इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौं । परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ९ जना घाइते भएको जनाएको छ । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गम्भीर घाइते २ जना दार्चुला र बझाङका हुन् । अन्य घाइते पनि सुदुरपश्चिम विश्वविधालयबाट इजरायल गएका कृषि फर्ममा काम गर्ने व्यक्ति रहेको बताइएको छ । १४ जन सो फर्ममा रहेकोमा ९ जना...

एनआरएनए एसिया प्यासिफिक उपसंयोजकमा जापानबाट बुद्धिराज घिमिरेले उम्मेदवारी दिने

टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को एसिया प्यासिफिक उपसंयोजक (DRC) पदमा जापानबाट बुद्घिराज घिमिरेले उम्मेद्वारी दिने बताएका छन् । एनआरएनए जापानका पूर्वमहासचिव रहेका घिमिरेले आगामी कार्यकाल २०२३/२५ को लागि जापानबाट एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिन लागेका हुन्। घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसकेका छन् । घिमिरे २०११/१३ मा कान्तोको सचिव, २०१५/१७ मा...

एनआरएनए एसिया प्यासिफिक संयोजकमा जापानबाट डिपी कँडेलले उम्मेद्वारी दिने,यस्ता छन् प्रतिबद्धताहरु

टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी)को आगामी कार्यकाल सन २०२३ – २५ मा जापानबाट व्यवसायी तथा एनआरएनए अभियन्ता डिपी कँडेलले एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कँडेलले “रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता”-भन्ने नाराका साथ एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् । सन २००८ देखिनै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएका कँडेलले विभिन्न...

जापानी येन फेरि ऐतिहासिक कमजोर,१ डलर बराबर १५०.०५४ येनमा कारोबार

टोकियो/जापान । जापानी येन मंगलबार फेरि ऐतिहासिक कमजोर बनेको छ। मंगलवार जापानी येनको विनिमयदर १ डलर बराबर १५० येनभन्दा अधिक कायम भयो । यो दर लगभग पछिल्लो एक वर्षयताकै उच्च गिरावट हो । टोकियो विदेशी मुद्रा विनिमय बजारमा ३ तारिखमा, येन गत वर्ष अक्टोबर पछि लगभग एक वर्ष यताकै पहिलो पटक डलरको तुलनामा जापानी येन अत्यन्तै धेरै अवमूल्यन भयो। अमेरिकामा दीर्घकालीन...

युवा सहभागिता र दोस्रो पुस्ता समावेश एनआरएनए निर्माणका लागि मेरो उम्मेद्वारी हो – दिपक कँडेल

टोकियो/जापान। जापानबाट दिपक कँडेलले,गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । सन् २०१५ मा एनसिसि जापानको सदस्यका रूपमा गैरआवासीय नेपाली संघको अभियानमा संलग्न भएका कँडेलले दुई कार्यकाल सदस्य र त्यस पश्चात सन २०१९- २१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल एसिया प्यासिफिक क्षेत्रका उप संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्। एनआरएनएमा तहगत...

जापानको माछामा आणविक उर्जा केन्द्रको पानीले विषाक्त नबनाएको वैज्ञानिक परिक्षणको दावी

टोकियो/जापान। फुकुसिमा आणविक उर्जा केन्द्र नजिकको पानीबाट लिइएको माछाको नमूनाहरूमा ट्रिटियमको कुनै पत्ता लगाउन सकिने मात्रा फेला परेको छैन । एक महिना अघि समुद्रमा प्रशोधित रेडियोधर्मी पानीको उत्सर्जन सुरु गरिपछि, उक्त पानीमा रहेको ट्रिटियमले मानव स्वास्थ्य तथा सामुद्रिक जीवहरुमा प्रतिकुल असर गर्ने दावी सहित चिन तथा रुसले जापानको सामुद्रिक उत्पादनको आयात नै रोक लगाएका छन् । सम्पूर्ण वैज्ञानिक मापदण्ड पुरा...

एनआरएनए एसिया प्याशिफिक उपसंयोजकमा जापानबाट दीपक कँडेलले उम्मेद्वारी दिने

टोकियो/जापान। एनआरएनए आईसिसिको ११ औं महाधिवेशनमा एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहेका कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कुरा भन्दा काममा केन्द्रित हुने कँडेलले,युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका एनआरएन लक्षित रचनात्मक कार्यहरु गर्न सफल भएका थिए। यसका...

जापानी येन यस वर्षकै कमजोर,प्रति डलर १४९.०९ येनमा कारोबार

टोकियो/जापान। आज टोकियो विदेशी मुद्रा बिनिमय बजारमा जापानी येनको भाउ अघिल्लो वर्षको अक्टोबर यताकै कमेजोर अवस्थामा पुगेको छ । अमेरिकामा मौद्रिक कडाई लामो समयसम्म रहने विश्लेषणका कारण लगानीकर्ताहरु येन छाडेर डलरमा लगानी गर्न उत्साहित भए,परिणाम डलरको तुलनामा येन कमजोर भयो । आजको कारोबारमा जापानी येनको विनिमय दर प्रति १ डलर बराबर १४९.०९ येनको स्तरमा झर्यो। टोकियो बिनिमय बजारमा, बैंक अफ जापानले...

जापानबाट व्यवसायी तथा सक्रिय एनआरएनए अभियन्ता दिपक केसीले एसिया प्यासिफिक उप-संयोजक पदमा उम्मेद्वारी दिने

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा आगामी कार्यकाल (२०२३-०२५)को लागि व्यवसायी तथा समाजसेवी दिपक केसीले उम्मेद्वारी दिने घोषणा गरेका छन् । जापानका सक्रिय एनआरएनए अभियन्ता केसीले एनआरएनए एसिया प्यासिफिक उप-संयोजक (डीआरसी) पदको लागि जापानबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । जापानको नागोयालाई कर्म क्षेत्र बनाउँदै आएका व्यवसायी केसीले जापानका विभिन्न क्षेत्रमा विविध कठिनाईमा परेका नेपालीहरुको सहयोगमा संधै...

आईफोन १५ प्रो म्याक्स एप्पलले दाबी गरेजस्तो बलियो नभएको एक परिक्षणद्वारा पुष्टि

टोकियो/जापान। आईफोन १५ ‘ड्युर्‍याबिलिटी टेस्ट’ (टिकाउ परीक्षण) मा असफल भएको छ । युट्युबर जेर्री रिगले गरेको परीक्षणमा आईफोन १५ प्रो म्याक्स असफल भएको हो । आईफोन १५ दशककै सबभन्दा कमजोर फोन भएको यट्युबर रिगको परीक्षणबाट देखिएको छ । त्यसअघि सन् २०१४ मा एप्पलकै आईफोन सिक्स ड्युराबिलिटी टेस्टमा असफल भएको थियो । यसो त कम्पनीले आईफोन १५ अहिलेसम्मकै सबैभन्दा बलियो र टिकाउ...