनि प्रिफेकेचरका अस्पत्तालहरु खाली छैनन् । तत्काल अस्पत्ताल भर्ना गरी सघन उपचार गराउनुपर्ने अवस्थाका हज्जारौँ बिरामीहरु घरमै पालो कुरेर बस्न बाध्य छन् । यो क्रम हरेक साता जसो बढिरहेको छ । आन्तरिक मामिला र सञ्चार मन्त्रालयको अग्नि तथा प्रकोप...
रुस र चीनद्धारा ५० हजारभन्दा बढी सेनासहित जापान समुद्र वरपर व्यापक सैन्य अभ्यासको घोषणा, १४० बिमान र ६० युद्धपोतहरु परिचालन गरिने
एजेन्सी । रुसले देशको पुर्वीक्षेत्रमा व्यापक सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेकोछ । उक्त सैन्य अभ्यासमा चीनका सेनाहरू पनि सामेल हुनेछन् । युक्रेन माथिको आक्रमणविरुद्धको कारवाहीलाई लिएर पश्चिमसँगको तनावको बीचमा मस्को र बेइजिङबीच बढ्दो घनिष्ठता तथा रक्षा सम्बन्धको प्रदर्शन गर्न लागेको विश्लेषण गरिएको छ । रुसको रक्षा मन्त्रालयले भन्यो कि भोस्टोक २०२२ अभ्यास सेप्टेम्बर १ देखि ७ रसियाको सुदूर पूर्व...
गोली हानि हत्या गरिएका आबेको पछाडीबाट हुनसक्ने आक्रमणबारे सतर्क हुन सकेको भए, आबेलाई बचाउन सकिने थियो
टोकियो/जापान। गत जुलाईमा नारा सहरमा चुनावी सभा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री आबेको गोली हानी हत्या भएपछि यहि अगस्ट ३० बाट कार्यन्वयन हुनेगरि दिएका नारा प्रिफेक्चरल प्रहरी मुख्यालयका प्रमुख तोमोआकी ओनिजुकाले नारा प्रीफेक्चरल कमिटीको बैठकमा पुन एक पटक गहुरो दुख व्यक्त गर्दै,क्षमयाचना गरेका छन् । २९ तारिख प्रिफेक्चरल सभाले गत जुलाई ८ मा नारा शहरमा भाषण गर्ने क्रममा पूर्वप्रधानमन्त्री आबेको गोली...
आज बिहानै टोकियोको एक घरमा आगलागी २ जनाको मृत्यु
टोकियो/जापान। आज(२९ तारिख )बिहान टोकियोको तामा सहरमा रहेको एउटा घरमा आगलागी हुँदा ५० र ८० वर्षका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ । हाल महानगरीय प्रहरी महाशाखाले पहिचान पुष्टि गर्दै आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ । आज बिहान ७ बजेपछि तामा शहरको रेन्कोजीमा रहेको एउटा काठको दुईतले घरमा आगलागी भएको एक यात्रुले जानकारी दिए थिए ।टोकियो फायर डिपार्टमेन्टका अनुसार...
दक्षिणी जापानमा हिजोदेखि टाईफुन ११ सुरु, ३१ तारिखबाट १ तारिखसम्म पश्चिमी जापानबाट ओकिनवातर्फ अघि बढ्ने सुरक्षित रहन आग्रह
टोकियो/जापान। हिजो (२८ तारिख)दिउँसो जापानको दक्षिणी समुन्द्रमा टाइफुन ११ देखापरेको छ । टाइफुन ३१ तारिख बुधबार पछि पश्चिमी जापानबाट ओकिनावा र अमामी पुग्ने सम्भावना छ, त्यसैले पूर्वजानकारी लिँदै,आवश्यक पुर्वतयारी गर्न सुझाईएको छ । जापानको मौसम विज्ञान एजेन्सीको विश्लेषण अनुसार २८ तारिख दिउँसो ३:०० बजे जापानको दक्षिणी भागमा रहेको मिनामितोरिशिमा नजिकको पानीमा एउटा चक्रवात टाइफुन नम्बर ११ मा परिणत भएको हो...
जापानले विश्वका धनाढ्य पर्यटकलाई आकर्षित गर्न विशेष पर्यटन योजना बनाउने, पर्यटन क्षेत्रमा दक्ष विदेशीको माग बढ्ने
टोकियो/जापान। जापान भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा सुधार आउने अपेक्षामा जापान टुरिजम एजेन्सीले यस क्षेत्रमा अहिलेसम्म आकर्षित हुन नसकेका धनाढ्यहरूलाई आकर्षित गर्न नमूना पर्यटकीय गन्तव्य छनोट गरी क्षेत्रीय पर्यटन रणनीतिलाई सहयोग गर्ने निर्णय गरेको छ । जापान टुरिजम एजेन्सीका अनुसार कोरोना संकट अघि सन २०१९ मा विदेशी पर्यटकको संख्या वार्षिक २ करोड ८० लाख नाघेको थियो ।त्यस समय केही धनी...
जापानको अर्थतन्त्रको आकार बढाएर ८० ट्रिलियन येन पुर्याईने, स्रोत साधनहरुको दिगो प्रयोग र रोजगारी सिर्जनामा विशेष जोड
टोकियो/जापान। जापानले आफ्नो अर्थतन्त्रको आकार बढाउने लक्ष्य राखेको छ । उत्पादन र स्रोतहरूको पुन: प्रयोग गरेर कार्बन उत्सर्जन घटाउँदै सन २०३० सम्ममा अर्थतन्त्रको आकार ८० ट्रिलियन येन पुर्याउने लक्ष राखेको छ । हाल कायम ५० ट्रिलियन येन मूल्यको आफ्नो घरेलु अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र सामान तथा सामग्रीको पुन: प्रयोग गरेर दिगो आर्थिक अभ्यासहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री किशिदा फुमिओको सरकारले...
जापानको नागोया सहरको नगर प्रमुख तथा सिटीहलमा विष्फोटक पदार्थसहितको पार्सल पठाईएपछि
जापान । हिजो(२६ तारिख) बिहान नागोया सहरक। प्रमुख खावामुराको कार्यालय तथा नागोया शहरको नागोया सिटी हलमा बिस्फोटक पदार्थ सहितको खामभित्र राखिएको पार्सल पठाइएको थियो। नागोया सहरको सिटी हलमा यहि २५ तारिखदेखि “अभिव्यक्ति असक्त”विषयवस्तुमा प्रदर्शनी आयोजना गरिएको थियो। नागोया सहरका मेयर खावामुराले २६ तारिख बिहान सिटी हलमा पत्रकारहरुलाई भने कि हिगाशी वार्डमा रहेको उनको कार्यालय, सिटी हलको सचिवालय र नागोया सिटी...

