अँध्यारा अभियन्ताहरु र एनआरएनए जापान

एनआरएनएमा आवद्ध व्यक्तिहरुले आफुलाई अभियान्ता भन्न रुचाउछन । हुन त एनआरएनए भनेको गैर आवासीय नेपालीहरुलाई अफ्ठेरो पर्दा सघाउने अविभावाकीय संस्था भएकाले पनि यसमा आवद्धहरुले आफुलाई ‘अभियन्ता’ भन्नु कुनै आश्चार्यको बिषय होइन तर ति अभियान्ताहरु आफ्नो योग्यता र क्षमताका बारेमा कति जानकार छन् भन्ने प्रश्नले समग्र सस्थाको ‘आकार’ तय गर्दछ । ति अभियान्ताहरुले सबै भन्दा धेरै प्रयोग गर्ने अर्को शब्द हो...

जापानमा सेनमोन(専門)तथा दाईगाकु (大学)प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ? यति तयारी गर्नुहोस् पछुताउनुपर्दैन

विद्यार्थी जीवनको एक तहलाई समापन गर्दै अर्को तहमा प्रवेश गराउनु नै अध्ययनको सफलता हो।देश तथा विदेश जहाँ रहेपनि विद्यार्थीको एउटै साझा उद्देश्य भनेको आफुले प्राप्त गरेको ज्ञान तथा शिक्षाको आधारमा आफ्नो सक्षमता र क्षमतालाई सहि विन्दुमा पुर्याउनु हो।यतिबेला जापानमा निहोङ्गो गाक्कोउ 2年生(2nd Year)अध्ययन गर्दै गर्नुभएका विद्यार्थीवर्गहरु पनि अहिले सम्म पढेको तहलाई विट मार्दै सेनमोन गाक्कोउ तथा दाईगाकुको ढोका खोलि...

अहिले जापानमा अध्ययनरत विद्यार्थीहरुले यति तयारी नगरे, सन २०२२ मार्चमा यि चुनौतीहरु झेल्नुपर्ने छ

विश्व COVID19 बाट प्रभावित रहेको अवस्थामा विश्वका धेरै देशहरु सहित यतिबेला जापान पनि अछुतो रहन सकेको छैन। जसको अप्रत्यक्ष तथा प्रत्यक्ष प्रभाव विभिन्न क्षेत्र ब्यापारी देखि लिएर जापानमा रहेका विदेशि विद्यार्थी वर्गमा पनि परिरहेको छ।अध्ययन र कामको चपेटा एकातिर छ भने अर्कोतिर कम्पनि खोज्ने तनाब थपिएको छ त्यसैले यतिबेला सम्पुर्ण विद्यार्थीहरुले समयमा नै अहिलेको चुनौतिलाई राम्रोसङ्ग बुझेर अघि बढ्नुपर्ने...

मैले चिनेको र चाहेको एनआरएनए

प्रबिधि र चेतनाको विकास संगसंगै नेपालीहरु संसारका हरेक कुनामा फैलिदै रहेका छन्।भुगोलको हिसावमा सानो सुन्दर भुपरिवेष्ठित राष्ट भएपनी हामी सवै नेपालीहरूका कारण हाम्रो मातृभूमि संसारको लागी अव परिचयको विषय रहेन।विश्व भुगोलको जुन सुकै कुनामा रहे पनी ” जननी जन्म भूमीश्च स्वर्गादपि गरियसी “को मुल मन्त्रमा कटिबद्ध छन्।संसारभर छरिएका फूलरूपी नेपालीहरूका थुँगालाई एकत्रित गर्ने इन्द्रेणी माला हो एनआरएनए । संसारभरका...

काँध बलीयो भएन भने टाउको अडिन सक्दैन, तर वैकल्पिक राजनीतिमा बलियो काँध खै ?

वैकल्पिक राजनितिमा आशाभन्दा बढि विश्वास गरीएका दोश्रो तहका नेताहरु (पुकार बम, रमेश पौड्याल, शरदराज पाठक, निर्देश सिलवाल, रञ्जु दर्शना, अब्दुस मिया, रजनी केसी, दिपकप्रसाद उप्रेती) लाई सामुहिक पत्र कत्ती भुमिका नबाँधी सिधै विषयवस्तुमा प्रवेश गरौँ; अहिलेको नेतृत्व तहका जिम्मेवार व्यक्तीहरुबाट भन्दापनि हजुरहरुबाट चैँ सुसंस्कृत एवं वैकल्पिक राजनीतिले पक्कै गन्तव्य चुम्नेछ त्यसको लागी हजुरहरुको बौद्धिक क्षमताले आवश्यक हरेक कोणबाट पार्टिलाई सहि मार्गमा...

मातृभूमि, अनुभूति र अपेक्षा

अपि स्वर्णमयी लङ्का न: मे भ्रात न रोचते जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी ।। “लक्ष्मण लङ्का सुनले बनेको भए पनि यसमा मेरो कुनै रुचि छैन। किनभने जन्मदिने  आमा, र मातृभुमि स्वर्गभन्दा पनि ठुला र महान छन “। रामले राबणको मृत्यु पश्चात लंकामा लक्ष्मणसंग को भनाइ हजारौँ बर्ष पहिले रचिएको यो पंक्ति आज पनि उत्तिकै प्रभाबशालि छ । यो महान वाणीले मेरो मस्तिस्क हल्लाईरन्छ ।...

मातृभुमी,अनुभुति र अपेक्षा

अपि स्वर्णमयी लङ्का न: मे भ्रात न रोचते जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी ।। “लक्ष्मण लङ्का सुनले बनेको भए पनि यसमा मेरो कुनै रुचि छैन। किनभने जन्मदिने  आमा, र मातृभुमि स्वर्गभन्दा पनि ठुला र महान छन “।रामले राबणको मृत्यु पश्चात लंकामा लक्ष्मणसंग को भनाइ, हजारौँ बर्ष पहिले रचिएको यो पंक्ति आज पनि उत्तिकै प्रभाबशालि छ । यो महान वाणीले मेरो मस्तिस्क हल्लाईरन्छ । पलपल मलाई मेरो जन्मभुमि बारे सोच्न बाध्य पार्ने पंक्ति हो यो । प्रसंग: मेरो जन्मभुमि करलिमको हो । नेपालको आकारमा आफुलाई आकृति बनाएको सानो नेपाल भनेर चिनिने मेरो जिल्ला बाग्लुन्ग हो ।सास्कृतिक धार्मिक र पौराणिक महत्व बोकेको जिल्ला हो बागलुङ । प्रसिद्ध नदी कालिगण्डकीले सदिऔं देखि आफ्नो न्यानो काखमा राखेको जिल्ला हो । सन्त महात्मा, देवीदेवताहरूको कर्म, पराकर्मले सिञ्चीत जिल्ला हो , प्राकृतिक छटाले भरिपुर्ण जिल्ला हो । प्रसिद्ध कालिका भगवती मन्दिर हाम्रै जिल्लामा पर्छ । लाग्छ कालिका मन्दिर संसारकै सफा र सुन्दर ठाँउमा अवस्थित छ ।प्राकृतिक, साँस्कृतिक रुपमा धनि बागलुङ भित्र एउटा यस्तो गाँउ छ, जुन रमणीय छ । सुन्दर छ ।त्यहीँ गाँउ भित्र एउटा जमिनको टुक्रा छ जसले मलाई जन्माएको हो । जहाँको हावाले पहिलो पटक मेरो फोक्सो भरेको हुँ । जहाँको माटोमा मैले पहिलो पाइला उचाल्न र चाल्न सिकेको हुँ ।त्यहि टुक्रा जमिनलाई करलिम भनेर चिनिन्छ । करलिम, साविकको बिहँकोट गा वि स वडा नं. ०९ मा पर्छ । हाल काठेखोला ०५ , राष्ट्र सन १००८ स्वामी प्रमानन्द सरस्वति महाराजलाई जन्म दिएको जमिन हो बिहुँ । प्राकृतिक मनोरमछटाले भरिपुण , सुन्तला लगायत फलफुलको उर्वर भुमि हो । प्रसिद्ध धार्मिकस्थलहरु भएको ठाउँ हो बिहु । त्यहि सुन्दर बिहुँ भित्रको हिरा हो करलिम । जहाँ प्राकृतिक विपत्तिजस्तै बाढि पहिरो,खोला नालाको डर छैन । जुन ठाउ प्राकृतिक श्रोत साधनमा धनी छ यो ठाउँ प्राकृतिक स्रोत र साधनमा धनि छ । बाह्रै महिना नसुक्ने पानीका मुहान छन् । जसलाई हेरेर सुन्दर हिमालहरु दन्तलहर देखाउँदै हाँसिरहन्छन,जहाँ यथेष्ठ उब्जाउ हुने जमिन छ । जहाँको उब्जनिले गाँउ पाल्ने क्षमता राख्छ । परम्परागत कृषि गर्दा पनि बर्षको दुईतिन बाली त राम्रो फल्छ । सागसब्जिको लागि कहिँ जानु पर्दैन । फलफुल कन्दमुल,सिजन अनुसार खान पाइन्छ । यस्तो समृद्ध ठाउँमा जन्मिने सौभाग्य मलाई मिल्यो । सृष्टिकर्तासँग कृतज्ञ,नभई रहन कहाँ सक्छु र कोटि कोटि नमन मेरो जन्मभुमिलाई , त्यही मेरो पुज्यनीय,हजुरआमा ब्रह्मलिन भईसक्नु भएको छ । जहाँको माटोमा मेरा,वयोवृद्ध हजुरवुवा गाउ,नै,कुरिरहनु,भएको छ। मेरा कलिला मुनाहरु आफ्नो जीन्दगिको,स्वर्णिम समय त्यही जमिनमा विताउँदै छन। मेरा बृद्ध बाआमा आफ्नै रगत र पसिनाले सिंचेको,त्यहि जमिनमै जीवनकोअन्तिम श्वास फेर्ने उत्कट चाहानाका साथ जीवन अगाडी बढाईरहनुभएको छ । इतिहास करलिमको उन्नति प्रगतिको खातिर मेरो अघिल्लो पुस्ताको, योगदान छ भन्नेकुरा सम्झदा खुशी लाग्छ । गर्व गर्न मन लाग्छ । हजुरबा भन्नुहुन्थ्यो गाउँमा शिक्षाको दियो स्कुल स्थापनार्थ “एक घर दुई पाथी कोदो” अभियान चलाईएको थियो रे । गाउँलेहरुको अथक परिश्रमको फलस्वरुप वि.स। २०३६ मा गाउँमा विद्यालय जन्मियो २०४५/४६ सालमा नया भवन बनाउदा श्रमदान गर्ने म स्वयं हु । विद्यालय खोल्नुको उदेश्य गाउँलेहरु शिक्षित बनुन। आफ्नो जीवन सुखी र खुशी बनाउन । गाउँलाई समृद्ध बनाउन भन्नुथियो । शालीन बनुन हाम्रो रगत पसिनालाई सम्मान गरुन भन्ने थियो गाउलाई अझ राम्रो बनाउन, भन्ने,थियो,भयो उल्टो हजुरवुवाध्वरा नितान्त समाजको कल्याणका निम्ति गरिएका कामहरु सम्झदा उहाँलाई श्रद्धाको अंगालोमा बेरिरहन मन लाग्छ । समाजको निम्ति हामी नाति पुस्ताले केहि गर्नै पर्छ भन्ने उत्प्रेरणा र उर्जा आउँछ । विडम्बना हामी त्यहि विद्यालय त्यहि गाउँमा पढ्यौँ, हुरकियौ संसार चहार्न सक्ने भयौं तर हाम्रो गाउँ हिजो भन्दा आज नाजुक अवस्थाबाट गुज्रिरहेको छ । करलिम बनाउन,दिलो ज्यानले लागेका हाम्रा बृद्ध बाआमा अझै पनि गाउँ छोड्न नसकेर गाउँमै हुनुहुन्छ । विस्तारै गाउँ रित्तिदै जाँदा उहाँहरुको मन कति रित्तिदो हो कति विरक्तिदो हो हिजोसम्म खेतीबारी गरेर पनि १५/२० जनाको परिवार पाल्न सक्षम खेतबारीमा हामीले घाँस काट्दै छौं र भोलिको पुस्ताले त्यही घाँसपनि काट्न छोडेर बनमारा र काडाहरु फुलाउनेछन। यसरी गाउको विकास र विदेशमा त्यहि ठाउको नामले समाज सेवि वनेर खादा लगाउने वर्षमा एक पटक नेपाल जादा त्यही पुग्ने समय नहुने हरुलाइ कसरी वुझु म ??? जबरजस्ती बाआमाहरु केहि हात सहरी क्षेत्रफलमा झर्न बाध्य पारिएका छन् । छोटिदो जीवन सँगै छोरानातिका कारण उनिहरुको इच्छा आकांक्षाको आयतनमा निर्मम प्रहार गरि खुम्च्याईएको छ । बाआमाले भाग्यमा लेखेरै आएका हुन र ??? छोराछोरीको शहरको आलिशान घरबाट थु गर्दा पराईको जमिनमा पर्छ । बुढेसकालमा आफ्नै जग्गामा उव्जेको मिठो मसिनो खान मन लाग्दो हो । बस्दा बस्दा खुम्चिएको आङ तन्काउन मनलाग्दो हो पक्कै ।गाउका हेक्टरौ जग्गामा दौडिदा नथाक्ने सरिर आज कति कटकटि खादो हो खुट्टाले केहि पाइला जमिन नाप्न खोज्दा हुन् पक्कै बिहानी र साझको हिडाइको रुपमा कति सम्झिदा हुन् ती खोला नाला खोल्सा खोल्सी पाखो पखेरो ।मेला पात गोठालो जादापानी    पीएका धारा पधेरा हरु र यी सारा रहरहरु १०÷२० मोहडाले के पुरा गरोस । गरुङ्गो घासदाउराको भरि बिसायर पछयौरीको टुप्पाले हम्किदै बरपिपलको छहारीमा बसेको कसरि बिर्साउन सक्ला त्यो छतमा घुमेको पंखाले , त्यो टुक्रा जमिनलाई कक्रिटको घर थेगि नसक्नु भयकों छ होला सनातनरुपमा मानिदै मनाउदै आएका कुल पितृ र मठ मन्दिर भैरवथान दसुराको कोट सिद्धकोथान झाक्रिथान झप्रेनिको छहरो वाजेवज्यैको थान आदि ईत्यादि पुस्तानतरण हुनु पर्नेमा किन विस्थापित हुदैछन । अव कस्ले गर्ने यि पुजा आजा कोहि छैन ?? त्यहा को उत्ताराधिकारी ? कि हामिमा सिधै भौतिकवादले छोएको हो , आफ्नो गाउ र घरलाइ नया वनाउनु पर्नेमा किन अरुले वनाएको सुन्दर र सफा अनि समथर मात्र खोज्दै छौ , हिजो ८/९ वटा वच्चालाइ जन्म दिएर पनि हाम्रा आमाहरु आनन्द संग तलमाथि गर्नु हुन्थ्यो के त्यो स्वच्छ हावा र वातावरणले होइन ???? स्वस्थ र ताजा खानपिन नै होला जस्तो लाग्छ मलाइ ,उहाहरुको सरदर आयु पनि ८० माथि नै थियो तर आज २ सन्तान ईश्वरको वरदान भन्दै वर्षेनि गर्भ पतन गर्ने हामि सरदर ५० वाचौला या नाई ??? तलमाथि वरपर अर्मपर्म गर्दा जस्तो अभ्यास र व्यायाम शहरका वन्द कोठामा भएका मेशिनले के कति दिन गर्लान या स्वस्थ वनाउलान जवाफ खोज्ने दिन आएन र कि म मात्र भ्रममा परेको छु ??? हाम्रा बुवा आमालाई त्यो बाकी जीवन घरको ढोकाबाट बाहिर टेके अर्कैको जमिन अनि पराईसँग जम्काभेट यो बुढेसकालमा हैन के आई लाग्यो यस्तो ?? सुख यहि हो त ?? भन्ने हुदो हो कि नाई झ्याल भित्र वाटै वोलाउँदा आउने छिमेकीहरु आज कुन कुनामा होलान। मेलापातसँगै गर्ने सखिहरु कहाँ ओझेल परे होलान। प्याक प्याक्ति तिर्खा लाग्दा अञ्जुली भरि उभाएर धित मरुञ्जेल पिउन पाइने मुल सुके होला कि त्यस्तै होलान ?? घर आँगनमा सबेरै ढिकुरहरु चर्न आउँदा हुन् की नाई ?? सेति भैंसि संधै आहाल बस्ने पोखरी पुरिए होला कि उस्तै होला ?? हाम्रो खाना उब्जाउने खेत बारी आज पनि उस्तै छन् होला कि बनमारा र सिरुले भरिए होलान ??? कति सम्झिदा हुन गैरि खेत र जौछरे वन ?? जेठ महिनामा खनेका कुलाहरु अनि वर्षामा चिप्लिदै खेतमा पानि लगाउन गएको सम्झिदा कस्तो होला उनिहरुको मन ?? अहिले गाउमा रहनु भएका वुवाआमा न जाने ठाउ नभएर हो न जान नसकेर हो तर भित्र भित्रै जन्मठाउको माया मार्न नसकेर मात्र हो सुख सुविधा र आराम नचाहिने वहाहरु पनि गाउ छोड्नु भएको छैन न विरामी हुदा हस्पिटल लाने मान्छे छ न डाक्टरको सल्लाह अनुसारको औषधि खुवाउने मान्छे...

राजेश खनालद्वारा एनआरएनए जापानको युवा संयोजकमा उमेद्वारी घोषणा

टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल,सन २०२१ -२३) का लागि राजेश खनालले युवा यंयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा सदस्य पदमा कृयाशिल खनालले आफ्नो घोषणामा जापानवासी नेपालीहरुलाई यसरी सम्बोधन गरेका छन् आदरणिय, आमा, बुवा, दाजु, भाई तथा दिदी बहिनीहरु । सर्बप्रथम यहाँहरुले मलाई अत्यन्त माया र विश्वास गरेर सन् २०१९-२०२१ को कार्यकालका लागी NRN जापान च्याप्टरको सदस्य पदमा भारीमतले...

निर्लज्ज एनआरएनहरु र आसन्न महाधिवेशन

म पद को लागि मरिहत्ते गर्ने मानिस  हैन भनि सबैले भन्छन तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तो सुकै भएपनि पद प्राप्तिमा सम्झौता गर्छन। आर्थिक घोटाला भएको छ सबैले भन्छन तर कसले गरेको भन्ने हिम्मत कसैले गर्दैन।गलत भएको छ तर सबै निर्लज्ज छन् सत्य तथ्य बोल्ने हिम्मत कसैसंग छैन।एनआरएनए लाइ यतिखेर उसको संजाल भएको हरेक देशमा कोरोना महामारीको बिचमा नेपालीहरुलाई...

पीडीतले मान्छे बन्न पाईनँ की पाईन्न त्यो थाहा भएन तर पिडकले राज्यको छाता भने कुनैपनी उजुरीको झरीले नरुझाउने गरी पाए

देशलाई विमारले ग्रस्तै पारेर स्वास फेर्न गाह्रो भईरहदै गर्दा, एकातीरको पाखो खल्र्याम्मै बगाएर क्षत विक्षत बनाएको छ बाढीले । हामी हेर्नेहरुलाई एकै छिन दुखेपनी भोग्नेहरुलाई त सहनै गाह्रो भईरहेको छ भनेर नजर अगाडी आएका तस्वीरले प्रष्टै पार्छन् । लाग्दै थियो की बहश पनि यीनै विषयमा हुनुपथ्र्यो । तर अफसोच त्यो हुन सकेन । कोहीमा मान्छेलाई मान्छे नमान्ने घमण्ड थीयो,...