जुन १७ तारिख,एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको ९ औँ अधिवेशन हुने

ओसाका/जापान । गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको  ९ औँ  अधिवेशन तथा निर्वाचन जुन १७ तारिख शनिबार हुने भएको छ । एनआरएनए जापान कान्साईको क्षेत्रीय समितिको नयाँ कार्यसमिति (२०२३–२०२५) को लागि नयाँ नेतृत्व चयन गर्न अधिवेशन गर्न लागेको हो । एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको (रासपको बिधानको परिच्छेद ८ को ३.१ बमोजिम) निर्वाचन समिती समेत गठन भएको छ ।...

जुन १८ तारिख,एनआरएनए जापान नागोया क्षेत्रीय समितिको ९ औँ अधिवेशन हुने,यस्तो छ तयारी

नागोया/जापान। जुन १८ तारिख आईतबार गैरआवासीय नेपाली संघ जापान, नागोया क्षेत्रीय समितिको ९ औं अधिवेशन तय भएको छ। ९ औँ अधिवेशनको अन्तिम तयारीमा रहेको र अधिवेशन नागोया सहर कै मोरियामा वडास्थित सभहलमा आयोजना गरिने संयोजक मनोज बम मल्लले बताए । मल्लका अनुसार,आगामी नेतृत्व चयनका लागि,निर्वाचन समितिको गठन समेत गरिसकिएको छ। निर्वाचन समितिको संयोजकमा तोकाई बाटिका ईन्टरनेश्नल स्कुल,व्यवस्थापन समिति संयोजक डाक्टर सुदिप...

एनआरएनए जापानको अध्यक्षमा राजकुमार अधिकारीको दाबेदारी,यस्ता छन् योजनाहरु

टोकियो/जापान। राजकुमार अधिकारीले गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका अधिकारीले अध्यक्ष पदमा दाबेदारी घोषणा गरेका हुन् । लामो समय एनआरएनए जापानको विभिन्न पदमा रहेर जापानमा नेपालीको हक हितमा काम गर्दै आएका अधिकारी यस पटक एनआरएनएको नेतृत्व सम्हालने प्रतिष्पर्धामा देखिएका छन् ।अधिकारीले नेपालन्युजपोस्टसंग भने -“एनआरएनए जापानको विधानमा भनिएजस्तै,नेपालीका लागि नेपाली भन्ने मूल...

गिफु प्रिफेक्चरमा एनआरएनए जापानको १३ औं क्षेत्रीय समिति गठन गरिने

जापान/ओसाका । गैरआवासीय नेपाली नेपाली संघ(एनआरएनए)जापानले गिफु प्रिफेक्चरमा आफ्नो क्षेत्रीय समिति विस्तार गर्ने भएको छ । एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संख्या दिन प्रतीदिन बढेसँगै नेपाली समुदायका लागि सामाजिक कार्य गर्ने उद्देश्यका साथ शाखा विस्तार गर्न लागिएको हो । गिफु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको माग अनुसार गैरआवासीय नेपाली संघ जापानको क्षेत्रीय गिफु समिति गठन गर्न...

एनआरएनए जापानमा ११ हजार भन्दा बढि सदस्यता आवेदन पर्यो,२१ तारिखसम्म जम्मा २ हजार ७ सय ८५ जनाको मात्रै सदस्यता प्रमाणित

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानमा यस वर्ष कुल ११ हजार ३ सय ७९ जनाले साधारण सदस्यताको लागि आवेदन दिएका छन् । यस पटक एनआरएनए जापानले गत फेब्रुअरी १६ बाट मे ५ तारिखसम्मका(पहिलो चरणको) लागि सदस्यताको आह्वान गरेको थियो। तर मे ५ तारिखसम्म पनि त्यतिधेरै सदस्यहरु नसमेटिएपछि समय अपुग भएको भन्दै पुनः यहि मे २१ तारिखसम्मका लागि समय थप गरिएको थियो। यस...

एनआरएनए जापान र कास्की पोखरा समाज जापानद्वारा एनआरएनए अध्यक्ष थापालाई स्वागत

टोकियो/जापान। जापान भ्रमणमा रहेकी गैरआवासीय नेपाली संघ (एनआरएनए)केन्द्रिय अध्यक्ष रबिना थापालाई एनआरएनए जापान तथा कास्की पोखरा समाज जापानले  एक कार्यक्रम आयोजना गरि स्वागत तथा भेटघाट गरेको छ। जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यता र एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच एनआरएनए केद्रीय अध्यक्षलाइ स्वागत  तथा भेटघाट गरिएको हो । कार्यक्रममा एनआरएन जापानका अध्यक्ष...

अमेरिकाकाे टेक्सासमा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको निधन

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक (डीआरसी) रामकुमार सुवेदीलाई पत्नीशोक परेको छ। अमेरिकाको टेक्सासमा भएको गाडी दुर्घटनामा सुवेदीकी धर्मपत्नी प्रमिला सुवेदीको मृत्यु भएको हो। छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले चलाएको गाडीलाई रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिदा ४६ वर्षीया प्रमिलाको घटनास्थलमै निधन भएको हो। दिवंगत प्रमिला नेपाली कांग्रेसका नेता तथा...

नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न, ५ सय २३ जनाले सेवा लिए

जापान/ओसाका । नेपाली राजदुतावास जापान टोकियो, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा विभिन्न संघ-संस्थाको सहयोगमा सम्बन्धित क्षत्रिय समितीहरुको व्यवस्थापन सहित आयोजना भएको घुम्ति सेवा शिविर जापानको ओसाकामा सम्पन्न भयको छ । शिविर बैशाख १६-१९ गते (अप्रील २९, ३० र मे १ र २ तारीख) सम्म चारदिन ओसाकामा संचालन भएको थियो । शिविरबाट पाँच सय तेईस जनाले सेवा प्राप्त गर्नु भयको थियो...

नेपाली दूतावास टोकियोको आयोजना तथा एनआरएनएको संयोजनमा ओसाकामा ४ दिने घुम्ती सेवा सुरु

ओसाका/जापान। नेपाली राजदुतावास जापान र गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा चार दिने घुम्ती शिविर जापानको ओसाकामा आजबाट सुरु भएको छ । शिविर उद्घाटन गर्दै जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदिले यस्ता शिविरले जापानमा रहेका नेपालीको लागि ठुलो राहत पुगेको बताए। साथै राजदुत सुवेदीले,परदेशमा रहेका नेपालीहरुलाई हरेक समस्या पर्दा सहयोग सहजीकरण गर्न आफू सदैव लागि रहने पनि बताए ।...

मे २२ तारिख एनआरएनए जापानद्वारा टोकियोमा प्रथम रनिङ कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै

टोकियो/जापान। जापानको टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित ‘प्रथम एनआरएनए रनिङ कप भलिबल प्रतियोगिता २०२३’ हुने भएको हो । एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानले...