लोकप्रिय जापानी हाँस्यकलाकार सिमुरा केनको कोरोनाको कारण निधन
टोकियो । लोकप्रिय जापानी हास्य कलाकार सिमुरा केनको कोरोनाको कारण निधन भएको छ । उनि कोरोना भाईरसबाट संक्रमित भई उपचारत थिए । जापानमा कोरोना भाईरसबाट संक्रमित पहिलो कलाकार बनेका सिमुरा कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी एक साता अघि टोकियो स्थित अस्पताल भर्ना भएका थिए । एनएचके टेलिभिजनले जनाए अनुसार गए राती उनको निधन भएको हो । जापानमा कोरोना संक्रमण बढ्दो, आईतबार टोकियोमा...
कोरोनाका कारण जापानी कम्पनीहरुले नाईतेई(内定) रद्द गर्न थाले, विदेशी विद्यार्थीहरुमा पनि ठूलो प्रभाव पर्ने
टोकियो ।कोरोनाको कारण जापानी कम्पनीहरुले आउँदो अप्रिलबाट काममा राख्ने गरि आन्तरिक रोजगारी प्रस्ताव पत्र दिईएका व्यक्तिहरुको रोजगार प्रस्ताव खारेज गर्न थालेको खुल्न आएको छ । एनएचके टेलिभिजनको एक कार्यक्रम स्वास्थ्य श्रम तथा समाजकल्याण मन्त्री खातोउले यहि २८ तारिख सम्म ३२ जनाको रोजगार प्रस्तावपत्र खारेजी गरेको जानकारीमा आएको बताएका हुन् । जापानमा हरेक वर्ष अप्रिलमा कम्पनीहरुले नयाँ कर्मचारी नियुक्ति गर्नेगर्दछन् ।...
‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । हुँदा खाने वर्गको पक्षमा स्थानीय सरकारको अनुभूति दिलाउन लगत सङ्कलन गरी खाद्यान्नको जोहो गर्न स्थानीय तहले सक्रियता बढाएका छन् । बागलुङ, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाले मजदूर र विपन्न नागरिक भोकै बस्न नपरोस् भन्दै...
कोरोना संक्रमित ५ देशमा नेपालीको अवस्था कस्तो ?
काठमाडौं । कोरोना भाइरस संक्रमित विभिन्न देशमा रहेका नेपाली नागरिकको बारेमा सरकारले जानकारी लिएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्समार्फत इजराइल, दक्षिण कोरिया, मलेसिया, जापान र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको बारेमा त्यहाँस्थित राजदूतामार्फत जानकारी लिएको हो । यी पाँचवटा देशमा रहेका कुनै पनि नेपालीमा कोरोना संक्रमण नदेखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिए । भिडियो कन्फरेन्समा श्रममन्त्री...
बझाङका लोकराज धामीको टोकियोमा निधन,दाहसंस्कारको लागि आर्थिक सहयोगको अपिल
टोकियो । सुदुरपश्चिमको बझाङ जिल्ला (छबिस पाथिभारा-१ गाउपालिका)घर भई हाल जापानको टोकियोमा बस्दै गरेका लोकराज धामीको आफु बसेकै होस्टेलमा दु:खद निधन भएको छ । टोकियोको ओचुकामा रहेको उक्त होस्टेलमा २४ तारिख सोमबार राती धामीको निधन भएको जापान प्रहरीले जनाएको छ ।निधन हुनुको कारण हृदयघात भएको जापानको सुगामो प्रहरीलाई उध्दृत गर्दै सुदुरपश्चिमेली समाज जापानले जनाएको छ । धामी निधन हुनु तीन दिन...
देशभरको जनजीवन शान्त र ठप्प
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको ९लकडाउन० को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् ।लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ उपत्यकालगायत मुलुकका मुख्य सहरहरू र राजमार्गहरू बन्द भएका छन्। सरकारको निर्णयलाई सर्वसाधारण नागरिकले समर्थन र सहर्ष स्वीकार गरेको दाबी मन्त्रालयले गरेको छ। नेपाल–भारत सीमा...
लन्डनमा नेपाली चेलीको रोदन: सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै सचेत रहन आग्रह
काठमाडौं । लन्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेकी छन्। कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन्। सामाजिक सञ्जालमा आफ्नो फोटो र स्ट्याटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन्। उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको...
उच्च जोखिम, न्यून सतर्कता
जनकपुर । भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम बढेको छ। आवतजावतका लागि खुला रहेको धनुषाको एकमात्र मुख्य नाका जटहीमा स्वास्थ्य जाँचका लागि नगराइन नगरपालिकाले दुईजना स्वास्थ्यकर्मीसहितको टोली हेल्प डेस्कमा राखेको छ।...
घरको जिम्मेवारी महिलाकै काँधमा
अछाम । सदरमुकाम मङ्गलसेन बजारको एक छेउमा रहेको सानो घरको आँगनमा झुप्री विक बञ्चरोले मुढा चिर्दै थिइन् । खाना पकाउने दाउरा बाल्न चिर्दै गरेको मुढा पनि उनले आफैँ जङ्गलबाट ल्याएकी हुन् । यो घरमा ३३ वर्षीया विक बूढीसासू आमाको स्याहारको समेत जिम्मेवारी लिएर बस्दै छिन् । श्रीमान् रोजगारीको खोजीमा भारत गएपछि घरको सम्पूर्ण काम विकको थाप्लोमा छ । विकले दाउरा...
कोरोना प्रभावित मुलुकमा रहेका नेपालीहरुको आकस्मिक सेवाबारे, एनआरएनएको पहल,नेपालै जानैपर्ने भएकाहरुलाई पनि प्रकृया मिलाईने
काठमाडौँ । वैदेशिक रोजगार वा अन्य कामको सिलसिलामा जसरी पनि नेपाल नगई नहुने वाध्यता रहेका नेपालीहरुलाई सहयोग पुर्याउन एनआरएनए आईसीसीले पहल गरेको बताईएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले शुक्रवार साँझ आफ्नो सामाजिक संजालमा लेखेकेका छन् – वैदेशिक रोजगारी वा अन्य कामको सिलसिलामा विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई कसरी सहयोग पुर्याउने भन्ने सन्दर्भमा आज माननीय गृह मन्त्री रामबहादुर थापा...

