जापानमा हुनेहरु सावधान, अपरिचित मानिसहरुले पछाडीबाट छुरा प्रहार गर्लान् (सतर्कताको लागि)
टोकियो/जापान। यहि २० तारिख राती ७ः३० बजेतिर टोकियोको व्यस्थ सहर शिवुया वार्डमा बाटोमा हिँडिरहेका २ आमाछोरीलाई पछाडीबाट अपरिचित किशोरीले चक्कु प्रहार गर्दा शख्त घाईते भई तुरुन्त अस्पत्ताल पुर्याईयो । जापानको राजधानी टोकियोमा साँझको बत्ति बल्ल नपाउँदै बाटोमा हिँडिरहेका बटुवामाथि यसरी ज्यानमार्ने प्रयास हुनु झट्ट सुन्दा अपत्यारिलो लाग्छ । तर अर्को कसैले घाईतेहरुको शरिरबाट रगत बगिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिदिएपछि...
जापानी प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण पुष्टि, TICAD सम्मेलनमा सहभागी हुन जाने योजना स्थगन
टोकियो/जापान। जापानका प्रधानमन्त्री किशिदा फुमिओलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रिपरिषद् सचिवालयका अनुसार प्रधानमन्त्री किशिदालाई हिजो (२० तारिख)राति हल्का ज्वरो र खोकी जस्ता लक्षण देखिएपछि २१ तारिख बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवासमा पीसीआर परीक्षण गरिएको थियो । उक्त परिक्षण रिपोर्टका अनुसार दिउँसो ४ बजे उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । प्रधानमन्त्री किशिदा हाल आफ्नो सरकारी...
टोकियोमा अपरिचित आमा/छोरीलाई चक्कु प्रहार गर्ने युवतीको चकित पार्ने बयान, मृत्युदण्ड चाहेकाले हत्या गर्न चाहेको स्विकार
टोकियो/जापान । हिजो (२० तारिख) राति टोकियोको शिबुया वार्डमा ५० वर्षिया आमा र उनकी किशोरी छोरीलाई सडकमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएकी एक बालिकालाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ । ति पक्राउ परेकी किशोरी जुनियर हाई स्कूलको विद्यार्थी भएको पुष्टि भएको छ । अनुसन्धानको क्रममा, ति किशोरीले आफुलाई मृत्युदण्ड प्राप्त गर्न चाहेकाले अपरिचित आमाछोरीलाई चक्कु प्रहार गरी हत्या...
जापान सरकारले तोकुतेई गिनोउ(ssw)अन्तर्गत जापान प्रवेश गराउने विदेशी कामदारहरु ल्याउने नीति परिमार्जन गर्दै, अब रेस्टुरेन्ट उद्योगमा कोटा घट्ने
टोकियो/जापान । जापानमा कायम श्रम अभाव समाधान गर्ने ‘स्पेसिफाइड स्किल्ड वर्कर सिस्टम’ अन्तर्गत विदेशीलाई स्वीकार गर्ने कोटाका सम्बन्धमा सरकारले नयाँ कोरोनाको प्रभावका आधारमा रेष्टुरेन्ट तथा आवास उद्योगमा विदेशीको सङ्ख्या घटाउँदै, खाद्य तथा पेय पदार्थ उत्पादन अन्तर्गत फ्रोजन खाना र साइड डिश बनाउने उद्योगमा कामदार विस्तार गरिने भएको छ । श्रम अभावलाई समाधान गर्न जापान सरकारले ३ वर्षअघि ल्याएको ‘स्पेसिफाइड स्किल्ड...
जापानको राजधानी टोकियोको शिवुयामा बाटोमा हिँडिरहेका आमाछोरी माथी छुरा प्रहार, घटनाको छानबिन जारी
टोकियो/जापान । जापानको राजधानी टोकियोको मुटु शिवुया सहरमा आज साँझ २ जना मानिसहरु माथी धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुमान सहितका खबरहरु प्रकाशन भएका छन् । टोकियो महानगरीय प्रहरी विभागका अनुसार आज (२० तारिख ) बेलुका ७:३० बजे टोकियोको शिबुया वार्डमा एक जना यात्रीले ” बाटोमा केहि मानिसको रगत बगिरहेको छ” भनी प्रहरीलाई रिपोर्ट गरिदिएका थिए । ] घाइते हुनेमा ५०...
जापानको आईचीमा रेलको ठक्करबाट एक बालकको मृत्यु,घरबाट भागेर रेलको ट्र्याकमा पुगेको अनुमान
आईची/जापान । जापानको आईची प्रिफ्क्चर स्थित नागोया मुख्य रेल लाईनमा संचालन हुने रेलमा ठक्कर खाँदा १० वर्षिय बालकको निधन भएको छ। जापानी समाचारहरुका अनुसार, इनजावा सहरको मिएतेचुनागोया लाईनमा यस्तो घटना घटेको हो। समाचार अनुसार,हिजो राती ८ः४५ बजे करिब प्राथमिक विद्यालयको विद्यार्थी जस्तो देखिने १० वर्षिय बालकको इनजावा शहरको मिएतेचु नागोया मेन लाइनमा रेलको ठक्करबाट मृत्यु भएको हो । प्रहरीका अनुसार...
यहि महिनाको अन्त्यबाट जापानमा अनलाईनबाटै कोरोना परिक्षण किटहरु खरिद गर्न सकिने
टोकियो/जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले कोरोनाभाइरस संक्रमण रोकथामको उपाय मध्येको एक मानिएको एन्टिजेन परीक्षण किटहरू अनलाइन बिक्रीको लागि स्विकृती दिने संकेत गरेको छ । एन्टिजेन्ट परिक्षण किटको अनलाइन बिक्रीलाई मन्त्रालयको विज्ञ समितिले यसै साता अनुमोदन गरेको थियो। यो कदमले कुनै पनि समयमा घरबाट परीक्षण किटहरू अनलाईन अर्जर गरि प्राप्त गर्न मद्दत गर्नेछ । अहिले संक्रमणको महामारीका बीचमा अस्पताल र...
जापानमा गत जुलाईमा ७ वर्षयताकै उच्च मूल्य वृद्धि, महंगी अझै उकालो लाग्ने विश्लेषण
टोकियो/जापान। यो वर्षको सुरुवातदेखि,निरन्तर उकालो लागेको जापानको महंगी जुलाइमा थप वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । जापानमा वास्तविक उपभोक्ता मूल्यहरू जुलाईमा एक वर्ष अघिको तुलनामा २.४ प्रतिशतले बढेको छ, जुन साढे सात वर्षमा बढ्दो सामग्री र ऊर्जा मूल्यहरूको बीचमा सबैभन्दा तीव्र वृद्धि हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाए अनुसार, देशव्यापी वास्तविक उपभोक्ता मूल्य सूचकांक( ताजा खाद्य वस्तुहरू...
जापानमा पारिस्थितिक प्रणालीमा असर पार्ने विशेष प्रजातीका अरिंगाल आतंक, तत्काल खोजी गरी नस्ट गरिने
जापान। जापानको क्युशु युनिभर्सिटीले सार्वजनिक गरेअनुसार,पारिस्थितिक प्रणालीमा सम्भावित प्रभाव पार्ने आक्रमणकारी एलियन प्रजातिका रूपमा तोकिएका अरिंगालको विशेष प्रजाती ५० भन्दा बढि फेला परेको छ । त्यस क्षेत्रमा उक्त प्रजातीको अरिंगालको गुँड(गोला)हुनसक्ने भन्दै पहिचान तथा नष्ट गर्ने कार्य अगाडी बढाईएको बताईएको छ । यस वर्षको अप्रिलको अन्त्यदेखि मेको शुरुवातसम्म, हिगाशी-कु, फुकुओका सिटी र हिसायामा-चोमा सो प्रजातीको एक-एक रानी अरिंगाल फेला परेको...
शुक्रबार जापानमा एकैदिन २ लाख ६१ हजारमा कोरोना, २९४ जनाको मृत्यु
टोकियो/जापान । शुक्रबार(अगस्ट १९ तारिख)जापानमा एकैदिन २ लाख ६१ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन पुष्टि भएको यो संख्या लगातार दोस्रो दिन पनि ऐतिहासिक कायम भएको हो । संक्रमित संख्या बढेसंगै शुक्रबार संक्रमितहरुको मृत्युदर पनि बढेको छ । शुक्रबार एकैदिन २९४ जनाको मृत्यु भएको छ । जापानमा पछिल्लो २ महिनायता लगातार कोरोना संक्रमण उच्च जोखिमपुर्ण अवस्थामा...

