दोलखा समाज जापानको अक्षयकोष सहयोगार्थ बार्बेक्यु कार्यक्रम सम्पन्न

टोकियो/जापान। दोलखा समाज जापानद्वारा अक्षयकोष सहयोगार्थ आयोजित बार्बेक्यु कार्यक्रम सहभागितामूलक वातावरणमा सम्पन्न भएको छ। मे ३१ तारिख आईतबार टोकियोस्थित तोकाई पोर्ट पार्कमा आयोजित कार्यक्रममा जापानमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजका अग्रज, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष मुक्तिराम खनाल, गोरखा समाज जापानका अध्यक्ष अर्जुन ढकाल,...

‘प्रथम जापान लोक तारा २०२६’को फाइनलमा उत्कृष्ट पाँच प्रतिभा छनोट

Lटोकियो/जापान। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाद्वारा आयोजित ‘प्रथम जापान लोक तारा २०२६’ अन्तर्गत उत्कृष्ट दश अर्थात् लाइभ राउन्डमा प्रतिस्पर्धा गरेका प्रतियोगीमध्येबाट फाइनल चरणका लागि उत्कृष्ट पाँच प्रतिभा छनोट भएका छन्। प्रतिष्ठानले सार्वजनिक गरेको नतिजाअनुसार फाइनल चरणमा प्रवेश गर्ने प्रतियोगीहरूमा तनुजा शाही, किरण प्रभात, केशव शर्मा, पार्वती आचार्य र आरती परियार रहेका छन्। उत्कृष्ट दश प्रतिस्पर्धीमध्ये निर्णायकहरूको...

धादिङ समाज जापानको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

टोकियो । धादिङ समाज जापानको छैटौँ वार्षिक साधारण सभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम आइतबार टोकियोको सिनओकुबोस्थित नेवा डाइनिङको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विमल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकारहरू कृष्णप्रसाद खनाल, राजन गौतम, दिनेश लोहनी, दिनेश अधिकारी, लोकेन्द्र भण्डारीलगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। कार्यक्रममा कार्यसमिति पदाधिकारी,...

जापानमा जुन ३ तिरदेखि १० वर्षमा एकपटक मात्र देखिने स्तरको उच्च तापक्रमको सम्भावना,गर्मीबाट बच्ने उपाय अप्नाऔँ

टोकियो/जापान। जापान मौसम विज्ञान एजेन्सीले मे २८ मा “उच्च तापक्रमसम्बन्धी प्रारम्भिक मौसम सूचना” जारी गर्दै जुन ३ तिरदेखि देशका केही क्षेत्रमा यो समयका लागि १० वर्षमा एकपटक मात्र देखिने स्तरको उल्लेखनीय उच्च तापक्रम हुनसक्ने चेतावनी दिएको छ। एजेन्सीका अनुसार तोकाइ, किन्की, चुगोकु, शिकोकु, क्युशु उत्तरी भाग र क्युशु दक्षिणी भागमा जुन ३ तिरदेखि अत्यधिक गर्मी हुने सम्भावना छ। यी क्षेत्रमा...

“प्रथम जापान लोक तारा २०२६” प्रतियोगिताको उत्कृष्ट १० प्रतिभाहरू सार्वजनिक

टोकियो,जापान। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरिरहेको “प्रथम जापान लोक तारा २०२६” प्रतियोगिताको उत्कृष्ट १० प्रतिभाहरू सार्वजनिक गरेको छ। आयोजकले सार्वजनिक गरेको सूचीअनुसार छनोट भएका प्रतिभाहरू अब लाइभ राउन्डमार्फत सेमिफाइनल तथा फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। प्रतिष्ठानका अनुसार प्रतियोगितामा देश तथा विदेशबाट उल्लेख्य सहभागिता रहेको थियो। प्राप्त भिडियो प्रस्तुतीहरूको मूल्यांकनपछि उत्कृष्ट १० प्रतिभाहरू छनोट गरिएको आयोजकले जनाएको...

दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिबल २०२६: आर्थिक प्रतिवेदन सार्वजनिक, ९३ लाख येनभन्दा बढी आय

टोकियो, जापान। जापानको ईतावाशीमा सम्पन्न दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिबल २०२६ को आर्थिक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन अनुसार, दुई दिने उक्त फेस्टिबलबाट कुल ९३ लाख ३१ हजार ५५५ येन आय भएको छ भने कुल खर्च ६७ लाख ६० हजार ४८८ येन रहेको छ। यसबाट फेस्टिबलले खुद आम्दानीको रूपमा २५ लाख ७१ हजार ६७ येन कमाएको देखिएको छ। फेस्टिबलको...

स्याङ्जा समाज जापानले मे १७ मा चिबामा बीबीक्यू कार्यक्रम आयोजना गर्ने

टोकियो । स्याङ्जा समाज जापानले आपसी सद्भाव, भाइचारा र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यसहित समर बीबीक्यू पार्टी आयोजना गर्ने भएको छ। “स्याङ्जा समाज जापान राहत कोष सहयोगार्थ” भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको कार्यक्रम मे १७ तारिख आइतबार चिबा प्रिफेक्चरको इचिकावा सिटीस्थित साकुराचुचुमी पार्कमा हुने आयोजकले जनाएको छ। कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा बीबीक्यूसहित संगीत,...

जापानमा बिहुँकोट समाजका क्षेत्रीय समितिद्वारा ओसाका र टोकियोमा बार्बिक्यु कार्यक्रम आयोजना गरिने

टोकियो । जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित बिहुँकोट समाज जापानका विभिन्न क्षेत्रीय समितिहरूले बृहत् बार्बिक्युसहित विविध कार्यक्रम आयोजना गर्ने भएका छन्। समाजअन्तर्गत कान्साई क्षेत्रीय समितिले यही मे २१ तारिख बिहीबार ओसाकामा “बार्बिक्यु तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपाली समुदायबीच आत्मीय भेटघाट, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिने...

“प्रथम जापान लोक तारा २०२६”सँगै अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ

टोकियो,जापान। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले “प्रथम जापान लोक तारा २०२६” संगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ आयोजना गर्ने भएको छ। नेपाली लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको शाखाका अध्यक्ष...

जापानमा विदेशी बासिन्दा पहिलोपटक ४० लाख नाघे, टोकियोमा मात्रै ८ लाखभन्दा बढी

टोकियो,जापान। जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या पहिलोपटक ४० लाख नाघेको छ। जापानको अध्यागमन सेवा निकायका अनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा रहेका विदेशी बासिन्दाको संख्या ४१ लाख २५ हजार ३९५ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३ लाख ५६ हजार ४१८ जना अर्थात् ९.५ प्रतिशतले बढी हो। योसँगै जापानमा विदेशी बासिन्दाको संख्या लगातार चौथोपटक ऐतिहासिक उच्च बिन्दुमा पुगेको...