वाम एकतामा दिल्ली ‘सरप्राइज’
काठमाडौं, २२ असोज । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले दिल्लीलाई त्योभन्दा पनि ठूलो ‘सरप्राइज’...
नेपाली भूमिमा भारतीय बस्ती !
काठमाडौं, २१ असोज । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा–७, तारेगामास्थित नेपाल–भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४/पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् । सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार, जनवरीमा नेपाल–भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् । आजको अन्नपूर्ण पोस्ट...
राजनीतिक ध्रुवीकरणले मोदी र सिरिसेनाको नेपाल भ्रमण रद्ध
काठमाडौं, २० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ । नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता...
भारतीय सेना फर्किएपछि दोक्लाम विवाद अन्त्य
काठमाडौं, १२ भदौं । भारतीय सेना चीन–भुटान सीमाको दोक्लामबाट फर्किएपछि त्यहाँ जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले बताएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन्, विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र...
प्राकृतिक प्रकोपका कारण भियतनाममा ११६ जनाको मृत्यु
हानोई, १२ भदौ । प्राकृतिक प्रकोपमा परी भियतनाममा गत आठ महिनामा ११६ जनाको मृत्यु भएको छ । ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराईरहेका छन् । ती घटनाहरुका कारण २५० मिलियन अमेरिकी डलर बराबरको क्षति भएको विपद् व्यवस्थापन तथा नियन्त्रण विभागले सोमबार जनाएको छ । हुरि बतास, बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण एक हजार ३० घरहरुमा क्षति पुगेको...
जापानको हिरोसीमामा वियोगको ७२ बर्ष स्मरण
हिरोसीमा, २२ साउन । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ । हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । दोस्रो विश्व...
आज चन्द्रग्रहण, २ बजेपछि भोजन गर्नै नहुने
काठमाडौं, २३ साउन । यसवर्षको पहिलो चन्द्रग्रहण चन्द्रग्रहण आज लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । तर, बालक,...
अष्ट्रेलियामा शेष घलेले चार तारे होटल बनाउने
मेलवर्न, २० जुलाई । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले अष्ट्रेलियाको मेलबर्नमा चार तारे होटल खोल्ने भएका छन् । मेलबर्नको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको ब्याकप्याकर होटल खरिद गर्दै त्यहाँ चार तारे होटल बनाउने योजना बनाएका छन् । घलेले केही महिनाअघि २ करोड ७१ लाख डलरमा खरिद गरेका थिए । हाल नेपालमा दुर्गम हिमाली गाउँ लाप्राकमा भूकम्प पीडितका लागि नमूना वस्ती...
आफ्नै सैनिक जवानद्धारा गोर्खा सैनिकका मेजरको कश्मिरमा हत्या
कश्मिर, ३ साउन । भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् । गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । एक भारतीय वेबसाइट न्यूज२४ का अनुसार जवानले मोबाइलमा धेरै कुरा गरेको भनी मेजरले हपारेका थिए । यस्तो नगर्न भन्दै चेतावनी दिएर मेजर फर्कन...
दक्षिण कोरियाको न्यूनतम तलबमा १६ प्रतिशत बृद्धि
काठमाडौं, १ साउन । दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलबमा करिव १६ प्रतिशतले बृद्धि भएको छ । नयाँ न्युनतम तलव अनुसार कोरियामा काम गर्ने कामदारले प्रतिघन्टा ६.६४ डलर प्राप्तल गर्नेछ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको...

