भारतको ओडिशामा रेल दुर्घटना – २३३ यात्रुको मृत्यु, ९०० भन्दा बढी घाइते

काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ । हावडा(चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर – हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो...

३ दिने जि ७ हिरोशिमा शिखर सम्मेलन सकियो,विश्वलाई शान्तिको सन्देश दिन सफल भएको निष्कर्ष

टोकियो/जापान।यहि मे १९ तारिखदेखि जारी जि ७ हिरोशिमा शिखर सम्मेलन आज(२१ तारिख)सम्पन्न भएको छ। यस पटकको शिखर सम्मेलनको अध्यक्षता गरेका जापानी प्रधानमन्त्री फुमिओ किशिदाले आइतवार साँझ, शिखर सम्मेलन सकिएपछि आयोजित पत्रकार सम्मेलमा विश्वका शीर्षस्थ नेताहरूद्वारा हिरोशिमाको शान्ति स्मारक पार्कको भ्रमण गरिनुलाई विशेष महत्वपूर्ण सन्देशका रुपमा जोड दिएका छन् । परमाणु बमले ध्वस्त पारेको हिरोशिमाको तितो यथार्थालाई सम्झाउने शान्ती स्मारक पार्कमा...

जि ७ नेताहरुद्वारा चिन र रसियालाई समूहिक सन्देश,शक्ति र जबर्जस्तीका बिरुद्ध सामूहिक प्रतिवद्धता जारी राखिने

टोकियो/जापान।जापानमा जारी जि ७ हिरोशिमा शिखर सम्मेलनमा भाग लिईरहेका ७ शीर्षस्थ नेताहरुको समूहले शनिबार, कानूनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थालाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता सहितको एक विज्ञप्ति जारी गरेको छ। उनिहरुले विज्ञप्ति मार्फत चिन तथा रसियालाई संकेत गर्दै,कुनैपनि मुलुकको शक्तिद्वारा गरिने जबर्जस्तीलाई सहन नगर्ने सामूहिक ऐक्यवद्धता व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ कि जि ७ देशहरूले “रूसले युक्रेनमाथी...

पूर्व राष्ट्रपति ओबामासहित ५ सय अमेरिकीलाई रुसमा प्रतिबन्ध

काठमाडौं । रुसले अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ । रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो । यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसले प्रतिबन्ध लगाएकाहरुमा अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्यहरु छन् । यसैगरी रुसले...

शनिबार जापानको हिरोशिमाबाटै क्वाड राष्ट्रहरुले संयुक्त घोषणा पत्र जारी गरे,समुद्रमुनि गुणस्तरिय केबल नेटवर्क बिस्तार गर्न सहमत

टोकियो/ जापान। अष्ट्रेलियामा अर्को साता हुने भनिएको क्वाड (चतुर्भुज सुरक्षा वार्ता- अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित समूह)को शिखर सम्मेलन स्थगित भएपछि शनिबार साँझ जि ७ शिखर सम्मेलन आयोजना स्थल नजिकै क्वाड(अमेरिका, जापान, भारत र अष्ट्रेलियाका)नेताहरुले भेटवार्ता गरेका छन् । ४७ मिनेटको संक्षिप्त बैठकबाट क्वाड नेताहरूले इन्डो-प्यासिफिक क्षेत्रमा समुद्रमुनि गुणस्तरिय केबल नेटवर्कहरूको बिस्तारमा सहयोग गर्ने संयुक्त वक्तव्य तथा भिजन र...

जि सेभेन(G7) को बुझ्नुपर्ने रोचक पाटो,सदस्य राष्ट्र ७ वटा तर किन शिर्ष सहभागी संख्या ९ जना देखिन्छ त ?

टोकियो/जापान।जापानमा हुनुहुने र हाम्रा समाचारहरु हेर्नुहुने तपाईहरुले  याद गर्नुभएको होला कि,जापानमा जारी जि सेभेन(G7)हिरोशिमा शिखर सम्मेलनमा सात ठूला देशहरू सहभागी छन्, तर सामूहिक तस्बिरहरुमा भने ९ जना नेताहरु उभिएका देखिन्छन्, आखिर ७ राष्ट्रका ७ प्रमुखहरु मात्रै हुनुपर्ने होईन र ? वास्तवमा ७ देशका प्रमुखहरुसंगै थप २ जना को उभिएका छन् त ? वास्तवमा, G7 शिखर सम्मेलन – फ्रान्स,अमेरिका, बेलायत, जर्मनी, जापान,...

अमेरिकी राष्ट्रपति बाईडेनले शनिबार जापानमा क्वाड नेताहरुसंग भेट्ने

टोकियो/जापान। अमेरिकी राष्ट्रपति जो बाइडेनले आज(शनिबार, मे २० तारिख)भारत, अष्ट्रेलिया र जापानलगायत क्वाड समूहका नेताहरूसँग भेट गर्ने व्हाइट हाउसले जनाएको छ। यस अघि,क्वाड सम्मेलन अष्ट्रेलियामा आयोजना हुने तय भएको थियो । तर अमेरिकी ऋण सीमा बढाउने विषयमा चलिरहेको वार्ताका कारण बाइडेनले वाशिंगटन पुग्नैपर्ने भएपछि अष्ट्रेलियाको भ्रमण स्थगित गरेका थिए। अष्ट्रेलिया भ्रमण स्थगित भएपनि जापानमा जारी जि ७ हिरोशिमा शिखर सम्मेलनमा सहभागी...

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ...

उत्तरकोरियाद्वारा जापान,भियतनाम तथा हंककंग लक्षित गरि क्रिप्टोकरेन्सीहरु चोरी

टोकियो/जापान। उत्तर कोरियाले जापानी क्रिप्टोकरेन्सी सम्पत्तिहरूलाई लक्षित गरि साइबर आक्रमणहरू गरिरहेको समाचारहरुमा जनाईएको छ। एक बेलायती संस्थाको अनुसार,उत्तर कोरियासँग सम्बद्ध ह्याकर समूहहरूले सन २०१७ यता जापानबाट ७२१ मिलियन डलर चोरिसकेका छन् ।त्यो रकम विश्वभरि हुने कुल क्षतिको ३० प्रतिशत बराबर भएको पनि बताईएको छ। प्योङयाङले आफ्नो मिसाइल कार्यक्रमको लागि प्रयोग गर्ने विदेशी मुद्रा प्राप्त गर्न अन्य देशको क्रिप्टो सम्पत्तिलाई लक्षित गरेको...

अमेरिकाकाे टेक्सासमा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको निधन

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक (डीआरसी) रामकुमार सुवेदीलाई पत्नीशोक परेको छ। अमेरिकाको टेक्सासमा भएको गाडी दुर्घटनामा सुवेदीकी धर्मपत्नी प्रमिला सुवेदीको मृत्यु भएको हो। छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले चलाएको गाडीलाई रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिदा ४६ वर्षीया प्रमिलाको घटनास्थलमै निधन भएको हो। दिवंगत प्रमिला नेपाली कांग्रेसका नेता तथा...